अलिकति खुशी दिएको परदेशले आखिरीमा रु,वाई छाड्यो ! बेडमा लमतन्न परेका आफ्ना श्रीमान्को अनुहार हेर्दै बित्दैछ दिन

२०७९ आश्विन १५ गते, शनिबार

काठमाण्डौको शंखमूल ओरालो कटेपछि आउँछ आयुष अस्पताल ।

अस्पतालको कोठा नम्बर तीन बेडमा लमतन्न परेका आफ्ना श्रीमान् रामबहादुर तामाङको अनुहार हेर्दै टोलाइरहनु’भएको छ काभ्रे रोशी गाउँ’पालिकाकी बसन्ती तामाङ । टेबुलमा औषधिहरु छरिएका छन् । फ्राइबिनमा झोलिलो खानेकुरा छ ।

रामबहादुरको नाकमा लगाइएको मसिनो पाइपबाटै झोलिलो खानेकुरा दिइन्छ । झ्यालबाट आएका घामका किरणले उहाँलाई थेरापीको काम गरेको छ ।

आँखा खुल्ला छन् । कतिबेला निभाउनुहुन्छ । कोही चिनेको जस्तो लागेमा हेरिरहनुहुन्छ । तर बोल्न सक्नुहुन्न । कतिबेला हातखुट्टा चलमलाउनुहुन्छ । श्रीमानले यत्तिको चलमल गर्दा बसन्तीको आशा बढेर दोब्बर हुन्छ ।

साउदी अरबको गर्मी । घर फर्किने दिन नजिकिँदै गर्दा रामबहादुरलाई लागेको थियो अब यो मरु भूमिमा फर्केर आइन्छ आइन्न ।

जानेबेला केही समय घुमौँ । सपिङ गरौँ । आफू परदेश आउँदा बा भन्न नसिकेको छोरा अहिले हुर्केर स्कुल जाने भइ’सक्यो । परदेशमा पाँच वर्ष बिताइयो । अब घर फर्किनु’पर्छ ।

श्रीमती, छोरा र घरपरिवारको साथमै बसेर सानो’तिनो व्यवसाय गर्नु’पर्छ । अघिल्लो राति श्रीमती बसन्तीसँग फोनमा यस्तै कुरा गर्नु’भएको थियो रामबहादुरले ।

बसन्तीको खुसीको सीमा थिएन । तर श्रीमानको घर फर्किने कुरा सुन्दै निदाएकी बसन्ती बिहान उठ्न नपाउँदै भाइले सुनाएको खबरले छाँगाबाट खसेझैँ हुनुभयो ।

गएको जनवरी १३ मा रामबहादुर साउदीमा सडक दु,र्घटनामा पर्नु’भयो । नेपाल फर्किन एक हप्ता मात्रै बाँकी हुँदा साथीहरुसँग घुम्न निस्किनु भएको थियो । चार जना थिए कारमा । दुई जना पछाडि बसेका थिए । ड्राइभरको छेउमा रामबहादुर हुनुहुन्थ्यो ।

अचानक कारलाई पछाडिबाट आएको लरीले ठक्कर दियो । कारमा सवार तीन जना साथीहरुलाई खासै चो’ट लागेन तर कारको सीसा रामबहादुरको घाँटी र टाउकोमा गाडियो । उहाँ दु’र्घटना भएको एक मिनेटमै यो खबर बसन्तीको कानमा पर्यो ।

बसन्तीका अनुसार रामबहादुरले टिकटकमा लाइभ गरिरहनुभएको थियो । दु’र्घटना भएको पनि लाइभमै देखियो । रामबहादुरको टिकटक लाइभमा जोडिएका बसन्तीका भाइले तुरुन्तै फोन गरेर बसन्तीलाई यो सबै कुरा सुनाएका थिए ।

दु’र्घटना भएको साढे दुई महिनासम्म रामबहादुरको होस पनि आएन । साउदी जर्मन अस्पतालमा उपचार चलिरह्यो । तीन महिनासम्मको उपचार खर्च उहाँ कार्यरत कम्पनीले नै बेहोर्यो ।

तर पछि बिमाले बेहोर्ने खर्च यत्ति हो भन्दै कम्पनीले पनि वास्ता गर्न छाड्यो । त्यसपछि अस्पतालले पनि सामान्य रेखदेख बाहेक उपचार गर्न छाड्यो । नेपाल झिकाउन प्रक्रिया गर्दा’गर्दै तीन महिना बित्यो ।

बल्ल त्यहाँ रहेको नेपाली दूतावास, विभिन्न नेपाली संस्थाहरु र वैदेशिक रोजगार बोर्डको पहलमा टिकट काटेर नेपाल एअरलाइन्सको जहाजमार्फत् साउन ४ गते रामबहादुरलाई नेपाल ल्याइयो ।

यसरी दु’र्घटना वा गम्भी’र प्रकृतिका बिमा’रीलाई ल्याउँदा यहाँ ल्याएर राख्ने अस्पतालको स्वीकृतिपत्र पनि चाहिन्छ । त्यहीअनुरुप रामबहादुरलाई नेपाल ल्याएर एक हप्ता नर्भिक अस्पतालमा राखियो ।

 

नर्भिकमा डेढ लाख रुपैयाँ जति खर्च भयो । नर्भिकले पनि गर्नुपर्ने सबै उपचार भइसक्यो अब थेरापी गराउन लैजानु भनेपछि परिवारले रामबहादुरलाई आयुष अस्पतालमा ल्याएको हो । रामबहादुरको अहिले दिनमा दुई पटक थेरापी हुन्छ । बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म ।

 

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal