नागरिकता विधेयक बहुमतले पारित

२०७९ भाद्र २ गते, बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे नागरिकता विधेयक जस्ताकाे तस्तै बहुमतले पारित भएकाे छ । विधेयक पारित गर्नका लागि मतदान भएकाे थियाे । 

संसदमा एक सय ९५ जना सांसद उपस्थित भएकामा पक्षमा एक सय ३५ जनाले पक्षमा मतदान गरेका थिए । यस्तै विपक्षमा ६० जनाले मतदान गरेका छन् । मत दिन्न भन्नेमा कसैले पनि मतदान गरेनन् ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिको सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे । त्याे प्रस्ताव मत विभाजनबाट पारित भएको हो ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले गएको साउन १५ गते प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक राष्ट्रपति भण्डारीले साउन २९ गते संसदमै फिर्ता पठाउनुभएको थियो ।

राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा फिर्ता पठाउनुभएको थियो ।

अब याे विधेयक राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाकाे बैठक भदाै ६ गतेका लागि बाेलाइएकाे छ । त्यहाँबाट पनि पारित भइसकेपछि फेरि प्रतिनिधि सभामै आउनेछ ।

त्यसपछि सभामुखले प्रमाणीकरण गरेर राष्ट्रपतिकाेमा पठाउनुहुनेछ । सरकारले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 

221 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal