मेलम्चीको पानी यहीमहिना काठमाण्डौ उपत्यका ल्याउने तयारी ।
काठमाण्डौ = मेलम्ची खानेपानी विकास समितिले यही महिनाभित्रै काठमाण्डाै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय संरचना आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनु भयो ।
स्थायी समाधान नहुँदासम्म बर्खामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेरै ल्याउनुपर्ने अवस्था छ । गएको वैशाखमा पानी पुनवितरण सुरु गरिएकोमा असारदेखि रोकिएको थियो । उहाँले भन्नु भयो यो वर्ष आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिनेछ ।
बर्खा सकिएकाले अस्थायीरूपमा पानी चलाउन सडक र पुल मर्मत भइरहेको छ । यस वर्ष हेडवर्कको डाइभर्सन सुरुङ अम्बाथान अडिट सुरुङमा नदीजन्य कुरा जान नदिन पहिले नै फलामको ढोका लगाएर बन्द गरियो । यो वर्ष सुरुङमा समस्या नभएको अनुमान छ ।
उहाँले भन्नु भयो ।सुरुङ सफा गर्न पर्दैन र हेडवर्कसम्म सडक पुगेमा चाँडै पानी ल्याउन सकिन्छ भन्ने लागेको छ ।’ गएको वर्ष वर्षाले आयोजना आयोजनासम्म पुग्ने सडक र पुलमा ठूलो क्षति पुर्यायो । तुलनात्मकरूपमा यो वर्ष संरचनामा कम क्षति पुगेको अनुमान छ । गेट नम्बर १ सफा गरेर चाँडै पानी पथान्तरण गर्न सकिने उहाँले बताउनु भयो ।
त्यहाँका संरचना सफा गर्नुपर्दैन भन्ने अनुमान गरे पनि त्यहाँ पुगेपछि संरचनाको अवस्था थाहा हुने प्रवक्ता पन्तले बताउनु भयो । गएको वर्ष नदीको तिरैतिर डोजरले सम्याएर सडक बनाइए पनि बाढीले त्यसलाई बगाएको छ । अब त्यसरी नै नदी नजिकैबाटै अस्थायीरूपमा भए पनि पहुँच सडक बनाइने छ ।
कार्ययोजनामा सुरुङ चलाएपछि हरेक वर्ष साधारण निरीक्षण गर्ने र पाँच–पाँच वर्षमा मर्मत गर्नुपर्ने हुनसक्छ भन्ने उल्लेख छ । त्यहीअनुसार नै अहिले निरीक्षण गरिएको र त्यसमा सामान्य सुधार आवश्यक रहेको पाइएकाले त्यसलाई सुरु गरिएको छ ।
आयोजनाको दीर्घकालीनरूपमा मर्मत गर्न एसियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो । त्यसको अन्तिम प्रतिवेदन डिसेम्बरसम्ममा आएपछि नै योजनाबद्धरूपमा मर्मत र सुधारको काम अघि बढाउन सकिनेछ । अन्तिम प्रतिवेदनका आधारमा कसरी गर्ने भनेर योजना बनाइनेछ । उहाँले भन्नुभयो पुल सडक र संरचना बनाउँदा क–कसले कसरी बनाउने भनी निर्णय हुनेछ र त्यसअनुसार काम अघि बढाइनेछ ।
दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाबाट विसं २०७७ :फागुनमा पहिलो पटक पानी काठमाण्डौ ल्याइएको थियो । पानी पथान्तरण गरेको केही महिनामा नै अर्थात् विसं २०७८: असार १ गते आएको वर्षाले आयोजनामा ठूलो क्षति पुर्याएको थियो । आयोजना निरीक्षणका क्रममा आयोजनाका दुई कर्मचारीको ज्यान गएको थियो ।
त्यही वर्ष कात्तिकमा आएको वर्षाले आयोजनामा थप क्षति पुर्यायो । सरकारले अस्थायीरूपमा पहुँच मार्ग निर्माण गरेर गएको वैशाखमा पुनः पानी पथान्तरण गरेको थियो । झन्डै दुई महिना पानी उपत्यकामा ल्याइएको भए पनि वर्षाले थप क्षति हुन नदिन त्यसभन्दा पहिले नै पानी ल्याउन रोकेको थियो ।
काठमाण्डौ उपत्यकावासीको लामो प्रतिक्षापछि मेलम्चीको पानी ल्याएर वितरण सुरु भए पनि अझै बाह्रै महिना वितरण गर्नसक्ने अवस्था छैन । विसं २०७७ :असारमा आयोजनाको माथिल्लो भागमा बाढी र पहिरो आउँदा त्यस क्षेत्रमा नै ठूलो असर पुगेको छ । त्यहाँको भौगर्भिक अध्ययन सकिएपछि मात्रै त्यहाँको स्थायी समाधानमा लाग्न सकिने अवस्था छ ।
आयोजनाका जम्माजम्मी कामलाई हेडवर्क, सुरुङ मार्ग र प्रशोधन केन्द्र गरी तीन भागमा विभाजन गरिएको छ । यसमध्ये हेडवर्क र सुरुङ मार्गको निर्माण एउटै कम्पनी र प्रशोधन केन्द्र निर्माण दुई कम्पनीले गरेका हुन् । सुरुङ मार्ग र पानी प्रशोधन केन्द्र सम्पन्न भइसकेको छ । हेडवर्क सम्पन्न नहुँदै बाढीले क्षति पुर्याएको थियो ।
सरकारले विसं २०५६: मा मेलम्ची खानेपानी विकास समिति गठन गरेको थियो । आयोजना निर्माणका लागि एडीबीले सन् २००१ :मा सम्झौता गरेको थियो । इटालियाली कम्पनी सीएमसी फिर्ता भएको झन्डै पाँच महिनापछि चिनियाँ कम्पनी सिनो हाइड्रोले बाँकी निर्माणका काम सुरु गर्यो । दुई वर्ष कोभिडले निर्माणमा अवरोध पुग्यो भने वर्षाले बनिसकेका संरचनामा क्षति पुर्यायो ।
ताजा
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
२०८३ भाद्र १४ गते, आईतवार
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
२०८३ भाद्र १४ गते, आईतवार
विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई
२०८३ भाद्र १४ गते, आईतवार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





