४० करोडको चिट्ठा जितेका अटो-चालक दिक्क मान्दै भन्छन् बरु मैले नजितेको भए हुन्थ्यो नी !

२०७९ आश्विन १५ गते, शनिबार

एक जना भारतीय चिट्ठा विजेताले आफूलाई अभूतपूर्व रूपमा आर्थिक सहयोगको अनुरोध आएकाले चिट्ठा जितेकोमा पश्चात्ताप भइरहेको बताएका छन् ।

दक्षिण राज्य केरलाका अटो चालक अनुपले २५ करोड भारु अर्थात् नेपाली करिब ४० करोड रुपै’याँको चिट्ठा सेप्टेम्ब’रको सुरुमा जितेका थिए।

तर त्यसको एक हप्ता’पछि उनले एउटा भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो परिवार र आफूलाई दुख नदिन नचिनेका मानिसहरूलाई अनुरोध गरे। मैले नजितेको भए हुन्थ्यो, उनले भने, बरु तृतीय पुरस्कार शायद राम्रो हुन्थ्यो।

अनुपले उक्त भिडिओमा व्यापक रूपमा सर्वसाधारणको ध्यान आफूमा परिरहेकाले त्यसबाट जोगिन बसाइँ सर्ने योजना बनाएको बताएका छन्।

उक्त चिट्ठा जितेपछि उनी राष्ट्रिय खबरहरूमा छाएका थिए। त्यो राज्यको इतिहा’समा सबैभन्दा ठूलो धनराशिको चिट्ठा थियो।

उनले १७ सेप्टेम्बरमा टिकट खरिद गरेका थिए। त्यो निर्णय रोजगारीका लागि मलेसिया उड्न तय भएको समयभन्दा एक दिन अघि लिइएको थियो।

छोराको खुत्रुके फुटाएर उनले चिट्ठा खरिद् गरेका थिए। उनले चिट्ठा जितेको सार्वजनिक भएपछि सो परिवारले सबैको ध्यान खिचेको थियो।

जितेपछि म ज्यादै प्रसन्न भएको थिए, उनले हालैको एउटा भिडिओमा भनेका छन्, घरमा मानिसहरू र क्यामेराहरू थिए र हामी खुसी थियौँ।

तर चाँडै नै अवस्था नियन्त्रणभन्दा बाहिर गएको उनी बताउँछन्।म घरबाट बाहिर निस्कन सक्दिनँ। म कतै जान सक्दिनँ। मेरो बच्चा बिरामी छ तर म उसलाई अस्पताल समेत लैजान पनि सक्दिनँ।”

सरकारी कर कटाएर करिब २४ करोड रुपैयाँ प्राप्त गर्ने भएका उनले प्रत्येक दिन मानिसहरू आफ्नो घरमा आउन थालेको बताए।

सबैलाई म के मात्र भन्न सक्छु भने मैले अझै पैसा पाइसकेको छैन। मैले जति पटक भने पनि कसैले पनि मेरो समस्या बुझेको जस्तो देखिँदैन,उनले भने।

अनुपका अनुसार उनी र उनको परिवार सबैतिरबाट व्यक्त भइरहेका चासोबाट जोगिन आफन्त हरूकोमा बसिरहेका छन्।

राज्य सरकारले अनुपका लागि आर्थिक व्यवस्थापन र रकमको सदुपयोगका विषयमा एक दिने तालिमको आयोज’ना गर्ने बता’एको छ।

 

192 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

२०८३ असार १४ गते, आईतवार

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

२०८३ असार १४ गते, आईतवार

एक्सप्रेस गाडि नेपालको बाटोमा हिड्न कहाँ त्यत्ति सहज छ ?

२०८३ असार १४ गते, आईतवार

‘लोकलयमा पहिलो चारुसङ्ग्रह’ सार्वजनिक

२०८३ असार १४ गते, आईतवार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal