श्रीमानलाई नेपाल फर्काएर श्रीमतीले अस्ट्रेलियाबाटै भिसा रद्द गरिदिएपछि….

२०७९ कार्तिक १२ गते, शनिबार

अस्ट्रेलिया आए र काम पनि सुरू गरे। यसै क्रममा श्रीमतीलाई नर्सिङ पढाउन दिनरात मिहेनत गर्न थाले। बिक्की काममा पनि जोशिला हुन्। एक दिन श्रीमतीले नेपालमा जान र आफ्ना बाबुआमालाई भेट्न आग्रह गरिन् र पठाइन्।

 

 

 

करिब एक महिना नेपाल बसेर फर्कने क्रममा बिक्कीलाई त्रिभुवन विमानस्थलमा अध्यागमन विभागले रोक्यो र भन्यो ‘तिम्रो भिसा रद्द भइसक्यो।

२०२३ मार्चसम्मको भिसा बोकेर नेपाल गएका कौशललाई के थाहा, श्रीमती नै भिलेन हुन्छिन् भनेर। नेपाल जाने वित्तिकै श्रीमतीले कौशलको डिपेन्डेन्ट भिसा रद्द गरिदिएकी थिइन्।

 

 

 

अहिले कौशल काठमाडौंमा छन्। उनले श्रीमतीलाई पटक पटक गरेर करिब तीस हजार डलर पढाइ खर्च तिरेको बैंक भौचर समेत देखाएका छन्।

एकल हुँदा दश अंक बढी आउँछ भन्दै आफ्नो भिसा रद्द गरेको भनी श्रीमतीले बताउनले गरेको कौशल बताउँछन्। श्रीमतीको यो स्पष्टिकरण नै कौशलसँगको फेसबुक म्यासेन्जरमा अन्तिम कुराकानी हो। अहिले त श्रीमतीले फेसबुकमा समेत ब्लक गरेको उनले बताए।

 

 

 

घ,टना नम्बर दुईको कथा पनि पीडादायक छ। गायनमा आफ्नो करिअर बनाउने सोचमा अगाडि बढेका थिए कमल (नाम परिवर्तन)। नेपालमा क्रमिक रुपमा उनको ख्याति बढ्दै थियो।

 

 

 

केही गीत पनि गाए, नाम र दामसँगै काम पनि पाउन थालेका थिए। अचानक पूर्वतिर भएको

कन्सर्टमार्फत एकजना युवतीसँग उनको राम्रो परिचय भयो। दुवैजना नजिकिए।

 

 

 

प्रशंसक बनेर चिनिएकी उनलाई कमलले मन पराए र घरपरिवारको सल्लाहमा बिहे गरे। विवाहपछि श्रीमतीले विदेश जाने र उतै घरजम गर्ने प्रस्ताव राखिन्।

उनको यही प्रस्तावमा अनिलले आफ्नो गायन कला र गलालाई तिलान्जली दिए। नयाँ ठाउँमा घरजम गर्ने कथा बुन्दै दुवै जना अस्ट्रेलिया हानिने निर्णय गरे।

 

 

 

अस्ट्रेलिया आए, आफूले काम गरे र श्रीमतीलाई पढाए। श्रीमतीको जब पढाई सकिन थाल्यो, गुनासो पनि बढ्न थाल्यो। काम, पैसा, पिआरको चक्करमा कमलको गायन मात्रै होइन, श्रीमतीबाट विश्वास पनि टाढियो। पढाइ सकेर टिआरमा बस्ने बेला श्रीमतीले आफ्नो भिसामा श्रीमानलाई नराख्ने बताइन् र छुट्टै बस्न थालिन्।

 

 

 

कमल अहिले ‘खाउँ भने दिनभरीको शिकार, नखाउँ भने कान्छाबाउको अनुहार’ भनेझैं निन्याउरो अनुहार लिएर पीडा पोख्दै हिँडेका छन्। श्रीमतीले अनिलको नाम पिआरमा समावेश नगरे संभवत उनी अर्को महिना अवैधानिक बन्नेछन्। कमलले भने ‘हामीबीच डिभोर्स भएको छैन, तर उनले त्यस्तो भनेपछि म पीडामा छु।’

 

 

 

यस्ता कहानीहरु अहिले अस्ट्रेलियाको नेपाली समाजमा प्रशस्त घट्न थालेका छन्। पुरुष मात्रै नभएर महिला हिंसाका घ,टनाक्रम पनि उत्तिकै छन् अस्ट्रेलियाको नेपाली समाजमा। पुरुष चाँडै खुलेर आउन सक्छन्, तर महिला सहजै बाहिर आउन सक्दैनन् र चाहँदैनन् पनि।

 

 

 

अस्ट्रेलियामा पहिले सानो संख्यामा थियो नेपाली समाज, घ टनाक्रम पनि सानै थिए। अहिले त्यो संख्या लाखौंमा पुगेको छ र घ,टना पनि ठूला हुन थालेका छन्। यो एउटा उदाहरण मात्रै हो तर वास्तविकता यहि हो त्यसैले बुझेर मात्र अष्ट्रेलिया आउदा राम्रो !

209 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal