मेलम्चीको पानी यहीमहिना काठमाण्डौ उपत्यका ल्याउने तयारी ।

२०७९ कार्तिक ४ गते, शुक्रबार

काठमाण्डौ = मेलम्ची खानेपानी विकास समितिले यही महिनाभित्रै काठमाण्डाै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय संरचना आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनु भयो ।

 

स्थायी समाधान नहुँदासम्म बर्खामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेरै ल्याउनुपर्ने अवस्था छ । गएको वैशाखमा पानी पुनवितरण सुरु गरिएकोमा असारदेखि रोकिएको थियो । उहाँले भन्नु भयो यो वर्ष आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिनेछ ।

 

 

बर्खा सकिएकाले अस्थायीरूपमा पानी चलाउन सडक र पुल मर्मत भइरहेको छ । यस वर्ष हेडवर्कको डाइभर्सन सुरुङ अम्बाथान अडिट सुरुङमा नदीजन्य कुरा जान नदिन पहिले नै फलामको ढोका लगाएर बन्द गरियो । यो वर्ष सुरुङमा समस्या नभएको अनुमान छ ।

 

उहाँले भन्नु भयो ।सुरुङ सफा गर्न पर्दैन र हेडवर्कसम्म सडक पुगेमा चाँडै पानी ल्याउन सकिन्छ भन्ने लागेको छ ।’ गएको वर्ष वर्षाले आयोजना आयोजनासम्म पुग्ने सडक र पुलमा ठूलो क्षति पुर्‍यायो । तुलनात्मकरूपमा यो वर्ष संरचनामा कम क्षति पुगेको अनुमान छ । गेट नम्बर १ सफा गरेर चाँडै पानी पथान्तरण गर्न सकिने उहाँले बताउनु भयो ।

 

त्यहाँका संरचना सफा गर्नुपर्दैन भन्ने अनुमान गरे पनि त्यहाँ पुगेपछि संरचनाको अवस्था थाहा हुने प्रवक्ता पन्तले बताउनु भयो । गएको वर्ष नदीको तिरैतिर डोजरले सम्याएर सडक बनाइए पनि बाढीले त्यसलाई बगाएको छ । अब त्यसरी नै नदी नजिकैबाटै अस्थायीरूपमा भए पनि पहुँच सडक बनाइने छ ।

 

कार्ययोजनामा सुरुङ चलाएपछि हरेक वर्ष साधारण निरीक्षण गर्ने र पाँच–पाँच वर्षमा मर्मत गर्नुपर्ने हुनसक्छ भन्ने उल्लेख छ । त्यहीअनुसार नै अहिले निरीक्षण गरिएको र त्यसमा सामान्य सुधार आवश्यक रहेको पाइएकाले त्यसलाई सुरु गरिएको छ ।

 

आयोजनाको दीर्घकालीनरूपमा मर्मत गर्न एसियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो । त्यसको अन्तिम प्रतिवेदन डिसेम्बरसम्ममा आएपछि नै योजनाबद्धरूपमा मर्मत र सुधारको काम अघि बढाउन सकिनेछ । अन्तिम प्रतिवेदनका आधारमा कसरी गर्ने भनेर योजना बनाइनेछ । उहाँले भन्नुभयो पुल सडक र संरचना बनाउँदा क–कसले कसरी बनाउने भनी निर्णय हुनेछ र त्यसअनुसार काम अघि बढाइनेछ ।

 

दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाबाट विसं २०७७ :फागुनमा पहिलो पटक पानी काठमाण्डौ ल्याइएको थियो । पानी पथान्तरण गरेको केही महिनामा नै अर्थात् विसं २०७८: असार १ गते आएको वर्षाले आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो । आयोजना निरीक्षणका क्रममा आयोजनाका दुई कर्मचारीको ज्यान गएको थियो ।

 

त्यही वर्ष कात्तिकमा आएको वर्षाले आयोजनामा थप क्षति पुर्‍यायो । सरकारले अस्थायीरूपमा पहुँच मार्ग निर्माण गरेर गएको वैशाखमा पुनः पानी पथान्तरण गरेको थियो । झन्डै दुई महिना पानी उपत्यकामा ल्याइएको भए पनि वर्षाले थप क्षति हुन नदिन त्यसभन्दा पहिले नै पानी ल्याउन रोकेको थियो ।

 

काठमाण्डौ उपत्यकावासीको लामो प्रतिक्षापछि मेलम्चीको पानी ल्याएर वितरण सुरु भए पनि अझै बाह्रै महिना वितरण गर्नसक्ने अवस्था छैन । विसं २०७७ :असारमा आयोजनाको माथिल्लो भागमा बाढी र पहिरो आउँदा त्यस क्षेत्रमा नै ठूलो असर पुगेको छ । त्यहाँको भौगर्भिक अध्ययन सकिएपछि मात्रै त्यहाँको स्थायी समाधानमा लाग्न सकिने अवस्था छ ।

 

आयोजनाका जम्माजम्मी कामलाई हेडवर्क, सुरुङ मार्ग र प्रशोधन केन्द्र गरी तीन भागमा विभाजन गरिएको छ । यसमध्ये हेडवर्क र सुरुङ मार्गको निर्माण एउटै कम्पनी र प्रशोधन केन्द्र निर्माण दुई कम्पनीले गरेका हुन् । सुरुङ मार्ग र पानी प्रशोधन केन्द्र सम्पन्न भइसकेको छ । हेडवर्क सम्पन्न नहुँदै बाढीले क्षति पुर्‍याएको थियो ।

 

सरकारले विसं २०५६: मा मेलम्ची खानेपानी विकास समिति गठन गरेको थियो । आयोजना निर्माणका लागि एडीबीले सन् २००१ :मा सम्झौता गरेको थियो । इटालियाली कम्पनी सीएमसी फिर्ता भएको झन्डै पाँच महिनापछि चिनियाँ कम्पनी सिनो हाइड्रोले बाँकी निर्माणका काम सुरु गर्‍यो ।  दुई वर्ष कोभिडले निर्माणमा अवरोध पुग्यो भने वर्षाले बनिसकेका संरचनामा क्षति पुर्‍यायो ।

 

91 Views

ताजा

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने

२०८२ असार २७ गते, शुक्रबार

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक

२०८२ असार २७ गते, शुक्रबार

‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न

२०८२ असार २७ गते, शुक्रबार

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै

२०८२ असार २६ गते, बिहीबार

भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प

२०८२ असार २६ गते, बिहीबार

‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’

२०८२ असार २६ गते, बिहीबार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

२०८२ असार २६ गते, बिहीबार

लोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal