सरकारी रकम खर्च नै नगरि धरानमा खानेपानी, धरानवासी पानीकाे फोहोरामा रमाउँदै

२०७९ भाद्र २८ गते, मंगलवार

खानेपानीको अभाव रहेको धरानमा बजारमा अब अभाव हट्ने भएको छ ।

धरानका मेयर हर्क साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्वजनिक गर्दै श्रमदान गर्ने सबैलाई धन्यवाद दिनु भएको छ। हाम्रो सानो प्रयासले पानी ल्याउन सफल भएका छौँ, यसलाई ठूलो काम गरेको रुपमा प्रचार गर्न आवश्यक छैन ।’

उहाँले अहिले ‘खर्दु र निशानेलाई मात्रै जोडेको र सर्दु जोड्न बाँकी रहेको भन्दै सर्दुसँग झन् ठूलो पानीको फोहोरा आउने बताउनु भएको छ ।

धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि धेरैले मेयर साम्पाङलाई बधाई दिएका छन् । भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।

धरानका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले धरान बजारको सिरानसम्म अहिले पानी ल्याएको र अबको ५–६ दिनपछि बजारको बीचसम्म पुर्याइने जानकारी दिनुभयो ।

बजारको बीचमा बनाइएको ट्याङ्कीमा पाइपमार्फत ल्याइएको पानी राखिनेछ । त्यसपछि धरानवासीलाई वितरण गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३ महिनाको श्रमदान र मेहनतबाट पानी ल्याइएको हो । अहिलेसम्म यो पानीका लागि सरकारी रकम खर्च नभएको पनि उहाँले बताउनु भएको छ ।

238 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal