श्वेता खड्कालाई पुत्रीलाभ…..
अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ । धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते उनको विवाह भएको थियो।
अभिनेत्री स्वेता खड्काले केही दिनअगाडि बेबी बम्प देखाउँदै फोटोसुट गरेका केही तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।
केही साताअघि उनको परिवारले आयोजना गरेको दही च्युरा खुवाउने कार्यक्रममा आफू केही वर्ष ममीको भूमिकामा व्यस्त हुने बताएकी थिइन् । उनी गर्भवती भएपछि उनको व्यावसायिक काम पनि पति विजयन्द्रले हेर्दै आएका थिए । केही वर्षपछि फिल्म निर्माणमा फर्कने श्वेताको योजना छ । उनी नारी कथावस्तुमा फिल्म निर्माण गर्न चाहन्छिन् ।
विजयन्द्रसिंह राउतसँग अघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो। उनको निधन भएको केही वर्षपछि विजयन्द्रसँग श्वेताले विवाह गरेकी हुन्।