वीरअस्पताल अगाडिका औषधि पसलमा काठमाण्डाै महानगरले डाे,जर च,लायाे
काठमाण्डाै = काठमाण्डाै महानगरपालिकाले वीर अस्पताल अगाडि सञ्चालन हुँदै आएका फार्मेसीमा डोजर चलाएको छ । महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचना माथि आज बिहीवार दिउँसो डोजर चलाएको हो ।
अनधिकृत संरचना हटाउन आज सम्म समय दिए पनि नहटाएकाेले डोजर चलाउनु परेको महानगरपालिकाले जनाएको छ । फार्मेसी सञ्चालन भएका ठाउँ बगैँचा पार्क बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइए पछि महानगरले डोजर चलाएको छ ।
नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइए पछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सूचना जारी गरेको थियो । तर सूचनाको बेवास्ता गरेर नहटाएकाले डोजर लगाएर खाली गर्न सुरु गरेको महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनु भयो ।
काठमाण्डौ महानगरपालिकाले गएकाे भदौ ६, गते देखि सडक मिचेर बनेका संरचना र पसललगायतका संरचना ह टाउँदै आएको छ ।