कुवेत टावरमा पहिलो पटक फहरायो नेपालकाे राष्ट्रिय झण्डा,

२०७९ आश्विन ४ गते, मंगलवार

कुवेत सिटीको कुवेत टावरमा पहिलो पटक नेपाली झण्डा फहराएको छ ।

कुवेतमा रहेको नेपाली दूतावासका अनुसार नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव तथा संविधान दिवसको अवसरमा सोमबार कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा विद्युतीय माध्यममार्फत फहराएको हो ।

कुवेत टावरमा विद्युतीय माध्यममार्फत कुवेत र नेपालको राष्ट्रिय झण्डा सँगै प्रस्तुत गरिएको थियो ।

त्यहाँ रहेको नेपाली दूतावासको पहलमा कुवेतको परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा नेपाली राष्ट्रिय झण्डा पहिलो पटक कुवेत टावरमा प्रस्तुत गर्न सफल भएको दूतावासले जनाएको छ ।

नेपालीहरु कार्यरत देशको टावरमा नेपाली झण्डालाई विद्युतीय माध्यममार्फत प्रस्तुत गर्न पाउँदा कुवेतमा रहेका सबै नेपालीले खुसी र गौरवको अनुभूति गरेको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कुवेत र नेपालबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध आउँदा दिनमा पनि थप सुदृढ हुँदै जानेमा दूतावासले विश्वास व्यक्त गरेको छ ।

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal