अस्ताइन् एक अर्ब बढीको आफ्नो सम्पती दान गर्ने चितवनकी मैयाँ देवी श्रेष्ठ
राजनीति” समाजसेवा र दानकी खानी मैयाँदेवी श्रेष्ठ अब हामीबीच रहनुभएन । शिक्षा र आध्यात्मिकताको क्षेत्रमा समेत आफूलाई सदा समर्पित गरी तन मन र धनले लागिपर्नु भएकी श्रेष्ठ सबैका लागि श्रेय र प्रिय हुनु हुन्थ्यो । राजनीतिमा निष्ठासमाजसेवामा निस्वार्थ भाव र धर्ममा समभाव राख्नुहुने उहाँ नेपाली समाजका लागि साहस, त्याग र समर्पणको पर्यायका रूपमा उभिनु भएको थियो ।
उहाँ आदर्श त्याग र समर्पणको प्रतिमूर्तिका रूपमा चिनिनु हुन्थ्यो । श्रेष्ठको आज ९८ वर्षको उमेरमा चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा निधन भएको छ । विसं १९८५: फूलपातीका दिन तनहुँको बन्दीपुरमा बुबा वीरबहादुर श्रेष्ठ र मुमा गणेशकुमारी श्रेष्ठको कोखबाट उहाँको जन्म भएको हो ।
किशोरावस्थादेखि नै राणाशासनको क्रुर पञ्जाबाट देशलाई मुक्त गर्न राजनीतिमा प्रवेश गर्नुभएकी उहाँ नेपाली इतिहासको जीवन्त पात्र हुनुहुन्छ । विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेसमा प्रवेश गरी मुलुकमा प्रजातान्त्रिक हक र हितका निम्ति अनवरत रूपमा उहाँले क्रान्ति गर्नुभयो । विसं २००७: माघ १ गतेका दिन सशस्त्र क्रान्ति गर्ने निर्णयअनुसार भएको कार्यक्रममा उहाँको भूमिका महत्त्वपूर्ण रह्यो । सो क्रान्तिमा छ जना उहाँका साथीले वीरगति प्राप्त गर्नुभएको थियो । तत्कालीन समयमा विसं २००८: मा तनहुँको बन्दीपुरमा सामाजिक नारी सङ्घ खोलेर महिलाको चेतना वृद्धि गर्दै विकासका काममा उहाँ अगाडि बढ्नु भयो ।
विसं २०११ :मा तिरो आन्दोलन सफल बनाउन, विसं २०१२: मा प्रजातान्त्रिक ग्रामीण महिला मण्डल, २०१३: सालमा राप्ती दुन विकास विभाग वितरण समिति, सोही वर्ष नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सदस्य रहेर उहाँले योगदान दिनुभयो । उहाँको नि धन हुनुअघि संवादमा बताएअनुसार विसं २०१४ :मा भद्र अवज्ञा आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दा बन्दीपुरमा उहाँ गिरफ्तार हुनुभयो । विसं २०१५ :को निर्वाचनमा पार्टीलाई विजयी गराउन उहाँको भूमिका महत्वपूर्ण रह्यो ।
विसं २०१७ पुस १ गते मुलुकमा स्थापित प्रजातन्त्रलाई कुठाराघात गरी पञ्चायती व्यवस्थाको निरङ्कुश शासन मुलुकमा सञ्चालन भएको अवस्थामा प्रजातन्त्रको पुनःस्थापनाका लागि उहाँ गोप्य रूपमा सङ्गठनमा लाग्नुभयो । विसं २०१७, देखि २०१९, सम्म देवघाटमा बसेर पार्टीका लागि निरन्तर काम गर्नुभयो । विसं २०३६ मा चितवन जिल्ला महिला सङ्घको अध्यक्ष भएर जनमतसङ्ग्रहमा उहाँले भाग लिनुभयो । विसं २०४२, मा सत्याग्रह सफल पार्न भूमिका निर्वाह गर्नुभएकी श्रेष्ठ विसं २०४४, मा बिपी स्मृति दिवसका दिन पक्राउ पर्नु भयो ।
विसं २०४६ को जनआन्दोलनमा चितवनमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी उहाँ २०४८ सालमा पार्टीले टिकट दिएपछि गोरखा क्षेत्र नं २ बाट निर्वाचनमा भाग लिई प्रतिनिधिसभाको सदस्यमा विजय हुनु भएको थियो । त्यस्तै गरी २०५३ मा नेपाली कांग्रेस पार्टीको केन्द्रीय पर्यवेक्षकको नवलपरासीको संयोजक भई उहाँले पार्टीले दिएको जिम्मेबारी पूरा गर्नु भएको थियो ।
‘सुश्री मैयाँदेवी श्रेष्ठ, व्यक्ति एकः व्यक्तित्व अनेक’ पुस्तकमा लेखिएअनुसार श्रेष्ठले २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट केन्द्रीय पर्यवेक्षकको रूपमा सिन्धुलीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भयो । तनहुँ क्षेत्र नं २ बाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यमा उहाँ विजयी भएर काम गर्नु भयो ।
विसं २०५२ साउन ४ गते नेपाली कांग्रेस केन्द्रीय सङ्गठन विभागको सदस्य पदमा मनोनित हुनुभएकी उहाँ २०५८, साल असार १३ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभयो । विसं २०६२ ,असार १७ गते उहाँ त्रिभुवन विश्वविद्यालय सभामा मनोनित हुनु भयो ।
२०६२” असार १७ गते उहाँ त्रिभुवन विश्वविद्यालय सभामा मनोनित हुनुभयो । विसं २०६२/६३ को जनआन्दोलनमा उहाँ सक्रियपूर्वक लाग्नुभयो । विसं २०६४ मा संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभयो । आफ्नो जीवनभर अरूका लागि समर्पित उहाँ दान गरेर कहिल्यैँ थाक्नु भएन । सानातिना उहाँका सहयोगको कुनै गणना नै छैन ।
नारायणगढस्थित बालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा उहाँले दान गर्नु भयो । मैयाँदेवी कन्या कलेज चितवनलाई १२ कठ्ठा जग्गा खरिदका साथै भवन निर्माणका लागि लागेको सम्पूर्ण खर्च उहाँले नै बहन गर्नुभयो । नेपाली कांग्रेस भरतपुर वडा नं ३ लाई कार्यालय बनाउन उहाँले जग्गा उपलब्ध गराउनु भयो ।
उहाँले भक्त थानेश्वर महाप्रभुलाई धार्मिक मन्दिर निर्माणका लागि मैयाँदेवी मार्गमा रु एक करोड बराबरको जग्गा दान गर्नुभएको छ । उहाँले आफूलाई सहयोग गर्ने ऋषि गौतम, हरिनारायण सापकोटा, शिश्वासर बाजे (पुरेत), षडानन्द लामिछाने पुरेत सुल श्रेष्ठ, सुरला पिया, दुर्गा श्रेष्ठ, सुस्मिता श्रेष्ठ, टिना श्रेष्ठ, टङ्कनाथ पौडेल, स्वामी कैलाशानन्द सरस्वती, थानेश्वर महाप्रभु र मन्दिरा श्रेष्ठलाई भूमिदान गर्नु भयो ।
यसैगरी देवी कार्की, इन्दिरा (भान्से), ब्रम्हचारी नारायण फलारी बाबा, नेपाली कांग्रेस केन्द्रीय कार्यालय, खिनाकुमारी श्रेष्ठ, पतञ्जली योग समिति, नेवा पुचः नारायणगढ, विष्णुमाया श्रेष्ठ, दिव्यराज श्रेष्ठ, युनिभर्सल पिस फेडेरेसन, नेपाली कांग्रेस चितवन, नेपाल प्रेस युनियन चितवन लगायतका संस्था र व्यक्तिलाई पनि उहाँले करोडौंँ मूल्य बराबरको जग्गा दान गर्नुभएको पुस्तकमा उल्लेख छ । उहाँका धर्मपुत्र टङ्कनाथ पौडेलले अहिले हिसाब गर्दा आमाले दान गरेका जमिनको मूल्य रु एक अर्ब बढी हुने बताउनु भयो ।
पछिल्लो समय उहाँको नाउँमा मैयाँदेवी ट्रस्ट खोलिएको छ । नारायणगढको आफ्नो घरजग्गालाई उहाँले ट्रस्टको लागि प्रयोग गर्नुभएको छ । देवघाटमा रहेको ट्रस्टका लागि जग्गा र भवनको व्यवस्था गर्नुभएको छ । जीवनभर अविवाहित रहनुभएकी श्रेष्ठले समाजसेवालाई सर्वोपरी ठानी गरेको योगदानको कदरस्वरूप विभिन्न सङ्घ संस्थाले सम्मान गरेका छन् ।
उहाँलाई तत्कालीन श्री ५ वीरेन्द्र वीरविक्रम शाहबाट समाजसेवा पदक, सनातन धर्म सेवा समितिमार्फत् राष्ट्रिय सम्मान, जेपी प्रतिष्ठानबाट अभिनन्दन, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिबाट कदरपत्र, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट सम्मान, तत्कालीन श्री ५ अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहबाट ग्रिनअनर सम्मान प्राप्त गर्नु भएको छ ।
ताजा
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबार
सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो
२०८३ असार ३२ गते, बिहीबार
इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक अर्जेन्टिना विश्वकप फाइनलमा
२०८३ असार ३२ गते, बिहीबार
‘माया भनेकै यस्तो होला’को पोस्टरमा दीलको हल्दी डे
२०८३ असार ३१ गते, बुधबार
आजदेखि बजारमा भरी सिलिण्डर ग्यास
२०८३ असार ३१ गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबार
कित्ताकाटसम्बन्धी व्यवस्थामा भएको प्रतिबन्धात्मक वाक्यांशको अपव्याख्या गरिएको भन्दै नेपाल लेखापढी व्यावसायी एसोसिएसनको आपत्ति
२०८३ असार २९ गते, सोमबार
‘हर्मुज जलमार्ग बन्द, अमेरिकासँग ‘वारपार’ को स्थिति
२०८३ असार २८ गते, आईतवारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





