बालेनको वाहीवाहीमा पुजा शर्माको ‘नोट अफ डिसेन्ट’ ४९ सेकेण्डको भिडियो भयो भाइरल
केही दिन अघि काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले कार्यकालको १०० दिन पुगेको सन्दर्भमा स्पष्टिकरण दिए ।
सामान्यतयाः १०० दिन पुगेको अवसरमा आफ्ना उपलब्धीहरु सार्वजनिक हुने गरेको भएपनि बालेनले भने यसबीच भएका केही वि,वादहरुका विषयमा स्पष्टिकरण दिए ।
प्रमुख शाहले फूटपाथ, यमबुद्धको शालिक, विज्ञलााई १ करोड दिनेदेखि नर्भिक अस्पतालमा अवैध संरचना हटाउने विषयमा स्पष्टिकरण दिएका थिए ।
‘हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मूल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुन्छ’ उनले भनेका थिए ।
उनले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गरेको भन्दै त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले आफूहरुलाई फरक पार्ने बताएका थिए ।
‘मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ ।
अन्यथा, हामीले यतिका कामहरु गर्यौँ भनेर सूची बनाउँदैमा हामी सफल हुन सक्दैनौं । यसैले १०० दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केही सन्दर्भहरु सम्झिन जायज हुनेछ भन्ने लाग्छ,’ उनले उल्लेख गरेका थिए ।
यसैबीच, अहिले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह उर्फ बालेनको नेतृत्वमा भइरहेका महानगरभित्रका विकास, निर्माण, सुशासन लगायतका गतिविधीको जनस्तरबाट खुलेर वाहीवाही भइरहेको छ । केही बाहेक हरेक तह र तप्काबाट बालेनलाई दह्रो साथ र समर्थन मिलिरहेको हो ।
तर चर्चित अभिनेत्री पुजा शर्माले बालेनको वाहीवाहीमा फरक मत राखेकी छन् । उनले बालेनको वाहीवाहीलाई अस्वभाविक भनेकी छन् ।
नायिका शर्माले एक चर्चित टेलिभिजन अन्तरवार्ताका क्रममा बोलेको ४९ सेकेण्डको भिडियो क्लीप सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ ।
उक्त भिडियो क्लीपलाई लिएर बालेन समर्थकहरुले कडा टिप्पणी समेत गरेका छन् । नेपालमा कति वटा जिल्ला र अञ्चल छन् भन्ने सिकेर आउन र त्यसपछि यस्तो अभिव्यक्ती दिन भनेर धेरैले पुजालाई सुझाएका छन् ।
मेयर बालेनले जे गर्नुपर्ने हो त्यो गरेका छन्, मेयरको काम फो,होर उठाउने फो,होर उठाउने हो तर वाहीवाही किन ? हामी कहाँ छौ भन्दै अभिनेत्री शर्माले प्रश्न उठाएकी छन् ।
नेताले मेयरले विकास गर्दा समेत सक्ड हुने अवस्थामा नेपालीहरु हुनु दुःखद कुरा भएको उनको भनाई छ ।
जिम्मेवारीभित्र रहेर गर्नुपर्ने चिजलाई पनि वाहीवाही दिइराका छौ भने हामी कुन चाहि ठाउँमा छौ, शर्मा अगाडी भन्छिन्, म कलाकार होनी अभिनय गर्ने मेरो कामै होनी, जस्तो ड्राइभरले गाडी चलायो भनेर वाहीवाहीको कुनै आवश्यकता हुदैन् किनकी गाडी चलाउने उसको कामै हो ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





