दशैँ मनाउन गएकाहरु बाटोमै मर्दै आफन्तजन घरमा रुदैँ
रुषा थापा
दशैँ सुरु हुनेबित्तिकै सवारी दुर्घटना भएर मान्छे मर्ने संख्या पनि बढिसकेको छ । २० वर्ष पुगेका वा गाडीको अवस्था ठिक नभएको गाडी चलाएर दुर्घटना भएको भनेर जनताहरु खुला रुपमा भनिरहेका छन् । दशैँ मनाउन आफ्नो घरगाउँ गएका मानिसहरु बाटोमै मर्दा आफन्तजनहरुको घरमा रुवाबासी सुरु भइसकेको छ । के अबपनि ट्राफिक प्रहरीहरु जनताले तिरेको करबाट तलबभत्ता खाएर र पोसाक मात्र लगाएर बाटोमा उभिएर मात्रै बस्ने कि गाडीको बिलबुक पनि चेकजाँच गर्ने ।
गाडीको रोडपर्मिेट र बिलबुक पनि ट्राफिक प्रहरीले चेकजाँच नगर्ने , सिटभन्दा बढी यात्रु हाल्ने सवारीलाई पनि कारबाही नगर्ने र लाइसेन्स नै नभएको वा लापरबाही गरेर सवारीसाधन चलाउने चालकलाई पनि कारबाही नगर्ने ,अनि कताबाट तै सवारीसाधन दुर्घटना हुन कम हुन्छ त । यातायात व्यवसायीहरु अहिलेपनि भन्छन्, हामीले दशैँमा ट्राफिकप्रहरीलाई खर्सी किनेर दिन्छौँ नभए हामीलाई ट्राफिकप्रहरीले हैरान गर्ने गर्छन् ।
टफिकप्रहरीलाई त दशैँमा खर्सी किन्नका लागि जनताले तिरेको करबाट सरकारले भत्ता दिइहाल्छ नि त । अनि किन यातायात व्यवसायीसँग खर्सी खानु पप्यो त । के जनताभन्दा ठुलो खर्सी हो र । एउटा खर्सीको लागि सिटभन्दा बढी यात्रु हाल्ने र पुरानो गाडी चलाएर जनता मार्ने व्यवसायीलाई अनुगमन पनि नगर्ने र कारबाही पनि नगर्ने । प्रत्येक दशैँमा दशैँ मनाउन आफ्नो गाउँघर जाने मानिसहरु थोत्रा , पुरानो गाडी चढेर एकैदिन १० देखि ३५ जनासम्म यात्रुहरु मर्ने वा घाइते हुने गर्छन् ।
यत्रो मानिसहरु दशैँको समयमा मर्दा पनि यातायात व्यवसायी, सरकारर यातायात व्यवस्था विभागलाई कुनै चासो छैन । उनीहरुले त मान्छे नै नमरी भेडाबाख्रा मरेको जस्तै गरी यसप्रति कुनै चासो देखाएका छैन । अहिले जतिपनि गाडीहरु बाटोमा गुडिरहेका छन् ती सबै , थोत्रा, पुराना, कबाडी भइसकेका छन् । कुनै गाडीको सिसा फुटेको छ भने कुनै गाडीको सिट नै भाचिँएको छ । तर पनि ट्राफिक प्रहरीहरु त्यस्ता गाडीको कागजपत्र चेकजाँच गर्दैनन् ।
के यस्ता पुराना गाडीहरुसँग ट्राफिक प्रहरीले पैसा खाएको हो कि सरकारले २० वर्ष गाडी हटाउने भनेर गरेको निर्णय ट्राफिक प्रहरीले दराजमा थन्काएर राखेको हो । सरकारले अत्याधिक मात्रामा दुर्घटना, प्रदूषण वा ट्राफिक जाम भयो भनेर २० वर्ष गाडीलाई हटाउने भनेर निर्णय गरेको थियो । २०७१÷५÷२६ गतेको मन्त्री परिषद्को बैठकले २० वर्ष गाडी हटाउने भनेर निर्णय गरेको थियो । साथै २०७१÷११÷१८ राजपत्रमा प्रकाशित गरियो ।
२०७२÷१२÷१ गतेको मन्त्री परिषद्को बैठकले २०७३÷११÷१७ गतेबाट बागमती प्रदेशबाट र २०७४÷१२÷१ गतेबाट देशैभरिबाट २० वर्ष गाडी हटाउने भनेर निर्णय गरेको थियो । साथै त्यस समय २० वर्ष पुगेका गाडी हट्यो तर त्यससमय १९ वर्ष पुगेका गाडी अहिले २२ देखि २७ वर्ष पुगिसकेको छ तर ट्राफिक महाशाखा प्रमुख मीरा चौधरीले यस्ता गाडीलाई कारबाही गर्दिँनन् । के यातायात व्यवसायीसँग पैसा खाएर यस्ता गाडीहरु चौधरीले नहटाएकी हुन् ।
मन्त्री परिषद्ले गरेको निर्णयलाई कार्यान्वयन नगरेर आफ्नो घरको दराजमा किन अहिलेसम्म थन्काएर राखिरहेकी छिन् । पछिल्लो समय बाटोमा २० वर्ष पुगेका टयाक्सी, माइक्रो बस, दुवानी गाडी , ग्याँस टयाम्पो, बस, सफा टयाम्पोहरु गुडिरहेका छन् । तर यी गाडीहरुको कागजपत्र ट्राफिकले चेकजाँच गर्दैन । २०३२ सालमा जर्मनी मिनी बस नेपालमा ३५ सय दर्ता भयो । २०५८ सालमा जर्मनी मिनी हटाइयो र यसकै सट्टा भर्नामा नयाँँ बस किनेर दर्ता गरियो ।
जसले गर्दा सिण्डिकेट पनि हटेन र नयाँ गाडी पनि थपेन । २०४३ सालदेखि २०४८ सालसम्म ६३९ ओटा डिजेलबाट चल्ने बिक्रम टयाम्पो दर्ता भयो । त्यससमयमा नेपालको प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई थिए र २०५६÷५÷५ गतेको मन्त्री परिषद्को बैठकले उपत्यकाबाट बिक्रम टयाम्पो हटाउने र उपत्यकाबाट हटाएको यो टयाम्पो लुम्बिनी र गण्डकी बाहेक अन्य जिल्लामा त्यँही टयाम्पोको साहुको नाममा दर्ता गराएर चलाउन दिने भनेर निर्णय गरेको थियो । साथै बागमतीबाट हटाएको बिक्रम टयाम्पोको सट्टा भर्नामा ४० लाख पर्ने माइक्रो बस २० लाखमै दर्ता गर्न दिने भनेर निर्णय गरेको थियो ।
२०५१÷५२ सालमा ग्याँस टयाम्पोलाई भन्सार र भ्याट पुरै छुट दिइयो र भन्सार र भ्याट तिर्दा ४ लाख पर्ने टयाम्पो २ लाखमा पाए र दर्ता गरेर व्यवसाय सुरु गरे । २०४३ सालदेखि २०४८ सालसम्म कालीमाटीमा तरकारी तथा फलफुल बोक्नका लागि टु स्टक तीन पाङ्ग्रे टयाम्पो दर्ता भयो । त्यस्तै यता २०४३ सालदेखि २०४८ सालसम्म टुस्टक तीन पाङ्ग्रे वा हुटवाला टयाम्पो र मिटरजडान टयाम्पो १७ सय दर्ता भयो ।
साथै यता २०४३ सालदेखि २०४८ सालसम्म २५ सय क्युवाला टयाम्पो दर्ता भयो र २०४८ सालदेखि २०५७÷२÷१७ सालसम्म टयाक्सीको दर्ता खुला गरेको थियो । नेपाली काँग्रेसका प्रधानमन्त्री सूर्यबहादुर थापा रहँदा २०६०÷५÷२२ गतेको मन्त्री परिषद्को बैठकले क्युवाला टयाम्पो हटाएर सटट भर्नामा माइक्रो बस, मिटरजडन टयाम्पो हटाएर टयाक्सी , दुवानी गाडी हटाएर दुवानी भ्यान दिने र टयाक्सी हटाएर त्यसकै नम्बरप्लेटमा नयाँ गाडी किनेर टयाक्सीमा दर्ता गर्न दिने भनेर निर्णय गरेको थियो । साथै २०६५ सालमा ग्याँस टयाम्पो हटाएर सट्टा भर्नामा माइक्रो बस दिने भनेर निर्णय गरेको थियो । जसले गर्दा अहिलेसम्म भाडाको गाडीको संख्या पनि बढेको छैन, खुला प्रतिस्पर्धा पनि भएको छैन र सिण्डिकेट पनि कायमै रहेको छ ।
यिनीहरुले रोड कब्जा गर्ने र आफूमात्र मात्र व्यवसायी गरेर जनता ठगीरहेका छन् । २०३२ सालदेखि २०७९ सालसम्म जनसंख्या त निकै बढिसकेको छ तर भाडाका गाडीहरुको संख्या भने एउटा पनि बढेको छैन । अहिलेसम्म सबै प्रदेशमा ३५ वर्षदेखि हरियोप्लेट र कालोप्लेटको टयाक्सीको नयाँ दर्ता खुलेको छैन । भाडाको गाडीमा यातायात व्यवसायीले लगाएको सिण्डिकेट सरकारले अहिलेसम्म नहटाउँदा र जनताले भनेको समयमा भाडाका गाडीहरु चढ्न नपाउँदा पछिल्लो समय मानिसहरुले वित्तिय संस्थाबाट महंगो ब्याजमा ऋण लिएर दुई पाङ्ग्रे वा चार पाङ्ग्रे सवारीसाधन किनिरहेका छन् ।
तर निजीप्लेटको सवारीसाधन यसरी धेरै किन्दा अहिले नेपाली मुद्रा पनि विदेशतिर लाग्यो र ट्राफिक जाम पनि हत्तै बढ्यो । सार्वजनिक सवारीसाधनमा यातायात व्यवसायले गरेको लगानी ३ देखि ४ वर्षसम्ममा नै उठ्छ र २० वर्षसम्ममा त त्यो एउटा गाडीले ५ ओटा नयाँ गाडी जोडिसक्छ । एउटा उदाहरण नै भन्दा २०४३ सालमा ६० हजारमा किनेको टु स्टक मिटरजडान टयाम्पोले २०६० सालसम्म आफैँले चलाएर वा भाडामा लगाएर करोडौँ कमायो र सरकारले हटाएको त्यो टयाम्पोको स्क्राइप गरेको नम्बरपलेटमा नयाँ गाडी किनेर टयाक्सीमा दर्ता गराएर चलायो ।
२०६० सालमा गाडी बेच्ने कम्पनीसँग टयामपोको सट्टा भर्नामा ७ लाखमा नयाँ गाडी किनेर टयाक्सीमा दर्ता गराएर अहिलेसम्म करोडौँ कमाइसकेका छन् । टयाक्सी किनेर आफैँले चलाउँदा दिनको ३ हजारदेखि ५ हजारसम्म कमाइन्छ र ड्राइभरलाई २४ घण्टा चलाउन दिँदा २ हजार टयाक्सीधनीले पाउने गर्छ । तर २०६० सालदेखि २०७९ सालसम्म यी मानिसहरुले टयाक्सी भाडामा चलाएर वा आफैँले चलाएर करोडौँ कमाइसकेका छन् ।
अहिले २० वर्ष पुरानो टयाक्सीको स्क्राइप गरेको नम्बरप्लेट १२ देखि १३ लाखसम्ममा बिक्री हुने गर्छ । र २० वर्ष पुगेको गाडीको स्क्राइप गरेको नम्बरप्लेटमा नयाँ गाडी किनेर टयाक्सीमा दर्ता गराएर व्यवसायी गरिन्छ र फेरि पनि २० वर्ष त्यँही व्यक्तिले नै व्यवसाय गर्न पाउँछ । अनि खै त सिण्डिकेट हटेको । के यँही हो सिण्डिकेट हटेको । न त नयाँ व्यवसाय आउन नै पाउँछ न त गाडीको संख्या बढ्न नै पाउँछ ।
सरकारले नयाँ टयाक्सीको दर्ता खोलेमा जनताले सित्तैमा नम्बरप्लेट पाउँछन् , जनतालाई पनि सस्तो भाडा हुने, राज्यलाई पनि राजस्व आउने र टयाक्सी व्यवसाय गरेर मानिसहरुmे आफ्नो जीविकोपार्जन गर्न पाउँछन् । अब सरकारले २० वर्ष पुगेका गाडीहरुको स्क्राइप गरेको नम्बरप्लेटमा नयाँ गाडी किनेर दर्ता गर्न दिनुहुदैँन र यिनीहरुको रोडपर्मिेट वा दर्ता खारेज गरिदिनुपर्छ ।
साथै यता यातायात मन्त्री मोहम्मद इश्तियाक राई ,सचिव गोपाल प्रसाद सिग्देल र यातायात व्यवस्था विभागका महानिर्दैशक टोकराज पाण्डेयलाई यातायात व्यवसायीहरुले ७ करोड दिएर अघिल्लो सरकारले २० वर्ष गाडी हटाउने भनेर गरेको निर्णय उल्टाउन लागेको वा गाडीको समयावधि थप गर्न लगाएको भन्ने कुरा पनि व्यवसायीहरु आफैँ बताउँछन् । यातायात मन्त्री, सचिव र महानिर्दैशकले पैसाका लागि अघिल्लो सरकारले गरेको निर्णय उल्टाउन आफ्नो ज्यान नै फालेर दौडधुप गरिरहेका छन् ।
२०७१ सालदेखि २०७९ सालसम्म यातायात व्यवसायीहरुले यातायात मन्त्री,सचिव र महानिर्दैशकलाई पैसा दिएर सरकारले गरेको निर्णय उल्टाउन खोजीरहेका थिए र मन्त्री जनताबाट डराएर अघिल्लो सरकारले गरेको निर्णय उल्टाउनतिर लागेनन् तर अहिले त मन्त्री, सचिव र महानिर्दैशक नै एकजुट भएर अघिल्लो सरकारले गरेको निर्णय यसरी व्यवसायीसँग पैसा खाएर उल्टाउनतिर लागिपरेका छन् ।
२० वर्ष पुराना गाडीहरु नहटाउँदा ट्राफिक जाम अस्तव्यस्त भएको छ र दुर्घटना ,प्रदुषण पनि अत्याधिक बढिरहेको छ । साथै पुराना, थोत्रा गाडीहरु हटाउनुपर्छ भन्ने पनि जनताको सरकारसँग माग रहेको छ तर सरकार भने जनताको कुरा नसुनि व्यवसायीको पक्षमा लागिरहेको छ । साथै अब सरकारले निजीप्लेट वा संस्थानको गाडीहरु पनि हटाउनुपर्छ भनेर आवाज उठीसकेको छ ।
२०७० सालमा यातायात मन्त्रालयले एउटा निर्णय गरेको थियो । जुन थियो, २०७१÷१÷१ गतेबाट सवारीसाधन दर्ता भएको मिति बिलबुक वा ढट्टामा लेखिदिने भनेर तर पछि यातायात व्यवसायीहरुको दबाबमा सरकारले यो निर्णय कार्यान्यन गर्न सकेन र दराजमा थन्कायो । अहिलेपनि यातायात कार्यालयमा निजीप्लेटका सवारीसाधनहरु दिनहुँ हजारौँ दर्ता भइरहेका छन् तर त्यसको बिलबुक वा ढट्टामा त्यो सवारीसाधनको चल्ने अवधि उल्लेख गरेको छैन ।
सरकारले २०८८ सालसम्म डिजेल र पेट्रोलबाट चल्ने गाडीहरु देशैभरिबाट चल्नबाट प्रतिबन्ध लगाउने भनेर निर्णय गरिसकेको छ । अहिले पुरानो गाडीहरुकै कारण उपत्यकामा ट्राफिक जाम, प्रदूषण र दुर्घटना बढिरहेको छ । सरकारले अहिलेपनि विघुतीय टयाक्सीको नयाँ दर्ता खोलेको छैन ।
बागमती प्रदेशको यातायात मन्त्री धनश्याम दाहालले अहिले सञ्चालनमा रहेका टयाक्सी व्यवसायीसँग डेढ करोड पैसा खाएर नयाँ टयाक्सीको दर्ता खोल्ने कुरै गर्दैनन् । साथै न मुख्यमन्त्री राजेन्द्र पाण्डेयले यस्ता मन्त्रीलाई हटाउन नै सक्छन् न त नयाँ टयाक्सीको दर्ता खुलाउन नै । साथै सरकारले नयाँ टयाक्सीको दर्ता खोलेमा टयाक्सीको खरिदबिक्रीको मूल्य घट्छ र दिनहुँ हुने कमाइ घट्छ भनेर टयाक्सी व्यवसायीहरु मन्त्रीलाई पैसा दिने र रोड कब्जा गर्ने काम गरिरहेका छन् ।
यातायात मन्त्री धनश्याम दाहालले व्यवसायीसँग पैसा खाएर जनता र राष्ट्रको हितमा हुने काम नगर्दा अझैपनि उनी जनताले तिरेको करबाट तलबभत्ता र सरकारी गाडी चढिरहेका छन् । टयाक्सी व्यवसायीहरु बजारमा खुला रुपमा भन्छन्, हामीले मन्त्री दाहाललाई पैसा दियौँ त आज टयाक्सीको नयाँ दर्ता खुलेन । यस्तो हुँदा पनि न राजेन्द्र पाण्डेयले नै उनलाई मन्त्री पदबाट हटाउँछन् न माओवादीका अध्यक्ष प्रचण्डले नै उनले बर्खास्त गर्छन् ।
यातायात मन्त्री भएका दाहालले नयाँ टयाक्सीको दर्ता खोलदिने हो भने यसले जनता र राष्ट्रलाई फाइदा हुन्छ तर उनी जनता र राष्ट्रलाई फाइदा हुने काम नगरी आफ्नो फाइदाका काम गरिरहेका छन् । भाडाका गाडी चढ्ने यात्रुहरुलाई यो गाडी कति वर्ष पुरानो हो भनेर थाहा हुदैँन र यातायात व्यवसायीहरु यसकै फाइदा उठाएर १७ देखि २७ वर्षसम्म पुगेका थोत्रा, पुराना र कबाडी गाडी चलाएर दुर्घटना गराएर जनता मारिरहेका छन् ।
यातायात व्यवसायीहरुले जनतालाई सेवा नदिइ बढी भाडा लिएर जनता ठग्ने र थोत्रा गाडी चलाएर भिरबाट खसालेर मार्ने काम गरिरहेका छन् । यस्तो हुँदा पनि किन सरकार छ मौन । दशैँ मान्न गएकाहरु बाटोमै मर्दै आफन्त घरमा रुदैँ ।
भक्तपुर
ताजा
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





