मेक इन इन्डिया नीतिका कारण भारतमा अत्या धुनिक ह,तियार र लडाकु विमानको कमी

२०७९ भाद्र २४ गते, शुक्रबार

मेक इन इन्डिया नीतिका कारण भारतमा अत्याधुनिक ह,तियारको भण्डारणमा कमी आएको एक रिपोर्टले दाबी गरेको छ । भारत सरकारले आत्म निर्भरताका लागि भन्दै ल्याएको मेक इन इन्डिया नीतिका कारण देश ह,तियारको क्षेत्रमा चीन र पाकिस्तानभन्दा कमजोर बन्दै गइरहेको अमेरिकी अर्थ राजनीतिक सञ्चारमाध्यम ब्लुमबर्गको रिपोर्टले देखाएको छ । 

मेक इन इन्डिया नीतिका कारण भारतीय स्थल सेना वायु सेना र नौ,सेनाले आवश्यक ह,तियार किन्न नपाएको रिपोर्टलाई उद्धृत गर्दै एनडी-टीभीले जनाएको छ । नीति नसच्याएमा सन् २०२६: सम्म भारतसँग हेलिकप्टरको समेत कमी हुने र सन् २०३० :मा भारत धेरै कमजोर बनिसक्ने खबरमा उल्लेख छ । 

सन् २०१४: मा सत्तामा आए पछि प्रधानमन्त्री नरेन्द्र मोदीले मोबाइल फोनदेखि लडाकु विमानसम्म भारतमै बनाउने भन्दै मेक इन इन्डिया नीति सार्वजनिक गर्नु भएको थियो । यसको मुख्य उद्देश्य चीनबाट आयात हुने सामान रोक्नु र विदेशी मुद्राको सञ्चिति बढाउनु थियो । तर घोषणाको आठ, वर्षसम्म भारतले देशमै अत्याधुनिक ह,तियार बनाउन सकेको छैन भने आयातमा पनि कमी आएको छ । तर पनि भारत विश्वमै सबैभन्दा धेरै हात ह,तियार खरिद गर्ने मुख्य देशको सूचीमा पर्दछ । भारतका छिमेकी देश चीन र पाकिस्तानले रक्षा बजेट र हात ह,तियारमा ठूलो लगानी गरिरहँदा भारत पछि पर्न सक्ने रक्षा विश्लेषकले बताएका छन् । 

भारतले स्थानीयस्तरमा केही ह,तियार हेलिकप्टर र लडाकु विमान बनाइरहेको छ तर डिजल पन डुब्बी र २ इन्जिनयुक्त लडाकु जहाज भने बनाउन सकेको छैन । बेङ्गलाेरमा रहेको हिन्दु स्थान एरोनटिक्स लिमिटेडसँग हरेक वर्ष जम्मा ८ वटा लडाकु विमान बनाउने क्षमता रहेको छ । 

157 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

दीपेन्द्र खड्काको नयाँ लोकदोहोरी गीत ”गुन भुल्ने मायालाई” सार्वजनिक 

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज १९औँ गणतन्त्र दिवस, भव्यरुपले मनाइँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज बजेट सार्वजनिक हुँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal