पानीमा लामो समय राख्दा किन चाउरिन्छ छाला ? जाडोमा शरीरमा किन उम्रिन्छ काँडा ? थाहा पाउनुहोस्

२०७९ आश्विन २८ गते, शुक्रबार

नुहाएपश्चात या धेरै समयसम्म पानी चलाउँदा हाम्रो शरीरका छाला चाउरिन्छ।

पानीमा भिजेपछि हत्केला, औंला, खुट्टा लगाय’तका भागको छाला चाउरिएको अनुभव त तपाईले सायदै गर्नुभएको छ। तर, यस्तो किन हुन्छ ? कतिपयले यस्तो हुनुमा जैविक रासायनिक कारण भएको पनि बताउछन ।

यसका अलावा पानीमा भिजेसँगै छालाबाट केही कणहरु बाहिर निस्कने र छाला खुम्चिने भन्नेहरु पनि छन । तर वैज्ञानिक’हरुका अनुसार यसरी छाला खुम्चिनु भनेको केवल अस्मोसिस अर्थात् छालाभित्रका कणहरु बाहिर आउनुका मात्र होइन ।

किनकी यदि पानीमा भिजेको बेला खुम्चिने शरीरका त्यस्ता भागमा स्नायुहरु काटिदिने हो भने त्यस्तो चाउरीपन नै देखापर्दैन। यसको अर्थ, पानीमा डुबाउँदा चाउरिएको छालाले यो देखाउँछ की हाम्रो स्नायु प्रणालीले ठिकसँग काम गरिरहेको छ।

चर्चित अमेरिकी वैज्ञा’निक मार्क चांगिजी भन्छन्, ‘हाम्रो शरीरले बदलिँदो बाह्य वातावरणमा अनुकूलित हुनका लागि आफुलाई वातावरण अनुरुप ढाल्दछ।

पानीमा छाला चाउरिनु पनि त्यही हो । ताकी यसरी चाउरिँदा कुनै चिजलाई सही ढंगले समात्न सकियोस ।’ मार्कका अनुसार मानिसमा मात्र होइन, यसरी पानीमा छाला चाउरिने क्रिया बाँदर तथा यहीं प्रजातिका अन्य जिवमा पनि पाइन्छ।

त्यसैले पानीमा भिजेको बेला हत्केला तथा औंलाहरुको छाला चाउरिनुको कारण मानिस तथा बाँदरले राम्रोसँग पक्रिन सकोस् भन्ने रहेको दाबी जिव वैज्ञानिकको छ।

वास्तवमा यो मानिसमा क्रम विकास’सँगै विकास भएको क्षमता हो। शोधकर्ताहरुका अनुसार भिजेको हातले हामीले पानीभित्र डुबेका चिजहरुलाई सुख्खा हातले भन्दा छिटोछिटो उठाउन सक्छौं।

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal