३ वर्षभित्र नेपाल बिजुलीमा आत्मनिर्भर हुन्छ : (मन्त्री भुसाल)

२०७९ भाद्र २२ गते, बुधबार

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदाे तीन वर्षमा नेपाल पूर्णरूपमा बिजुलीमा आत्मनिर्भर हुने दाबी गर्नुभएकाे छ । 

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसदमा जवाफ दिँदै मन्त्री भुसालले पछिल्लो समय तीव्ररूपमा जलविद्युतको विकास भइरहेकाले आउँदाे तीन वर्षमा देश पूर्णरूपमा बिजुलीमा आत्मनिर्भर हुने बताउनुभएको हो ।

उहाँले चालु आर्थिक वर्षमा नेपालमा बिजुलीकाे आयातभन्दा निर्यात बढी भइ नेपाल खुद विद्युत् निर्यातकर्ता देश बन्ने अवस्थामा पुगेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, पछिल्लो समय तीव्ररूपमा जलविद्युतको विकास भइरहेकाले आउँदाे तीन वर्षभित्र देश पूर्णरूपमा बिजुलीमा आत्मनिर्भर हुनेछ ।

चालु आर्थिक वर्षमा कुल विद्युत् आयातभन्दा कुल विद्युत् निर्यात बढी भइ नेपाल खुद विद्युत् निर्यातकर्ताको रूपमा पुग्ने अवस्था देखिएको छ ।’

मन्त्री भुसालले नेपालले भारतको इनर्जी एक्सेन्ज बजारमार्फत ३६४ मेगावटसम्मको बिजुली खरिद/बिक्री गर्ने गरेको बताउनुभयो ।

उहाँले विद्युत् प्राधिकरणले भारतमा निर्यात हुने बिजुली भारु ५ रुपैयाँ ७१ पैसा प्रति युनिटमा बेचिरहेको बताउनुभयो । बिजुली निर्यातले भारतसँगको व्यापार घाटा कम गर्ने र नेपालीको विदेशी मुद्रा सञ्चितिमा थप योगदान पुग्ने उहाँकाे भनाइ छ । 

मन्त्री भुसालले नेपालले वार्षिकरूपमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न पाँच वर्षमात्रै बाँकी रहेको बताउनुभयो ।

उहाँले अहिलेसम्म बिजुली खरिद/बिक्री सम्झौता र बिजुली उत्पादनको अवस्था हेर्दा पाँच वर्षमा त्याे लक्ष्य पूरा गर्न कठिन रहेको उल्लेख गर्नुभयाे ।

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal