दाङको एक जंगलमा ह,त्या गरेर एकै ठाउँमा फालेको अवस्थामा फेला….
दाङको एक जंगलमा हत्या गरेर एकै ठाउँमा फालेको अवस्थामा फेला परेका १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यले प्रयोग गर्ने मोबाइल भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँस्थित सामुदायिक जंगलमा तालिम प्राप्त कुकुरले रोशनी र शरदको मोबाइल फरकफरक ठाउँबाट भेटाएको हो ।
उनीहरूको शव फेला परेकै दिन असोज ३० गते कोहलपुरबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइएको थियो । सोही कुकुरको सहयोगबाट मोबाइल फेला पार्न प्रहरी सफल भएको हो ।
साथै प्रहरीले रोशनीको चप्पल पनि भेटाएको छ । मोबाइल भेटिएकाले अब घ,टनाबारे अनुसन्धान गर्न सहज हुने अपेक्षा गरिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।
टिपर चालकसहित केही पक्राउ – उनीहरूको शव फेला परेकै दिन दिउँसो प्रहरीले मकावनपुरको हेटौँडा घर भएका एकजना टिपर चालकलाई नियन्त्रणमा लिएको थियो । उनले फोनबाट शरदका हजुरबुवालाई तपाईंको नाति कहाँ छ ? भनेर पटकपटक सोधेको तथ्य खुल्न आएको प्रहरीले बताएको छ ।
ती टिपर चालकको बयानका आधारमा प्रहरीले सल्यानका अर्का एक युवकलाई पनि पक्राउ गरेको छ । ती युवकको गाउँ रोशनी र शरद बस्दै आएको ठाउँ दमारगाउँमा हो । प्रहरीका अनुसार उनीहरू दुवैजना यातायात क्षेत्रमै कार्यरत मिल्ने साथी हुन् ।
शरदका बुवा म्यानपावर व्यवसायी हुन् । शरदकी आमा र उनको छोडपत्र भइसकेकाले शरद आमासँगै दमारगाउँस्थित मामा घरमा बस्दै आएका थिए । उनको मामा गाउँमै एकै विद्यालयमा पढ्ने स्थानीय रोशनीसँगै ह,त्या भएको छ । रोशनीका बुवा आमा र दाइ पनि रोजगारीको सिलसिलामा भारतमा थिए । छोरीको हत्याको खबरपछि हाल उनीहरू घर आएका छन् ।
असोज २७ गते राति साढे १० बजेपछि रोशनी र शरद बेपत्ता भएका थिए । २८ गते स्थानीय कौवापुरस्थित प्रहरी चौकीमा गएर शरदकी माउली हजुरआमाले निवेदन दिएकी थिइन् । खोजी गर्ने क्रममा शरदका माउली हजुर बुवाले नै उनीहरूको शव एकै ठाउँमा फेला पारेका थिए ।
घ,टनास्थल रोशनीको घरदेखि करिब ८० मिटरको दुरीमा पर्छ । कौवापुर प्रहरी चौकीदेखि झन्डै ५०० मिटरको दुरीमा छ । तुल्सीपुर बजारदेखि भने झन्डै १३ किलोमिटर दक्षिणमा रहेको छ । उनीहरूको शवको आज अन्त्येष्टि गरिएको छ । रोशनी र शरदको अन्त्येष्टि दाङको तुलसीपुर उपमहानगरपालिका–१२, शीतलपुरस्थित बबई नदी घाटमा सँगै गरिएको हो ।
ताजा
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ जेष्ठ १४ गते, बिहीबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ जेष्ठ १४ गते, बिहीबार
आज बकर इदः देशभर सार्वजनिक बिदा
२०८३ जेष्ठ १४ गते, बिहीबार
‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम
२०८३ जेष्ठ १३ गते, बुधबार
बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
२०८३ जेष्ठ १३ गते, बुधबार
पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन
२०८३ जेष्ठ १३ गते, बुधबार
‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स
२०८३ जेष्ठ १३ गते, बुधबार
भगवती शाही स्मृती स्तम्भ उद्घाटन
२०८३ जेष्ठ १३ गते, बुधबार
तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल
२०८३ जेष्ठ १३ गते, बुधबार
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
२०८३ जेष्ठ १० गते, आईतवार
पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना
२०८३ जेष्ठ १० गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





