सडकमा मागेर खाने युवती बनिन् संसारकै एक उत्कृष्ट मोडल

२०७९ आश्विन २७ गते, बिहीबार

चार वर्ष’अघि सम्म पनि रिटा गाभिओला, एक १३ वर्षकी किशोरी सडकमा माग्दै हिँड्थिन् । तर विगत चार वर्षदेखि उनी संसारको उत्कृष्ट ब्रान्ड:सँग एक मोडलको रुपमा आबद्ध भएकी छिन् ।

उनी चर्चित रियालिटी शोमा अभिनय पनि गर्छिन् । साथै, इन्स्टाग्राममा उनको लाखौ फलो’अर्स पनि छन् । उनले यस्तो सफलता एउटा तस्बिरका कारण प्राप्त गरिन् ।

रिटाको यो रोचक कहानी सन् २०१६ मा सुरु भयो । त्यतिबेला उनी आफ्नो र परिवारको पेट पाल्न लुकबानस्थित माग्दै हिँड्थिन् । उनका बुवा फोहोर टिप्ने काम गर्थे र आमा उनीलगायत ६ सन्तानको हेरविचारका लागि घरमा नै बस्थिन् ।

उक्त घरको कोही पनि बच्चा स्कूल गएका छैनन् । उन’को परिवारलाई खान नै धौधौ थियो त्यसकारण रिटाले मानिसहरुसँग पैसा वा खानेकुरा माग्ने गर्थिन् ।

त्यति नै बेला उनलाई एक फिलिपिनो फोटोग्राफर तोफर क्विन्टो बुर्गोसले देखे । लुक्बानमा आयोजित पाहियास फेस्टिबल अवलोकन गर्न त्यहाँ पुगेका थिए । उनले रिटाको फोटो खिचेर इन्टरनेटमा पोस्ट गरे । क्यामराको एउटा क्लिक र अपलोड बटनले रिटाको जीवनमा आकाश पातालको परिवर्तन ल्याइदियो ।

१३ वर्षे ती किशोरीको तस्बिर आगोसरी फैलियो । धेरैले उनको प्राकृतिक सुन्दरताको तारिफ गरे । बादजाओ समुदायकी उनलाई ‘बादजा’ओ गर्ल उपनाम दिइयो । फिलि’पिन्सका थुप्रै सुन्दरीले उनलाई गरिबीबाट बाहिर निस्कन सहयोग गरे ।

विभिन्न सेलिब्रिटी जस्तै २०१५ की मिस वर्ल्स फिलिपिन्स ड्यानिल पारुङगाओ, २०१४ की मिस इन्टरनेशनल फिलिपिन्स बियान्का गुइदोटी र २०१५ की मिस अर्थ एन्जेलिया ओङ्गले रिटाको शरीर र अनुहारको बनावट मोडलको जस्तै भएको बताउँदै सोसल मिडियामा तारिफ गरे ।

के भइरहेको छ भनेर राम्रोसँग थाहा नपाइकनै उनले विभिन्न स्थानमा अन्तर्वार्ता दिइरहेकी थिइन्, विभिन्न ब्रान्डका लागि मोडलिङ गरिरहेकी थिइन्, टिभी सिरिजमा स-सानो भूमिकामा देखिन थालेकी थिइन् र अन्तर्राष्ट्रिय रियालिटी शो बिग ब्रदरमा कान्छ प्रतियोगीको रुपमा भित्रिएकी थिइन् ।

उनको यो चर्चाले उनलाई सो’सल मिडियामा आफ्नो दर्श’क बनाउन सहयोग गरेको थियो । यसमा देश–विदेशका विभिन्न व्यक्तित्व समावेश भए । तीमध्ये कतिले उनको परिवारलाई आर्थिक सहयोग पनि गरे ।

193 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal