प्रचण्डले दिएको भन्दा बढी भाग ओलीले देउवालाई दिने

२०७९ भाद्र १२ गते, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको छ ।


लामो समयपछि देउवा र ओलीको औपचारिक भेटवार्ता भएको हो । समाचारस्रोतका अनुसार ओलीले देउवालाई प्रचण्डसँगको गठबन्धन टुटाउन आग्रह गरेका थिए । ओलीले प्रचण्डले गठबन्धनमा धेरै सिट मागेकाले त्योभन्दा बढी अर्थात् ५१ प्रतिशत नै दिने पनि बताएका थिए । ओली नेकपा (माओवादी केन्द्र) लाई गठबन्धनबाट टुटाउन चाहन्छन् । गठबन्धन भएपछि एमालेको पक्षमा मत कम आउँछ भन्ने बुझेका उनले जसरी भए पनि प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) लाई कमजोर पार्ने योजना बनाएका छन् त्यसका लागि ओलीले जोसँग जस्तो पनि सम्झौता गर्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) ले गठबन्धनमा धेरै सिट खोजिरहेको छ यसले गर्दा अरु दल पनि धेरै भाग माग्ने अवस्थामा पुगेका छन् । नेकपा (माओवादी केन्द्र) लाई गठबन्धनबाट अलग्याइएपछि एमालेसँग मिल्न आउने ओलीले बुझेका छन् । नेकपा (माओवादी केन्द्र) एक्लै चुनावी प्रतिस्पर्धामा जानुभन्दा पनि अरुसँग मिलेर गए फाइदा हुने निश्कर्षमा पुगेको छ । ओलीले राजनीतिक रुपमा कांग्रेस र सभापति देउवालाई भन्दा पनि प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रमुख दुश्मनका रुपमा हेर्दै आएका छन् । ओलीले आफूलाई हटाएर देउवा प्रधानमन्त्री हुँदा पनि देउवाको खासै विरोध गरेका छैनन् । हिजो प्रधानमन्त्री रहेका बेला ओलीले संविधानविपरीत काम गर्दा पनि देउवाले ओलीको विरोधमा बोलेका थिएनन् त्यसैले पनि सजिलै बुझिन्छ कि ओली र देउवाबीच भित्री कुरामा लेनदेन छ । ओलीले गरेका गलत काममा देउवा नबोल्दा पार्टीले देउवालाई बोल्न बाध्य बनाएको थियो । आगामी निर्वाचनम पनि ओली र देउवाबीच आन्तरिक सेटिङ हुँदा एक अर्काले कमजोर उम्मेदवार बनाएर आफू र आफ्ना मान्छे जित्ने रणनीति नबनाउलान् भन्न सकिँदैन ।


दुई ठूला पार्टीका प्रमुख नेताहरु भएकाले उनीहरु आफ्नो व्यक्तिगत फाइदाका लागि पार्टीलाई घाटा लाग्ने काम पनि गर्न सक्छन् । वालुवाटारमा भएको भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र उपमहासचिव विष्णु पौडेल पनि सहभागी थिए । सञ्चारमन्त्री कार्कीका अनुसार भेटमा ओलीले निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको विषयमा पनि जिज्ञासा राखेका थिए । झण्डै डेढ घण्टा भएको भेटमा प्रधानमन्त्री देउवाले ओलीले उठाएका विषयमा सकारात्मक जवाफ दिएका थिए । भेटमा देउवाले पार्टीका खास मान्छेलाई पनि बाहिर राखेर ओलीसँग कुरा गरेका थिए । सञ्चारमन्त्री कार्कीलाई बस्ने अवसर दिएका देउवाले पार्टी प्रवक्ता प्रकाशशरण महतलाई पनि बाहिरै राखेका थिए ।

81 Views

ताजा

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

गायिका एलिनाले कसिन सापकोटासँग लगनगाँठो

२०८१ बैशाख ५ गते, बुधबार

छ छक्का प्रहार गरेर विश्व हल्लाएका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

२०८१ बैशाख ५ गते, बुधबार

पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन

२०८१ बैशाख ५ गते, बुधबार

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौं विश्वको दोस्रो प्रदुषित शहर

२०८१ बैशाख ४ गते, मंगलवार

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

२०८१ बैशाख ४ गते, मंगलवार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal