चिनियाँ स्टाइलमा अघि बढ्यो । एक पछि अर्को एक्शन बिश्वकै सुन्दर शहर बनाईने साथ दिनेले शेयर गरौं ।

२०७९ आश्विन ३१ गते, सोमबार

काठमाडौं= महानगरपालिका चिनिया शैलीमा अघि बढेको खबरले राजधानी समेत रहेको काठमाडौं उपत्यकामा नयाँ आशा पलाएको छ । महानगरले टुकुचा उत्खनन अभियान जारी राखेको हो ।

आज पनि महानगरपालिकाको टोलीले हात्तीसारकमल  पोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमण गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ ।

केही दिन अघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो । उत्खनन स्थलमा सञ्चारकर्मी हरुसँग कुरा गर्दै काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले महानगरपालिकाको आदेशमा नै टुकुचा उत्खनन भइरहेको बताए ।

उनले महानगरपालिका विकासकालागि अघि बढीसकेको भन्दै अब काम गर्नकालागि पछि नहट्ने बताए । कामनपा चिनियाँ शैलीको विकासमा अघि बढेको र रातारात काठमाडौं परिवर्तन गर्ने योजनामा रहेको बताए ।

आदेश भएर नै हामी आएको हो । अब काम गर्न रोकिँदैन अघि बढेपछि बढेको बढ्यै हो । महानगर चीनको देख्नु भएको छ ? हामी चीनको महानगर स्टाइलले अघि बढ्न चाहन्छौँ । त्यहाँ आज केही हुँदैन तर भोलि अर्कै संरचना बनिसकेको हुन्छ । रातारात काठमाडौं चेन्ज गर्नु पर्छ ।

अब सुत्ने होइन, उठ्ने बेला हो ।आइतबार टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले आदेश काठमाडौं महानगरपालिकालाई आदेश दिएको थियो ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स प्रालिको तर्फबाट भोलाविक्रम थापा समेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको थियो । यद्यपी महानगरले भने टुकुचा खोला उत्खननको प्रक्रिया जारी राखेको छ ।

चुनावपछि श्रीपेचसहित राजालाई दरबार भित्र्याउछौं; राजेन्द्र लिङदेन सहमत हुनेले सक्दो सियर गरौं
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गरेका छन् । बुधबार रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरसँगको एकता घोषणा कार्यक्रममा नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा विकल्प रहेको दावी गरे

राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ उनले भने ।मतदाताले विश्वासिलो विकल्प खोजिरहेको छ । विकल्प खोजिरहेको मतदाताको नजरमा राप्रपा परेको छ ।काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले निर्वाचित हुन्छन् भन्ने कसैले नसोचेको भन्दै लिङ्देनले राप्रपाको पनि त्यस्तै अवस्था हुने दा,वी गरे ।

राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटक -पटक हारेकाले नेत कार्यकर्तामा हीन मानसिकता देखिएको पनि लिङ्देनले बताए । हारेको हार्दै गर्दा जितिन्छ भन्ने र जिते पनि त्यत्रो सिट भन्ने हिन मानसिकता अझै छ ।उनले भने ।

लिङ्देनले पार्टीका नेता कार्यकर्तालाई चुनाव क्षेत्रमा जान र उम्मेदवारी घोषणा गर्न पनि आग्रह गरेका छन् । उनले देशका १६५ ,वटै प्रतिनिधिसभा र ३३०, प्रदेशसशभमा उम्मेदवारी दिने बताएका
छन् । उनले भने, ‘विजय हाम्रो सम्मुख छ । मुलुकले विकल्प खोजिरहेको छ । ४ मंसिरको चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले नै राप्रपालाई मत दिने लिङ्देनले दा,वी गरे

राप्रपासँग एकतापछि मिश्रलेभने पार्टीभित्र बखेडा झिक्दैनौं काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हालै एकता गरेका नेता रवीन्द्र मिश्रले आफूले पार्टीभित्र बखेडा र विवाद नझिक्ने

प्रतिवद्धता व्यक्त गरेका छन् । पछिल्लो पाँच वर्षको अवधिमा आफैंले स्थापना गरेको पार्टीमा उत्पन्न विवादबाट पनि पार्टीभित्र द्वन्द्व र विवाद गर्न नहुने सिकाइ भएको उनले संकेत गरेका थिए

साथै क्यानडा अमेरिका लगायत देशका नेताहरूको उदाहरण दिँदै उनले नेतृत्वलाई सहयोग गर्नु पर्ने बताएका थिए । हामी पार्टीमा बखेडा झिक्दैनौं । मैले पछिल्लो पाँच वर्ष आफैंले स्थापना गरेको पार्टीबाट पनि अनुभव लिएँ । जहिले पनि विवाद र द्वन्द्व झिकि  रहँदा नेतृत्वले काम सक्दैन ।मिश्रले भनेका छन् ।

नेता मिश्रले आफैंले स्थापना गरेको पार्टी ठूलो पीडा र अप्ठ्यारोले छाडेको गुनासो गरेका थिए । यस क्रममा उनले पार्टीलाई भन्दा नेताको व्यक्तित्वलाई प्रचार गर्नु पर्ने गरेका थिए ।

210 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal