कात्तिक देखि वाग्मतीमा सफापानी धाप परियोजनाको ९८, प्रतिशत काम सकियो।
काठमाण्डाै : वाग्मती धाप परियोजनाको ९८, प्रतिशत काम सकिएसँगै आउँदाे कात्तिकदेखि वाग्मती नदीमा सफा पानी बग्ने भएको छ । काठमाण्डाै उपत्यकाकै आकर्षक वाग्मती धाप परियोजनाको ९८,प्रतिशत काम सकिएको हो ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर १,मा पर्ने वाग्मती धाप परियोजनामा जम्मा गरिएको पानी आउँदाे असोज २९,गतेपछि वाग्मती नदीमा पठाउने तयारी भइरहेको छ ।
समुद्री सतह देखि दुई हजार ८०, देखि ९०, मिटरको उचाइमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मानिएकाे छ । साथै यो धाप नेपालमै पहिलो सीएफ आरडी ड्याम पनि हो । उपत्यकाको उत्तरपश्चिम चुचुरो मूलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५, करोड रुपैयाँ हो । यो ताल आठ हेक्टर अर्थात १५८, रोपनीमा फैलिएको छ । सन् २०१५, देखि ड्यामको काम सुरु गरिएको थियो ।
यो धापमा २४, मिटर अग्लो बाँध हुने र बाँधमा वर्षायाममा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी सङ्कलन गरिनेछ । यो क्षेत्र आफैँमा धाप क्षेत्र पनि हो । निर्माण हुँदै गरेको धाप बाँधबाट सुक्खायाममा प्रतिसकेण्ड ४०, लिटरका दरले वाग्मतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ ।
ढ,लको व्यवस्थापन प्रभावकारी हुनसके र सँगसँगै फोहर व्यवस्थापन भएको खण्डमा यसबाट वाग्मतीको शिर देखि चोभार सम्म नै सफा पानी बग्नेछ । आयोजनाका प्रमुख इञ्जिनियर निश्चल छतकुलीले काठमाण्डाै उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिना हु दिन घट्दै गइरहेको अवस्थालाई मध्यनजर गरेर धाप निर्माण गरेको बताउनुभयो ।
उहाँले वाग्मतीमा पानीको बहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न ठाउँमा धापहरुको निर्माण गरी स्नानयोग्य बनाउने उद्देश्यले धाप निर्माण गरेको बताउनु भयो । धापबाट वाग्मतीमा पानी पठाइसके पछि पनि नुहाउन योग्य बनाउनको लागि ४, सय ५०, लिटरजति सफा पानी मिसाउनु पर्ने जायिकाको अध्ययनले देखाएको छ।
एसियाली विकास बैंकको ऋण सहयोगमा यो अभियान सुरु भएको हाे ।अहिले मुख्य ड्याम र सहायक ड्यामहरु पनि निर्माण गरी पानी जम्मा गर्न सुरु गरिएको छ । सुरुमा ८, लाख ५०, हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भने पनि अहिले त्यो भन्दा धेरै मात्रामा जम्मा गर्न सकिने कुरा अध्ययनले देखाएको छ ।
उहाँले भन्नु भयो ।गोकर्णेश्वर वडा नम्बर १, मा रहेकाे शिवपुरीनागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएको धाप हो । वाग्मतीमा पानीको बहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न ठाउँमा प्लान्टहरु बनाउनुपर्ने र प्लान्टबाट वाग्मतीमा पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउनको लागि ४५०, लिटरजति फ्रेस वाटर मिसाउनुपर्ने जायिकाको अध्ययनले देखाएकाे छ ।
अहिले २०८३, दशमलव ५, प्रतिशत जतिको हाराहारीमा पानीको लेभल पुगिसकेको छ। यसमा ८, लाख ५०, हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भने पनि त्यो भन्दा धेरै पानी उपलब्ध हुने अध्ययनले देखाएको छ ।
वाग्मती धाप आयोजना धाप क्षेत्र पर्यटन प्रवर्द्धनको लागि पनि मुख्यस्थल बन्ने अध्ययनले देखाएको प्रमुख इञ्जिनियर छतकुलीले बताउनु भयो । जसकारण पनि पर्यटनकाे गुरु योजना बनाएर नै काम अघि बढाउने तयारी भइरहेको उहाँको भनाइ छ । भ्याटबाहेक ४५ ,करोड रुपैयाँ र भ्याटसहित जोड्दा ५१,करोड रुपैयाँभन्दा बढी लागतमा धाप निर्माण सुरु गरिएको हाे । अक्टोबर १५,पछि वाग्मतीमा धापको पानी प्रवाह गर्ने योजना रहेको उल्लेख गरिएकाे छ ।
८, महिना ४०,लिटर बगाउनसक्ने अनुमान गरेर धाप निर्माण गरे पनि नाग्मती धाप निर्माण नहुँदासम्म योजना अनुसारको पानी प्रवाह गर्न नसकिने उहाँले बताउनु भयो । उहाँले वाग्मती ड्याम नबनुन्जेल सम्म ४०, लिटर मात्रै पठाउन सक्ने र सीमित पानीले अनुभव गर्नसक्ने गरेर वाग्मतीमा पानी प्रवाह नहुने बताउनु भयो । पशुपति क्षेत्र विकास कोषसँग पनि समन्वय गरेर पशुपतिनाथ मन्दिर परिसरमा वर्षको २७, दिन विशेष पर्वहरुमा ४, सय लिटर नै पानी पठाउने बारेमा सहमति भएको छतकुलीले बताउनुभयो ।
उहाँले भन्नु भयो ।पर्यटन गुरुयोजना बनाएर नै काम अघि बढाउनेछौँ । एसियाली विकास बैंकको ऋण सहयोगमा धाप ड्याम निर्माण भएको हो । भ्याटबाहेक ४५,करोड, भ्याटसहित ५१, करोड रुपैयाँ लगानी हुने भएकाे छ । ८४, प्रतिशत ऋण र बाँकी १६,प्रतिशत नेपाल सरकारले बेहोर्ने गरेर काम सुरु भएको हाे । फिल्डमा गर्नु पर्ने कामहरु प्रायजसाे सकिएको छ । अक्टोबर १५, पछि वाग्मतीमा धापको पानी प्रवाह गर्ने योजना छ । ८, महिना ४०, लिटर बगाउन सक्ने अनुमान छ ।’
प्रमुख इञ्जिनियर छतकुलीले धाप ड्याम नजिकै शिवपुरी निकुञ्ज क्षेत्रमा अर्को बाँधको अध्ययन र विस्तृत डिजाइन वातावरणीय अध्ययन भइरहेको पनि बताउनु भयो । धाप ड्याममा जम्मा भएको पानी नाग्मतीको ड्याममा जम्मा भएपछि क्रमशः पानी छोड्दै जाँदा वाग्मतीमा मिसिन्छ । यो पानीबाट विद्युत् निकाल्ने उद्देश्य रहेको छ भने वाग्मती नदीको सफाइगर्ने अभियान पनि यसैसँग जोडिएको छ । प्रस्तावित नाग्मती बाँध ९०, मिटर अग्लो हुनेछ र यसले ८०, लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्नेछ । यो बाँधबाट चार मेगावाट विद्युत् उत्पादन गर्न सकिनेछ भने त्यसले जलाधार क्षेत्र र उपत्यकामा जमिनमुनिको पानी पुनभरण गर्न ठूलो सहयोग गर्नेछ । सुन्दरीजलबाट नाग्मती ड्याम पुग्न पाँच किलोमिटर मात्र छ । यी दुई बाँधको आकर्षणले गोकर्णेश्वर नगरपालिकाको पर्यटन व्यवसाय फस्टाउने अनुमान छ ।”
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





