आयल निगमलाई एक लिटर पेट्रोलमा साढे १४ रुपैयाँभन्दा धेरै नाफा, तत्काल भाउ नघटाउने

२०७९ आश्विन ३१ गते, सोमबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ तत्काल नघटाउने बताएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेका कारण नाफामा रहेको र तिहार छठलगायतलाई ध्यान दिएर भाउ घटाउन माग बढिरहेको बेला निगमले विज्ञप्ति निकालेर तत्काल भाउ नघटाउने बताएको हो ।

भारतीय आयल कर्पोरेशनबाट नियमित भाउ घटेर आइरहेको भए पनि निगमले पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन ।

निगमले निकालेको विज्ञप्तिमा भारतबाट हिजो आइतवार प्राप्त नयाँ मूल्य सूचीअनुसार फेरि भाउ बढेर आएको र पुरानो घाटा रहेकोले भाउ घटाउन नसकिने उल्लेख छ ।

हिजो केही भाउ बढेर आउँदा पनि निगम अझै १५ दिनमा ३९ करोड रुपैयाँ नाफामा रहेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मूल्य सूचीअनुसार निमगलाई डिजलमा प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा र ग्यासमा प्रतिसिलिन्डर तीन सय २५ रुपैयाँ घाटा रहेको विज्ञप्तीमा उल्लेख छ ।

तर निगमलाई पेट्रोल लिटरमा १४ रुपैयाँ ५६ पैसा, मट्टीतेलमा ३८ रुपैयाँ ५८ पैसा र हवाई इन्धन आन्तरिकतर्फ ४० रुपैयाँ ७८ पैसा तथा अन्तर्राष्ट्रियतर्फ ९० रुपैयाँ ९८ पैसा नाफा छ ।

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal