प्रचण्डले दिएको भन्दा बढी भाग ओलीले देउवालाई दिने

२०७९ भाद्र १२ गते, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको छ ।


लामो समयपछि देउवा र ओलीको औपचारिक भेटवार्ता भएको हो । समाचारस्रोतका अनुसार ओलीले देउवालाई प्रचण्डसँगको गठबन्धन टुटाउन आग्रह गरेका थिए । ओलीले प्रचण्डले गठबन्धनमा धेरै सिट मागेकाले त्योभन्दा बढी अर्थात् ५१ प्रतिशत नै दिने पनि बताएका थिए । ओली नेकपा (माओवादी केन्द्र) लाई गठबन्धनबाट टुटाउन चाहन्छन् । गठबन्धन भएपछि एमालेको पक्षमा मत कम आउँछ भन्ने बुझेका उनले जसरी भए पनि प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) लाई कमजोर पार्ने योजना बनाएका छन् त्यसका लागि ओलीले जोसँग जस्तो पनि सम्झौता गर्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) ले गठबन्धनमा धेरै सिट खोजिरहेको छ यसले गर्दा अरु दल पनि धेरै भाग माग्ने अवस्थामा पुगेका छन् । नेकपा (माओवादी केन्द्र) लाई गठबन्धनबाट अलग्याइएपछि एमालेसँग मिल्न आउने ओलीले बुझेका छन् । नेकपा (माओवादी केन्द्र) एक्लै चुनावी प्रतिस्पर्धामा जानुभन्दा पनि अरुसँग मिलेर गए फाइदा हुने निश्कर्षमा पुगेको छ । ओलीले राजनीतिक रुपमा कांग्रेस र सभापति देउवालाई भन्दा पनि प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रमुख दुश्मनका रुपमा हेर्दै आएका छन् । ओलीले आफूलाई हटाएर देउवा प्रधानमन्त्री हुँदा पनि देउवाको खासै विरोध गरेका छैनन् । हिजो प्रधानमन्त्री रहेका बेला ओलीले संविधानविपरीत काम गर्दा पनि देउवाले ओलीको विरोधमा बोलेका थिएनन् त्यसैले पनि सजिलै बुझिन्छ कि ओली र देउवाबीच भित्री कुरामा लेनदेन छ । ओलीले गरेका गलत काममा देउवा नबोल्दा पार्टीले देउवालाई बोल्न बाध्य बनाएको थियो । आगामी निर्वाचनम पनि ओली र देउवाबीच आन्तरिक सेटिङ हुँदा एक अर्काले कमजोर उम्मेदवार बनाएर आफू र आफ्ना मान्छे जित्ने रणनीति नबनाउलान् भन्न सकिँदैन ।


दुई ठूला पार्टीका प्रमुख नेताहरु भएकाले उनीहरु आफ्नो व्यक्तिगत फाइदाका लागि पार्टीलाई घाटा लाग्ने काम पनि गर्न सक्छन् । वालुवाटारमा भएको भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र उपमहासचिव विष्णु पौडेल पनि सहभागी थिए । सञ्चारमन्त्री कार्कीका अनुसार भेटमा ओलीले निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको विषयमा पनि जिज्ञासा राखेका थिए । झण्डै डेढ घण्टा भएको भेटमा प्रधानमन्त्री देउवाले ओलीले उठाएका विषयमा सकारात्मक जवाफ दिएका थिए । भेटमा देउवाले पार्टीका खास मान्छेलाई पनि बाहिर राखेर ओलीसँग कुरा गरेका थिए । सञ्चारमन्त्री कार्कीलाई बस्ने अवसर दिएका देउवाले पार्टी प्रवक्ता प्रकाशशरण महतलाई पनि बाहिरै राखेका थिए ।

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal