सरकारसँग सहमति भएपछि निहारिका राजपुतको अ,नशन तोडियो

२०७९ भाद्र ७ गते, मंगलवार

 सरकारसँग सहमति भएपछि निहारिका राजपुतले अनशन तोड्नुभएको छ ।

१७ दिनदेखि काठमाण्डौमा अनशन बसिरहनुभएकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले हिजो बेलुकी अनशन तोड्नुभएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग भएको सहमतिपत्रमा उच्च अदालत जनकपुरमा विचाराधीन मु,द्दाको डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने र डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अ,दालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने उल्लेख छ ।

शिवराज श्रेष्ठले आफूमाथि धनुषामा जबरजस्ती करणी गरेको र त्यसबाट बच्चा जन्मिएकाले आ,रोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने लगायतका माग राखेर निहारिका गएको जेठ २९ गतेदेखि काठमाण्डौमा अनशन बस्नुभएको थियो ।

सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि असार ३ गते उहाँले अनशन रोक्नुभएको थियो । तर सहमतिअनुसार माग पूरा नभएको भन्दै उहाँले राष्ट्रपति भवन शीतल निवास अगाडि पे,ट्रोल छर्केर आ,त्मदाहकाे प्रयास गरेपछि उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

उपचारकै क्रममा उहाँ अनशनमा बस्नुभएको थियो । यसअघि निहारिकाले शिवराज वि,रुद्ध का,रबाहीको माग गरे पनि जिल्ला अदालतले जबरजस्ती करणीको मु,द्दाबाट सफाइ दिएको थियो ।

आ,रोपितलाई सफाइ दिएको फैसलामाथि प्रश्न उठेपछि न्यायाधीश परशुराम भट्टराईलाई सर्वोच्चमा फिर्ता बोलाइएको छ ।   

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal