भरतपुर पल्पी जुस उद्योगमा आ,गलागी
२०७९ आश्विन २८ गते, शुक्रबार
भरतपुर पल्पी जुस उद्योगमा आ,गलागी भएको छ। रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आ,गलागी भएको हो।
प्रालिको उत्पादन पल्पी जुसको कच्चा पदार्थ रहेको सो उद्योगमा बिहान ४ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ।
उद्योग मर्मतका क्रममा रहेकाले उत्पादित वस्तु नरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए।
आ,गो के कारणले लागेको भन्ने खुल्न सकेको छैन। आ,गो निभाउने काम जारी रहेको उनले बताए।
आ,गो निभिसकेपछि मात्र क्षतिको विवरण थाहा हुने कार्यालयले जनाएको छ। आगो निभाउनका लागि स्थानीय, नेपाल प्रहरी, तीन दमकललगायत प्रयोग गरिएको छ।
83 Views