बल्ल बालेनको पक्षमा हर्क साम्पाङले गरे खुलेरै प्रशंसा, झनै पलायो नयाँ आशा …

२०७९ आश्विन ६ गते, बिहीबार

काठमाडौँको फोहोर नउठेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ब्यंग्य गर्दै सामाजिक संजालमा लेखे, ‘काठमाडौँको फोहोर उठ्न पनि म काठमाडौँ जान पर्ने भयो ।’

 

 

मेयर साम्पाङ कार्यालयको काम लिएर काठमाडौँ आएका बेलामा महानगरपालिकाले केही मात्र फोहोर उठाएको थियो । त्यही विषयलाई लिएर हर्कले ब्यंग्य गरेका थिए ।

 

 

उनको उक्त स्टाटसले निकै आलोचित बनायो । त्यसको जवाफमा बालेनले ‘तपाईँको चुनाव चिन्ह लौरोका कारण मैले चुनाव जितेको’ भन्दै जवाफ फर्काए । त्यसपछि बालेन विरुद्ध हर्क साम्पाङले लामो समय सस्टाटस वर्षा गराएका थिए ।यही कारण काठमाडौँ र धरानबीच एकखालको द्वन्द सृजना भएको विश्लेषण हुन थाल्यो ।

 

 

 

त्यसपछि काठमाडौँमा बालेनले फोहोर तह लगाए भने हर्कले धरानमा श्रमदानबाट पानी पुर्याए । यता बालेनको डोजरले अबैध संरचना भत्काउन थालेपछि चर्चा ह्वात्तै चुलियो भने उता हर्कले पनि बृक्षरोपण गर्दै धरानलाई हरियाली बनाउने अभियान चलाए ।

 

 

 

बालेनको कामलाई प्रसंसा गर्दै हर्कले एउटा स्टाटस लेखेका छन् । झट्ट हेर्दा बालेनको स्टाटस एक सुरक्षाकर्मीमा केन्द्रीत भएको देखिएपनि उनले बालेनको कामलाई प्रसंसा गरेका हुन् ।

 

 

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘सुरक्षा निकाय फितलो भयो भने राज्य कमजोर हुन्छ ! यी व्यक्तिको काम गराइ मलाई मन परो ! स्वाबास ।’

 

 

काठमाडौं महानगरीय प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको एउटा स्क्रिनसट फोटो शेयर गर्दै हर्कले स्वाबास भनेका हुन् । उक्त फोटोको क्याप्सनमा लेखिएको छ, ‘मेयर बालेनलाई अबैध संरचना र अबैध मान्छेहरुसंग जुधेर सहायता गर्ने, हरेक चुनौतिसंग लडेर सुरक्षा दिने र सफल बनाउने काठमाडौं महानगरीय प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे ज्युलाई उच्च सम्मान ।’

 

 

उनका यो स्टाटसले बालेनले काठमाडौँमा राम्रो काम गरेको भन्दै समर्थन र प्रसंसा गरेको अर्थ लागेको छ ।

 

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal