अर्घाखाँचीको सुपा देउरालीलाई स्वच्छ राख्न सरसफाई गर्न र ध्यान दिन नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले गरे आग्रह..

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७, खाँचीकोटमा रहेको नेपालकै प्रसिद्ध धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा सरसफाई अभियान सञ्चालन भएको छ।
महत्वपूर्ण धार्मिक पर्यटकीयस्थल सुपा देउराली मन्दिरलाई नमुना बनाउन सन्धिखर्क नगरपालिकाले सरसफाई अभियान सञ्चालन गरेको हो।
मन्दिर आसपासका स्थानीयले सरसफाई समिति बनाएर आसपासको सरसफाई गर्न र ध्यान दिन नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले आग्रह गरे।
नेपालकै प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको छ। एक वर्ष पहिलाको तुलनामा आजभोलि दोब्बरले वृद्धि भएको छ।
विगतका वर्षहरूमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पूजाआजा गर्ने गरेकोमा अहिले आएर दैनिक एक हजारदेखि दुई हजार जनासम्मले दर्शन गर्ने गरेका छन्। सुपा देउरालीमा आउने पर्यटकलाई निर्धक्कका साथ खाना तथा नास्ता खाने वातावरण बनाउन स्थानीय नै जाग्नुपर्ने नगर उपप्रमुख मिश्रा आचार्यको भनाइ छ।
हामीले चाहेको मनोकामना पूरा हुने यस मन्दिरमा आउने धार्मिक पर्यटकलाई स्वच्छ वातावरणमा बस्ने वातावरण बनाउन सबैलाई आग्रह गरिन्। मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन।
भारतको उत्तर प्रदेस, विहारबाट समेत धार्मिक पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउने गरेका छन्। यो नेपालकै प्रसिद्ध मन्दिर बन्दैछ।
ताजा

गृह मन्त्रालय रास्वपाले पाउनुपर्छ, पूर्णपाठ किन चाहियोः ओली
२०७९ माघ १९ गते, बिहीबार
गृह मन्त्रालय रास्वपाले पाउनुपर्छ, पूर्णपाठ किन चाहियोः ओली
२०७९ माघ १९ गते, बिहीबार
रविको चेतावनीः मेरो मौनता आजसम्ममात्रै हो
२०७९ माघ १९ गते, बिहीबार
स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के
२०७९ माघ १९ गते, बिहीबार
स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के
२०७९ माघ १९ गते, बिहीबार
९ किलो सुनसहित क्यानडेली नागरिक एयरपोर्टबाट पक्राउ
२०७९ माघ १९ गते, बिहीबार
भारतले घटायो नेपाललाई दिने अनुदान
२०७९ माघ १९ गते, बिहीबार
लामिछानेलाई खेदेको खेदै युवराज
२०७९ माघ १९ गते, बिहीबार
बागलुङमा जिसीले गरे आत्मदाह प्रयास
२०७९ माघ १९ गते, बिहीबार
गठबन्धन विरोधीहरुको चंगुलमा फस्दै प्रधानमन्त्री दाहाल
२०७९ माघ १९ गते, बिहीबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार