बल्ल बालेनको पक्षमा हर्क साम्पाङले गरे खुलेरै प्रशंसा, झनै पलायो नयाँ आशा …

२०७९ आश्विन ६ गते, बिहीबार

काठमाडौँको फोहोर नउठेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ब्यंग्य गर्दै सामाजिक संजालमा लेखे, ‘काठमाडौँको फोहोर उठ्न पनि म काठमाडौँ जान पर्ने भयो ।’

 

 

मेयर साम्पाङ कार्यालयको काम लिएर काठमाडौँ आएका बेलामा महानगरपालिकाले केही मात्र फोहोर उठाएको थियो । त्यही विषयलाई लिएर हर्कले ब्यंग्य गरेका थिए ।

 

 

उनको उक्त स्टाटसले निकै आलोचित बनायो । त्यसको जवाफमा बालेनले ‘तपाईँको चुनाव चिन्ह लौरोका कारण मैले चुनाव जितेको’ भन्दै जवाफ फर्काए । त्यसपछि बालेन विरुद्ध हर्क साम्पाङले लामो समय सस्टाटस वर्षा गराएका थिए ।यही कारण काठमाडौँ र धरानबीच एकखालको द्वन्द सृजना भएको विश्लेषण हुन थाल्यो ।

 

 

 

त्यसपछि काठमाडौँमा बालेनले फोहोर तह लगाए भने हर्कले धरानमा श्रमदानबाट पानी पुर्याए । यता बालेनको डोजरले अबैध संरचना भत्काउन थालेपछि चर्चा ह्वात्तै चुलियो भने उता हर्कले पनि बृक्षरोपण गर्दै धरानलाई हरियाली बनाउने अभियान चलाए ।

 

 

 

बालेनको कामलाई प्रसंसा गर्दै हर्कले एउटा स्टाटस लेखेका छन् । झट्ट हेर्दा बालेनको स्टाटस एक सुरक्षाकर्मीमा केन्द्रीत भएको देखिएपनि उनले बालेनको कामलाई प्रसंसा गरेका हुन् ।

 

 

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘सुरक्षा निकाय फितलो भयो भने राज्य कमजोर हुन्छ ! यी व्यक्तिको काम गराइ मलाई मन परो ! स्वाबास ।’

 

 

काठमाडौं महानगरीय प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको एउटा स्क्रिनसट फोटो शेयर गर्दै हर्कले स्वाबास भनेका हुन् । उक्त फोटोको क्याप्सनमा लेखिएको छ, ‘मेयर बालेनलाई अबैध संरचना र अबैध मान्छेहरुसंग जुधेर सहायता गर्ने, हरेक चुनौतिसंग लडेर सुरक्षा दिने र सफल बनाउने काठमाडौं महानगरीय प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे ज्युलाई उच्च सम्मान ।’

 

 

उनका यो स्टाटसले बालेनले काठमाडौँमा राम्रो काम गरेको भन्दै समर्थन र प्रसंसा गरेको अर्थ लागेको छ ।

 

213 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal