करोडौं खाएर फरार भएका लेखक काठमाडौंमा लुकिछिपी बस्दै “छोराको रगत खान्छु, पैसा दिन्छु” भन्दै टाल्दै, तत्काल पक्राउ गर्न अदालतको पक्राउ पूर्जि जारी
काठमाडौं । बर्दियामा मात्र नभएर नेपालगञ्ज लगायत काठमाडांैका साथीहरुको समेत अन्दाजी १ करोड भन्दा बढी पैसा खाएर दिपक लेखक अहिले काठमाडौंको पासिकोट र ससुरालीमा लुकिछिपी बस्दै आएका छन् । उनी ससुरालीबाट विहानै जाने र पासिकोटमा लुक्ने र साँझ ८ बजेपछि मात्र आउने गरेको समाचार प्राप्त भएको छ ।
पीडितलाई “छोराको रगत खान्छु” तिम्रो पैसा दिन्छु र जग्गा पनि पास गरिदिन्छु भन्दै पटक पटक फोन गरेर समाचार हटाइ दिनु भन्दै ९८६८०६००३६ बाट ५०औं पटक फोन गरे पछि पीडितले अनलाइनबाट समाचार हटाउन बाध्य भएको थियो । पुनः असोज ४ गते भोलि पैसा खातामा आउँछ समाचार प्रकाशित नगरिदिनु भन्दै अनुनय बिन्ती गरे । तर पीडितले अहिलेसम्म न पैसा पाए, न जग्गा नै पाए ।
काठमाडौं बस्ने उनी (मोबाइल नं।.९८६८०६००३६, ९८४९०३४७३६ र ९८४९२७०४६० सधै स्वीच अफ) हुने गरेको छ । आफूलाई पर्दा मात्र फोन ‘अन’ गर्ने नत्र सदैव फोन अफ हुने गरेको छ ।
त्यसैगरी लेखकले राजापुर स्थायी घर भई हाल कृषि विकास बैंक काठमाडौंमा कार्यरत एकजना भट्टराई थरका व्यक्तिसँग पनि डेढ लाख लिएर चेक र नागरिकता दिएका रहेछन् । तर उनको पनि चेक साटिएन ।
निज लेखकले म कार्यकारी सम्पादक रहेको यस अनलाइनलाई फोन गरेर ‘समाचार प्रकाशन नगरिदिनु मेरो त बेइज्जत हुन्छ, चुनाव आउन लाग्यो मैले कसरी राजापुरमा मुख देखाउने’ भनेर अनुनय विन्ती गरिरहेका थिए ।
उता, एकजना राजापुरकै साथी (वकिल) भदौ ८ गते फोन गरेर मेरो त यसले बेइज्जत ग¥यो सम्झाइदे न पनि भन्न भ्याएछन् । १–२ दिनमा म पैसा दिन्छु के कसरी हुन्छ सम्झाइदिनु भनेका रहेछन् ।
त्यतिमात्र कहाँ हो र ? सानैदेखि निज लेखकलाई पालन पोषण गरेर हुर्काएका आफन्तको समेत पैसा खाएर अहिले उनी सम्पर्क विहीन भएका छन् । सूत्रका अनुसार निज लेखकको श्रीमती निती सेढाईले समेत उनीहरुको फोन नउठाउने गरेको पाइएको छ । बर्दिया राजापुर नगरपालिका वडा नं. ४ मा रहेको घर समेत ५२ लाखमा तात्कालीन वडा अध्यक्ष रमम कुमार रेग्मीलाई बेचेर त्यो पैसा अरुलाई ऋण नतिरी आफ्नो श्रीमती नीति सेढाई ( फोन नं..९८५१२११४४९) लाई दिएको बुझुनमा आएको छ ।
पीडितका अनुसार नेपाल बैंक लिमिटेड राजापुर शाखाको १० लाखको चेक उनको ‘बाउन्स’ भइसकेको र “कालोसूची” मा समेत परिसकेको छ । “सम्बन्ध विच्छेद” को नाटक गरेर आफ्नो श्रीमान्लाई काठमाडौंको पासिकोटमा र माइतमा लुकाउन सफल उनकी श्रीमतीले पीडितको मोबाइल नम्बर “ब्ल्याक लिष्ट”मा राखेकी छन् ।
एकजना गरीब किसान सिताराम थारुको १२ लाख लिएर जग्गा पास नगरेपछि ऋण तिर्नकै लागि उनी भारत पलायन भएका छन् । निज दिपक लेखकले साउन २९ गते म आउँछु जग्गा पास गरिदिन्छु भनेर फोन त गरेका रहेछन् तर उनी बर्दिया राजापुर गएनन् । पीडित किसानले अरुसँग पैसा सापट मागेर निजलाई पैसा दिएका रहेछन् । अन्ततः न उनले जग्गा पाए, न पैसा नै पाए । त्यतिमात्र होइन जिल्ला अदालत काठमाडौंमा समेत उनको चेक बाउन्सको मुद्धा परेको र उनी अझै सम्म उपस्थित नभएको बुझ्नमा आएको छ । निज लेखक ३ चोटी अदालतको मानमर्दनलाई स्वीकार नगरी लुकिपिछ बसेका छन् । यही भदौ २८ गते उनलाई सम्मानित काठमाडौं जिल्ला अदालतले १५ दिनभित्र उपस्थित नभए राष्ट्रिय दैनिकमा पत्रिकामा पक्राउ पूर्जिको सूचना प्रकाशित गरी पक्राउ गर्न आदेश दिएको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





