४० करोडको चिट्ठा जितेका अटो-चालक दिक्क मान्दै भन्छन् बरु मैले नजितेको भए हुन्थ्यो नी !

२०७९ आश्विन १५ गते, शनिबार

एक जना भारतीय चिट्ठा विजेताले आफूलाई अभूतपूर्व रूपमा आर्थिक सहयोगको अनुरोध आएकाले चिट्ठा जितेकोमा पश्चात्ताप भइरहेको बताएका छन् ।

दक्षिण राज्य केरलाका अटो चालक अनुपले २५ करोड भारु अर्थात् नेपाली करिब ४० करोड रुपै’याँको चिट्ठा सेप्टेम्ब’रको सुरुमा जितेका थिए।

तर त्यसको एक हप्ता’पछि उनले एउटा भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो परिवार र आफूलाई दुख नदिन नचिनेका मानिसहरूलाई अनुरोध गरे। मैले नजितेको भए हुन्थ्यो, उनले भने, बरु तृतीय पुरस्कार शायद राम्रो हुन्थ्यो।

अनुपले उक्त भिडिओमा व्यापक रूपमा सर्वसाधारणको ध्यान आफूमा परिरहेकाले त्यसबाट जोगिन बसाइँ सर्ने योजना बनाएको बताएका छन्।

उक्त चिट्ठा जितेपछि उनी राष्ट्रिय खबरहरूमा छाएका थिए। त्यो राज्यको इतिहा’समा सबैभन्दा ठूलो धनराशिको चिट्ठा थियो।

उनले १७ सेप्टेम्बरमा टिकट खरिद गरेका थिए। त्यो निर्णय रोजगारीका लागि मलेसिया उड्न तय भएको समयभन्दा एक दिन अघि लिइएको थियो।

छोराको खुत्रुके फुटाएर उनले चिट्ठा खरिद् गरेका थिए। उनले चिट्ठा जितेको सार्वजनिक भएपछि सो परिवारले सबैको ध्यान खिचेको थियो।

जितेपछि म ज्यादै प्रसन्न भएको थिए, उनले हालैको एउटा भिडिओमा भनेका छन्, घरमा मानिसहरू र क्यामेराहरू थिए र हामी खुसी थियौँ।

तर चाँडै नै अवस्था नियन्त्रणभन्दा बाहिर गएको उनी बताउँछन्।म घरबाट बाहिर निस्कन सक्दिनँ। म कतै जान सक्दिनँ। मेरो बच्चा बिरामी छ तर म उसलाई अस्पताल समेत लैजान पनि सक्दिनँ।”

सरकारी कर कटाएर करिब २४ करोड रुपैयाँ प्राप्त गर्ने भएका उनले प्रत्येक दिन मानिसहरू आफ्नो घरमा आउन थालेको बताए।

सबैलाई म के मात्र भन्न सक्छु भने मैले अझै पैसा पाइसकेको छैन। मैले जति पटक भने पनि कसैले पनि मेरो समस्या बुझेको जस्तो देखिँदैन,उनले भने।

अनुपका अनुसार उनी र उनको परिवार सबैतिरबाट व्यक्त भइरहेका चासोबाट जोगिन आफन्त हरूकोमा बसिरहेका छन्।

राज्य सरकारले अनुपका लागि आर्थिक व्यवस्थापन र रकमको सदुपयोगका विषयमा एक दिने तालिमको आयोज’ना गर्ने बता’एको छ।

 

105 Views

ताजा

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal