‘नेपाल नेल च्याम्पियनसीप २०२२’ आयोजना हुने

२०७९ भाद्र २३ गते, बिहीबार

काठमाडौं । नेपालमै पहिलो पटक ‘नेपाल नेल च्याम्पियनसीप २०२२’ हुने भएको छ । द जगंस्टग नेलआर्टको आयोजनामा यही भाद्र २५ गते शनिबार काठमाडौंमा ‘नेपाल नेल च्याम्पियनसीप २०२२’ हुन गइरहेको हो । सिल्भर ओके पार्टी प्यालेस गैरीधारामा आयोजना हुन गइरहेको यो च्याम्पियनसीपमा प्रथम विजेतालाई ५० हजार नगद तथा प्रमाणपत्र र पदक प्रदान गरिनुका साथै द जगंस्टग नेलआर्ट दुबई शाखामा रोजगारको व्यवस्थासमेत गरिने आयोजकले जनाएको छ । यस्तै नेपाल नेल च्याम्पियनसीप विजेताले दुबई नेल च्याम्पियनसीप २०२३को प्रतिस्पर्धामा भाग लिने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

लामो समयदेखि स्वास्थ्य र सौन्दर्यलाई ध्यानमा राख्दै नेलआर्ट, नेल एक्सटेन्सन, नेल हाइजिनमा काम गर्दै आइरहेको द जगंस्टग नेल आर्टले हाल नेपाल लगायत दुबई, साउदी, कतार लगातका मिडिल इष्ट देशमा आफ्नो शाखा विस्तार गर्न सफल भएको छ । द जगंस्टग नेलआर्टका सञ्चालक सुनिलजंग मल्लका अनुसार सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने मात्र नभएर सयौं नेपालीलाई रोजगारी समेत दिइरहेको छ । यो नेल प्याजेन्टले नेपाल र नेपाली कामलाई बिदेशी स्तरसम्म चिनाउने र फैलाउने मूल लक्ष्य तथा उद्देश्य रहेको  मल्लले बताउनुभयो ।

नेपाल नेल च्याम्पियनसीप २०२२ मा दुबई नेल च्याम्पियनसीपका निर्देशक गलिना स्पाइरलिंग, दुबई नेल च्याम्पियनसीपका निर्णयकहरू सुनिलजंग मल्ल, सरस्वती मल्ल अधिकारी र मारिया रहनुभएको छ भने फ्लोर निर्णयकमा निरज जिरेल, किरण मल्ल, सुनिता लामा र एनी निरौला रहेको आयोजकले जनाएको छ ।

196 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal