एमालेले हार्ने निश्चित छ – सभापति पुन

२०७९ भाद्र १२ गते, आईतवार

वुटवल । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले स्थानीय तहको सिटको आधारमा आगामी चुनावमा नेकपा (एमाले) ले हार्ने निश्चित भएको ठोकुवा गरेका छन् ।
बिहीबार बुटवलमा आयोजित साक्षात्कारमा पुनले मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन दलहरुले सांगठनिक हैसियतका आधारमा सिट बाँडफाँट गर्नुपर्नेमा जोड दिए । उनले दलहरुको हैसियतको आधारमा सिट बाँडफाँट गरे जित हासिल गर्न सकिने दाबी गरे । स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँट व्यावहारिक नभएकाले कांग्रेसले प्रदेशमा धेरै सिट गुमाएको उनको भनाई छ । रोल्पा र रुकुमलाई संकेत गर्दै उहाँले ती क्षेत्रमा नेकपा (माओवादी केन्द्र) ले ६० प्रतिशत र कांग्रेसले ४० प्रतिशत भागबण्डा गरेर आगामी चुनावमा गठबन्धनमा जान आफूहरु तयार रहेको पनि बताउनुभयो । सभापति पुनले स्थानीय निर्वाचनमा दलहरुले आफ्नो हैसियतभन्दा बढी मागेकाले गठबन्धनको पक्षमा सोचेजस्तो परिणाम आउन नसकेको पनि बताए । ‘हामी त जहाँ पनि लचक थियौं तर अरु पार्टीले हाम्रो लचकतालाई बेवास्ता गरे त्यसैले परिणाममा केही समस्या भयो’ उनले भने ‘आगामी निर्वाचनमा कुन दलको त्यहाँको अवस्था के छ त्यो बुझ्न सकिएन र पुरानै मापदण्ड बनाइयो भनें त्यसले कांग्रेसलाई मात्र नभएर गठबन्धनलाई नै घाटा हुन्छ ।’


उनले कांग्रेसको पक्षमा वातावरण बनेकाले कांग्रेसको विकल्प जनताले नसोचेको पनि बताए । ‘कांग्रेसले हरेक समयमा देश र जनताको लागि काम गरेको छ त्यसैले पनि जनताले रुचाएका छन्’ उनले भने ‘कांग्रेसले शुक्रबारबाट सुरु गरेको अभियानले पार्टीमा देखिएका अन्तरद्धन्द्धलाई व्यवस्थापन गर्दै गठबन्धनका दलसँग सहकार्यको खाका पनि तयार गर्छ ।’

211 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal