निसीखोलामा फेला परेको श’वको ट्याटुबाट पहिचान खुल्याे,
बागलुङको निसीखोलामा बुधवार फेला परेको टाउको नभएको श,वको पहिचान खुलेको छ । उक्त श,व निसीखोला गाउँपालिका वडा नम्बर ४ झिवाखोला बजार नजिकै वडा नम्बर ५ कामीडेराका २४ वर्षीय तुलबहादुर विकको रहेको पुष्टी भएको हो ।
सुरुमा श,व पत्ता लगाउन नसके पनि उनको हातमा रहेको ट्याटुको आधारमा विक नै हुन भन्ने पुष्टि भएको हो। उनको टाउको भने भेटिएको छैन ।
स्थानीयले विहान १० बजेतिर निसीखोलाको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा श,व देखेपछि प्रहरीलाई खवर गरेका थिए।
युवाको टाउको चुँडिएको अवस्थामा रहेकोले कसैले ह,त्या गरेर खोलामा फालेको हुनसक्ने अनुमान गरिएको छ। प्रहरी टोली घ,टना स्थलमा गइसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवालीले जानकारी दिनुभयो।
यस्तै – नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताउनुभयो ।
नेपाली कांग्रेस बाहेकका दलहरु पटकपटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै उहाँले भन्नुभयो, लक्ष्य, उद्देश्य र विचारको राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन भयो भने त्यसले मुलुकलाई सही दिशातर्फ अगाडि बढाउन सक्दैन ।”
दलहरु स्वार्थ केन्द्रित गठबन्धन गर्न एमालेसँग आउने गरेको उल्लेख गर्दै उहाँले त्यसलाई एमालेले स्वीकार नगरेको बताउनुभयो ।
एमालेले देशलाई विकास र समृद्धिको माध्यमबाट समाजवादतर्फ लैजान खोजेको रायमाझीको भनाइ थियो ।
उहाँले भन्नुभयो, वैचारिक र राजनीतिक रुपमा देशको समृद्धिका लागि समाजवादमा पुग्ने एजेन्डा एमालेसँग छ । त्यो एजेन्डा मिल्नेसँग सहकार्य गठबन्धन हुन्छ ।” लक्ष्य बिनाको चुनावी गठबन्धन एमालेले नगर्ने उहाँले बताउनुभयो ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





