अर्घा खाँची सिमेन्टले पनि भारतमा निर्यात थाल्यो सिमेन्ट पहिलो लटमा १४, सय बोरा पठाईयो।

सरकारले चालु आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थानुसार नै उद्योगी तथा व्यवसायीले भारततर्फ सिमेन्ट निर्यात शुरु गरेका छन् । यसअघि नै तानसेन सिमेन्ट भारत निर्यात भएको थियो ।
यसै क्रममा आजदेखि अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादनको औपचारिक निर्यातको थालनी गरेको छ । रुपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा एक हजार चार सय बोरा ७० टन पोर्टल्यान्ड पोजोलान सिमेन्ट पिपिसीसिमेन्ट निर्यात गरेको हो ।
कम्पनीका अनुसार भारतको नौतनवा, महाराजगंजस्थित शिभान्स एसोसिएट्सले पहिलोपल्ट अर्घाखाँचीको उत्पादन खरिद गरेको हो । भारतीय बजारतर्फको निकासीमा यो पहिलो कदम हो । सरकारले प्रदान गरेको आठ प्रतिशत अनुदानले यो उपलब्धि सम्भव भएको हो ।
यसले भारतसँगको व्यापार घाटा कम गर्नमा सहयोग पुग्ने छ। अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल बताउनुहुन्छ । त्यसैगरी अर्घाखाँची सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योग सुरु भएदेखि निर्यात गर्ने सपना पूरा भएको बताउनु भयो ।
अब मेरो चाहना उद्योगले उत्पादन गर्ने अधिकांश सिमेन्ट भारत निकासी होस् भन्ने हो”, उहाँले भन्नुभयो । मुरारकाका अनुसार भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाललगायत क्षेत्रमा चुन ढुङ्गा खानी छैन । त्यही बजार उपयोग गर्न भारत निर्यात थालिएको हो । यस अवसारलाई नेपालका सम्पूर्ण सिमेन्ट उत्पादकले उपभोग गर्नुपर्नेमा पनि उहाँले जोड दिनु भयो ।
सिमेन्ट निर्यात अझै बढाउन सरकारले भारतबाट कोइला आयात गर्ने वातावरण मिलाइदिनुपर्ने उहाँको भनाइ छ । भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्ट लिमिटेडको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तर सम्बन्धि इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट आईएसआई मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात हुन थालेको हो ।
कम्पनीले ओपीसी, पीपीसी र क्लिंकर निर्यातका लागि आईएसआई मार्क पाइसकेको छ । त्यसअनुसार कम्पनीले आगामी दिनमा आफ्ना ओपिसी र क्लिंकर उत्पादनलाई पनि छिमेकी मुलुकका बजारमा निर्यात गर्ने योजना लिएको छ ।
ताजा

‘ट्रेडिङ बिजनेस’ बाट उद्योगमा ‘सिफ्ट’ हुँदै मल्होत्रा
२०८० मंसिर १७ गते, आईतवार
‘ट्रेडिङ बिजनेस’ बाट उद्योगमा ‘सिफ्ट’ हुँदै मल्होत्रा
२०८० मंसिर १७ गते, आईतवार
फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प
२०८० मंसिर १७ गते, आईतवार
अब काँग्रेस बलियो बन्छः देउवा
२०८० मंसिर १६ गते, शनिबार
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधनः नेपालमाथिको अन्याय रोकिनुपर्छ
२०८० मंसिर १६ गते, शनिबार
अबको चुनाव कांग्रेस एक्लै लड्छः गगन थापा
२०८० मंसिर १६ गते, शनिबार
प्रचण्ड नेतृत्वको सरकार आफैं ढल्छः ओली
२०८० मंसिर १५ गते, शुक्रबार
नक्कली शरणार्थी प्रकरणः खाँण र रायमाझी जेलमै बस्नुपर्ने, रिजाललाई पन्ध्र लाख धरौटी
२०८० मंसिर १५ गते, शुक्रबार
मंसिर २३ र २८ गते पाठक र खतिवडाको विहे
२०८० मंसिर १५ गते, शुक्रबार
राजावादी दुर्गा मच्चिए–मच्चिए अनि थच्चिए
२०८० मंसिर १५ गते, शुक्रबार
अर्थमन्त्रीलाई ४० करोडको आरोप
२०८० मंसिर १५ गते, शुक्रबारलोकप्रिय

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार
राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ
२०८० असार २४ गते, आईतवार
१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार