श्रीमानलाई नेपाल फर्काएर श्रीमतीले अस्ट्रेलियाबाटै भिसा रद्द गरिदिएपछि….
अस्ट्रेलिया आए र काम पनि सुरू गरे। यसै क्रममा श्रीमतीलाई नर्सिङ पढाउन दिनरात मिहेनत गर्न थाले। बिक्की काममा पनि जोशिला हुन्। एक दिन श्रीमतीले नेपालमा जान र आफ्ना बाबुआमालाई भेट्न आग्रह गरिन् र पठाइन्।
करिब एक महिना नेपाल बसेर फर्कने क्रममा बिक्कीलाई त्रिभुवन विमानस्थलमा अध्यागमन विभागले रोक्यो र भन्यो ‘तिम्रो भिसा रद्द भइसक्यो।
२०२३ मार्चसम्मको भिसा बोकेर नेपाल गएका कौशललाई के थाहा, श्रीमती नै भिलेन हुन्छिन् भनेर। नेपाल जाने वित्तिकै श्रीमतीले कौशलको डिपेन्डेन्ट भिसा रद्द गरिदिएकी थिइन्।
अहिले कौशल काठमाडौंमा छन्। उनले श्रीमतीलाई पटक पटक गरेर करिब तीस हजार डलर पढाइ खर्च तिरेको बैंक भौचर समेत देखाएका छन्।
एकल हुँदा दश अंक बढी आउँछ भन्दै आफ्नो भिसा रद्द गरेको भनी श्रीमतीले बताउनले गरेको कौशल बताउँछन्। श्रीमतीको यो स्पष्टिकरण नै कौशलसँगको फेसबुक म्यासेन्जरमा अन्तिम कुराकानी हो। अहिले त श्रीमतीले फेसबुकमा समेत ब्लक गरेको उनले बताए।
घ,टना नम्बर दुईको कथा पनि पीडादायक छ। गायनमा आफ्नो करिअर बनाउने सोचमा अगाडि बढेका थिए कमल (नाम परिवर्तन)। नेपालमा क्रमिक रुपमा उनको ख्याति बढ्दै थियो।
केही गीत पनि गाए, नाम र दामसँगै काम पनि पाउन थालेका थिए। अचानक पूर्वतिर भएको
कन्सर्टमार्फत एकजना युवतीसँग उनको राम्रो परिचय भयो। दुवैजना नजिकिए।
प्रशंसक बनेर चिनिएकी उनलाई कमलले मन पराए र घरपरिवारको सल्लाहमा बिहे गरे। विवाहपछि श्रीमतीले विदेश जाने र उतै घरजम गर्ने प्रस्ताव राखिन्।
उनको यही प्रस्तावमा अनिलले आफ्नो गायन कला र गलालाई तिलान्जली दिए। नयाँ ठाउँमा घरजम गर्ने कथा बुन्दै दुवै जना अस्ट्रेलिया हानिने निर्णय गरे।
अस्ट्रेलिया आए, आफूले काम गरे र श्रीमतीलाई पढाए। श्रीमतीको जब पढाई सकिन थाल्यो, गुनासो पनि बढ्न थाल्यो। काम, पैसा, पिआरको चक्करमा कमलको गायन मात्रै होइन, श्रीमतीबाट विश्वास पनि टाढियो। पढाइ सकेर टिआरमा बस्ने बेला श्रीमतीले आफ्नो भिसामा श्रीमानलाई नराख्ने बताइन् र छुट्टै बस्न थालिन्।
कमल अहिले ‘खाउँ भने दिनभरीको शिकार, नखाउँ भने कान्छाबाउको अनुहार’ भनेझैं निन्याउरो अनुहार लिएर पीडा पोख्दै हिँडेका छन्। श्रीमतीले अनिलको नाम पिआरमा समावेश नगरे संभवत उनी अर्को महिना अवैधानिक बन्नेछन्। कमलले भने ‘हामीबीच डिभोर्स भएको छैन, तर उनले त्यस्तो भनेपछि म पीडामा छु।’
यस्ता कहानीहरु अहिले अस्ट्रेलियाको नेपाली समाजमा प्रशस्त घट्न थालेका छन्। पुरुष मात्रै नभएर महिला हिंसाका घ,टनाक्रम पनि उत्तिकै छन् अस्ट्रेलियाको नेपाली समाजमा। पुरुष चाँडै खुलेर आउन सक्छन्, तर महिला सहजै बाहिर आउन सक्दैनन् र चाहँदैनन् पनि।
अस्ट्रेलियामा पहिले सानो संख्यामा थियो नेपाली समाज, घ टनाक्रम पनि सानै थिए। अहिले त्यो संख्या लाखौंमा पुगेको छ र घ,टना पनि ठूला हुन थालेका छन्। यो एउटा उदाहरण मात्रै हो तर वास्तविकता यहि हो त्यसैले बुझेर मात्र अष्ट्रेलिया आउदा राम्रो !
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





