३ वर्षभित्र नेपाल बिजुलीमा आत्मनिर्भर हुन्छ : (मन्त्री भुसाल)

२०७९ भाद्र २२ गते, बुधबार

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदाे तीन वर्षमा नेपाल पूर्णरूपमा बिजुलीमा आत्मनिर्भर हुने दाबी गर्नुभएकाे छ । 

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसदमा जवाफ दिँदै मन्त्री भुसालले पछिल्लो समय तीव्ररूपमा जलविद्युतको विकास भइरहेकाले आउँदाे तीन वर्षमा देश पूर्णरूपमा बिजुलीमा आत्मनिर्भर हुने बताउनुभएको हो ।

उहाँले चालु आर्थिक वर्षमा नेपालमा बिजुलीकाे आयातभन्दा निर्यात बढी भइ नेपाल खुद विद्युत् निर्यातकर्ता देश बन्ने अवस्थामा पुगेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, पछिल्लो समय तीव्ररूपमा जलविद्युतको विकास भइरहेकाले आउँदाे तीन वर्षभित्र देश पूर्णरूपमा बिजुलीमा आत्मनिर्भर हुनेछ ।

चालु आर्थिक वर्षमा कुल विद्युत् आयातभन्दा कुल विद्युत् निर्यात बढी भइ नेपाल खुद विद्युत् निर्यातकर्ताको रूपमा पुग्ने अवस्था देखिएको छ ।’

मन्त्री भुसालले नेपालले भारतको इनर्जी एक्सेन्ज बजारमार्फत ३६४ मेगावटसम्मको बिजुली खरिद/बिक्री गर्ने गरेको बताउनुभयो ।

उहाँले विद्युत् प्राधिकरणले भारतमा निर्यात हुने बिजुली भारु ५ रुपैयाँ ७१ पैसा प्रति युनिटमा बेचिरहेको बताउनुभयो । बिजुली निर्यातले भारतसँगको व्यापार घाटा कम गर्ने र नेपालीको विदेशी मुद्रा सञ्चितिमा थप योगदान पुग्ने उहाँकाे भनाइ छ । 

मन्त्री भुसालले नेपालले वार्षिकरूपमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न पाँच वर्षमात्रै बाँकी रहेको बताउनुभयो ।

उहाँले अहिलेसम्म बिजुली खरिद/बिक्री सम्झौता र बिजुली उत्पादनको अवस्था हेर्दा पाँच वर्षमा त्याे लक्ष्य पूरा गर्न कठिन रहेको उल्लेख गर्नुभयाे ।

110 Views

ताजा

विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता

२०८२ असार २२ गते, आईतवार

विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता

२०८२ असार २२ गते, आईतवार

विद्यालय शिक्षा विधेयकः समाधान गर्न सरकारलाई थप ५ दिनको म्याद

२०८२ असार २२ गते, आईतवार

नाउपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

२०८२ असार २२ गते, आईतवार

तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानद्वारा सम्मान

२०८२ असार २२ गते, आईतवार

अन्तरघात भएको भन्दै कांग्रेसको अनुशासन समितिमा उजुरीको चाङ

२०८२ असार २२ गते, आईतवार

अफ्ताब अलाम काण्डः बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए

२०८२ असार २२ गते, आईतवार

‘तीज आयो साथी संगी’ भन्दै सुशीला

२०८२ असार २२ गते, आईतवार

सभापति खतिवडाले मनपरी गरेको कांग्रेस सांसद थानीको आरोप

२०८२ असार १८ गते, बुधबार

एमाले सांसद राईद्वारा सभापति खतिवडाको राजीनामा माग

२०८२ असार १८ गते, बुधबार

पूर्वराष्ट्रपति भण्डारीद्वारा सबै सरकारी सेवासुविधा फिर्ता

२०८२ असार १८ गते, बुधबार

लोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal