सङ्घीयता, गणतन्त्र माथिकाे प्रहारबाट चिन्तित छु चुनाव लगत्तै सडकमा जान्छु प्रचण्ड

२०७९ भाद्र १९ गते, आईतवार

काठमाण्डाै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनाव लगत्तै आफू सडक सङ्घर्षमा जाने घोषणा गर्नुभएको छ । निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै देशलाई रूपान्तरण गर्न आफू चुनावपछि लगत्तै सडक सङ्घर्षमा जाने उहाँको भनाइ थियो । 

आइतवार काठमाण्डाैमा आयोजित समाजवादको नेपाली मार्गचित्र विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले सङ्घीयता गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको र त्यसको निकासका लागि चुनाव लगत्तै आफू र आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने योजना आफूले पार्टीभित्र तय गरिसकेको बताउनुभयो । उहाँले भन्नु भयाे अहिलेको निर्वाचन प्रणाली बदल्नै पर्छ । यो मेसिनरीले पार्टी नेताहरूलाई पनि भ्रष्टीकरणको बाटोमा पुर्‍याउँछ ।

देशलाई अघि बढाउन कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित शासन प्रणाली हुुनुपर्दछ । हामी प्रदेश र सङ्घको चुनावकाे सङ्घारमा छौँ । अहिले सबैभन्दा बढी छटपटी र चिन्तित पनि म छु । सङ्घीयता र गणतन्त्रमाथि जसरी प्रहार भइराखेको छ । विभिन्न नाम र कोणबाट यो परिवर्तनलाई निस्तेज पार्ने र यो परिवर्तनको नेतृत्व गर्ने आफ्नो पार्टी र नेतृत्वलाई निस्तेज गर्ने क्रम चलिराखेको छ । हेर्नु होला चुनावपछि म यो प्रणाली बदल्नका लागि सडकमा जान्छु कुनै विकल्प छैन ।

अध्यक्ष प्रचण्डले समाजवादको यात्रालाई सुनिश्चित गर्नका लागि आफूले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरेको तर त्यो टिक्न नसकेको पनि स्मरण गराउनुभयो । उहाँले एक वर्षभित्र देशमा आफू नेतृत्वको सडक सङ्घर्ष हुने र त्यसले देशमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याइ राजनीति क्षेत्रमा देखिएका सबै विकृति र विसङ्गतिको अन्त्य हुने दाबीसमेत गर्नुभयो । त्यसका लागि कम्युनिस्ट पार्टीहरूबीच एकता गरेर अघि बढ्ने उहाँकाे भनाइ थियाे । 

अध्यक्ष प्रचण्डले संसद् विघटन हुँदा भएको सडक आन्दोलनकै कारण त्यसको पुनर्स्थापना गर्न आफूहरू बाध्य भएको भनेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले स्वीकार गरेको स्मरण गराउँदै आफूहरू त्यही आन्दोलनकै बाटोबाट अघि बढ्ने बताउनुभयाे ।

203 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal