एक मिनेटमै डिलिट भएको बालेनकी श्रीमतीको त्यो हाइकु के थियाे तेस्ताे ?

२०७९ भाद्र ७ गते, मंगलवार

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विचको जु,हारीले दुई दिन सामाजिक संजाल धेरैनै तरंगित भयो । मिल्छन् होला भनेका स्वतन्त्रहरुनै आपसमा जु,ध्न थाले पटि समर्थकहरुनै खिन्न भएका थिए ।

धरानका मेयर हर्कले म काठमाडौँ आए पछि फो,होर उठ्न थाल्यो भनेर लेखेपछि काठमाडौँका मेयर बालेन शाहले आफुले चुनावनै हर्कको लौरो चिन्हले जितेको भन्दै व्यग्यात्मक कमेन्ट लेखेपछि विवाद पेचिलो भएको थियो । अहिले विस्तारै दुवै जना कुल हुँदै गएका छन्।

साम्पाङले लगातार एक पछि अर्को स्टाटसको बर्षा मात्रै गराएनन् फेसबुकमै लाइभ आएर पनि बालेन वि,रुद्ध खनिएका थिए यति सम्मकी बालेनले कुनै संघर्षनै नगरेको र हावामा र्याप गाएको भरमा मेयर बनेको समेत आ,रोप उनले लगाएका थिए ।

हर्क र बालेनको जुहारीको विचमा बालेनकी श्रीमती सविना काफ्ले समेत इन्ट्री भएकी थिइन् ।धरानका मेयर हर्क साम्पाङले बालेन माथी लगातार स्टाटसको बर्षा गराए पछि बालेनकी श्रीमती सविना काफ्ले पनि यो खेलमा इन्ट्री गरेकी थिइन् । उनले हर्क साम्पाङलाई लक्षित गर्दै आफ्नो सामाजिक संजालमा एक हाइकु लेखेकी थिइन् ।

आफ्नो सामाजिक संजाल फेसबुकमा बालेनी श्रीमती सविना काफ्ले हर्क साम्पाङलाई लक्षित गर्दै हाइकु लेखेकी थिइन् उनले लेखेकी थिइन (‘हलुको सोच , पखेटा भाको चिल गुरुङ्गो ढुंगो ‘। बालेनकी श्रीमतीले यस्तो लेखेको एक मिनेटमै संजालबाट डिलेट गरेकी थिइन् ।

बालेनकी श्रीमतीले हर्क साम्पाङ लक्षित लेखेको हाइकु तुरन्त डिलिट गरेकी थिइन् । उनले यस्तो प्रकारको हाइकु लेख्ने वित्तिकै सामजिक संजाल प्रयोगकर्ताहरुले हर्क र बालेनको जु,हारीमा उनको श्रीमतीको इन्ट्री भएको भन्दै कमेन्ट गर्न थालेका थिए त्यस लगत्तै उनले आफ्नो वालबाट उक्त पोष्टलाई डिलिट गरेकी थिइन। हाइकु डिलिट गरे पछि उनले एकै छिनमा कविता पोष्ट गरेकी छिन् ।

यसै विच हर्क र बालेनको जुहारीका बिषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले पनि मुख खोलेको छन् ।

यस बिषयमा रवि लामिछानेले भने फरक खालको प्रतिक्रिया दिएका छन् । कसैले बालेन ठिक त कसैलै हर्क ठिक भनिरहेका बेला रविले भने विल्कुलै फरक खालको प्रतिक्रिया दिएका छन् ।

बालेर र हर्क साम्पाङ विचको जुहारीका बिषयमा बोल्दै रविले यो बाहिर हल्ला गरिए जस्तो सिरियस बिषय नभएको भनेका छन् । यो कुनै ठूलो कुरा नभएर सामान्य नाकेझोक मात्रै भएको उनले भनेका छन् । यस्ता नोकझोकले नराम्रो होइन राम्रो परिणाम दिने छ ।

यसलाई नकारात्मक रुपमा लिनै नमिल्ने भन्दै उनले यसमा विकासमा बारेमा, काममा बारेमा आ आफ्ना धारणा मात्रै बालेन र हर्कले राखेको जिकिर लामिछानेले गरेका छन् । सरसल्ला हुन्छ, सामान्य नोकझोक चल्छ यो एकदमै सामान्य कुरा हो रविले भनेका छन् ।

कतिपयले सानो कुरालाई पनि ठूलो बनाएर हल्ला गरिरहको भन्दै लामिछानेले स्वतन्त्रहरु आए भने आफु आफैँमा झगडा गर्छन् ,यिनीहरु आफैँ मिल्न सक्दैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको छ अहिलेनै यस्तो छन् पछि के होलान् भन्ने जस्तो बनाउँन खोजिएको छ तर विकासका लागी भएको बहसका रुपमा मात्रै आफुले यो कुरालाई बुझेको र यसले राम्रै हुने उनले भनेका छन् ।

मैले यत्ति सफा गरेँ, यति विकास गरेँ भन्ने कुरामा नोकझोक चल्दा यसले अझै प्रतिष्पर्धा बढाउँने तर्क रविले गरेका छन् । प्रतिष्पर्धा हुनु राम्रो भएको उनले भनेका छन् । लामिछानेले देशभरका स्वतन्त्र उमेदवारहरुलाई एक ठाउँमा ल्याउँन प्रयास भइरहेको र आफ्नो पार्टी निरन्तर रुपमा त्यसमा लागिरहेको बताएका छन् ।

192 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal