बालेनले सर्वोच्च अदालतलाई दिएको जवाफ मिनेटमै छायो सामाजिक सञ्जालमा, आखिर के लेखे त्यस्तो ?

२०७९ भाद्र २४ गते, शुक्रबार

पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन साह चर्चामा शिखरमा छन् ।

ब्याक टुब्याक एक्सनमा उत्रिरहेका बालेनको चर्चा महानगरभित्रका अवैध संरचनामा धमाधम डोजर चलाउन थालेपछि थप चुलिएको हो ।

डोजर चलाउने क्रममा बालेनले दिएको अभिव्यक्तीले सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै उनीवि,रुद्धमा मु,द्धा समेत परेको थियो र सो मु,द्धामा बालेनसँग सर्वोच्चले ७ दिनभित्र लिखित जवाफ पठाउन भनेको थियो ।

यही क्रममा बालेनले सर्वोच्चलाई बालेनले लिखित जवाफ पठाएका छन् । उनले सर्वोच्चलाई पठाएको जवाफ छिनभरमै सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको छ र उनको जवाफको खुलेर प्रशंसा समेत भइरहेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको अवहेलना गरेको निवेदनमा सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन्। उनले आफ्ना कानुनी अधिकारीमार्फत् मंगलबार लिखित जवाफ बुझाएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।

अधिवक्ता दीपकराज जोसीले उनीविरूद्ध दिएको अदालतको अवहेलना निवेदनमाथि सर्वोच्चले लिखित जवाफ बुझाउन भनेको थियो। मंगलबार मेयर बालेनले बुझाएको लिखित जवाफमा आफूबाट अभिव्यक्त भएको शब्द भाषा र मनसायबाट अदालतको अवहेलना हुन नसक्ने उल्लेख छ।

‘मबाट अभिव्यक्त भएको शब्द, भाषा र मनसाय समेतबाट सम्मानित अदालतको अवहेलना हुन सक्दैन र अपहेलना वा अविश्वास पैदा गर्ने मनसायले नै अभिव्यक्त भएको पनि होइन।

सम्मानित अदालतप्रति मेरो आस्था विश्वास र अपेक्षा सदैव सम्मानित रहिरहेको कुरा दृढ विश्वाससाथ निवेदन गर्छु, मेयर बालेनको लिखित जवाफमा भनिएको छ। मेयर बालेनले संविधान प्रदत्त मौलिक हक अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गर्दै कुनै निकायका कामकारबाहीबारे बोल्नु अवहेलना नभएको जिकिर गरेका छन्।

‘उक्त मौलिक हकको अभ्यास गर्दा अदालतकोअवहेलना हुन्छ भनी अर्थ गर्नु संविधान सम्मत हुँदैन। राज्यका कुनै पनि अंग वा निकायले सम्पादन गरेको काम कारबाहीका सम्बन्धमा विचार प्रकट गरेकोमा त्यसको गलत अर्थ गरी नागरिकमा दण्डको भय उत्पन्न गर्न खोज्नु लोकतान्त्रिक मूल्य पद्धतिविपरीत हुन्छ,शाहको लिखित जवाफमा भनिएको छ।

रचनात्मक आलोचनाबाट न्यायालय अझ सुदृढ हुने उनको लिखित जवाफमा भनिएको छ। ‘वास्तवमा रचनात्मक आलोचनाबाट मात्र लोकतान्त्रिक राज्य व्यवस्थाको न्यायालय अझ बढी स्वतन्त्र, सुदृढ र जवाफदेही बन्न सक्छ भन्ने आम विश्वास छ, मेयर बालेनको लिखित जवाफमा भनिएको छ। आफ्नो अभिव्यक्तिको स्वतन्त्रतालाई संकुचन गरे महानगरवासीकै मौलिक अधिकार कुण्ठित हुन जाने पनि मेयर बालेनको सर्वोच्चलाई जवाफ छ।

‘जनप्रतिनिधि संस्थाको जवाफदेहिताका आयाम कानूनीमात्र हुँदैनन्। मैले प्रतिनिधित्व गर्ने महानगरवासी र आम नागरिकसँग सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट विचार विमर्श गर्दा मेरो जवाफदेहिताको विभिन्न आयामको सन्तुलन मिलाउनुपर्ने हुन्छ, उनको लिखित जवाफमा भनिएको छ ‘बहुआयामिक सन्तुलनमा आधारित मेरो विचार अभिव्यक्तिको स्वतन्त्रतालाई संकुचित गरिन्छ भने त्यसबाट प्रकारान्तरले महानगरवासी तथा आम नागरिकको मौलिक अधिकार कुण्ठित हुन जान्छ।’

केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो। नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो। उक्त आदेशपछि मेयर बालेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेखेका थिए।

179 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal