सञ्चालनमा नआउँदै रेसुंगा विमानस्थलमा क्ष,ती सुरु, घुम्ने र टिकटक बनाउने थलो बन्दै
गुल्मीको रेसुंगा विमानस्थलमा सम्झौताअनुसारका काम सबै सकिए पनि उडान अझै निश्चित भएको छैन ।
कालोपत्रे र रङरोगनले धावनमार्ग चिटिक्क बनेको छ । निर्वाचन आसपास नियमित उडान सुरु हुने चर्चा भए पनि सम्भावना अनिश्चित बन्दै गएको छ। करोडौँ खर्च गरेर निर्माण गरिएका संरचनामा क्षति सुरु भएको छ। केही दिनअघि मात्रै कन्ट्रोल टावरको सीसा फुटेको छ।
विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर बी–कोई श्रेष्ठ जेभीले ४ चैत ०७६ मा चार करोड पाँच लाख २९ हजार ६ सय १० रुपैयाँमा सम्झौता गरेर काम गरेको हो।
निर्माण व्यावसायी हरिकुमार श्रेष्ठले आफूहरूले सम्झौताअनुसार काम गरेर बुझाएको बताए। विमानस्थल आयोजनाले विमानस्थलमा नियमित उडान नहुने वेलासम्म संरक्षणका लागि वडा कार्यालय, रेसुंगा नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।
गत असारबाट आयोजना फिर्ता भएको छ। रेसुंगा नगरपालिकाबाट एक नगर प्रहरी विमानस्थलमा खटाइएको १० दिनपछि आफूहरू फर्किएको आयोजनाका इन्जिनियर दिनेश परियारले बताए।
पहिले पनि विमानस्थल निर्माणकै क्रममा निर्माण व्यवसायीका गाडी र संरचनाहरू तोडफोड हुने गरेका थिए। ‘कन्ट्रोल टावरको सिसा नै फुट्नु दुःखद विषय हो।
पहिले पनि गाडीको सिसा र ड्रमलगायतका सामग्री तोडफोड हुन्थे’ उनले भने, ‘जिम्मेवार व्यक्तिबाहेक अरूलाई प्रवेश नगराउन भने पनि त्यसो भएन।’ सार्वजनिक महत्वपूर्ण संरचनाको संरक्षणको दायित्व सबैको भएकोतर्फ उनले सचेत गराएका छन्। विमानस्थल निर्माणको लागि अहिलेसम्म ३२ करोडभन्दा बढी खर्च भएको छ।
विमानस्थलमा जिल्ला तथा बाहिरबाट समेत दैनिक सयौँ व्यक्ति पुग्छन्। केही समय पहिले स्कुटर, मोटरसाइकल र गाडी नै लिएर ठूला नेतादेखि सर्वसाधारण विमानस्थलमा पुग्थे।
विमानस्थलबाट गुल्मी, पाल्पा तथा अर्घाखाँचीका दृश्यावलोकन गर्न सकिने भएकाले अहिले टिकटक बनाउनेहरू यहाँ पुग्ने गरेका छन्। जसका कारण धावनमार्ग कुरूप बन्न थालेको छ।
विमानस्थल
लजस्तो संवेदनशील ठाउँमा निर्माणदेखि नै सुरक्षा हुनुपर्ने भए पनि बनेका संरचना तोडफोड हुने वेलासम्म राज्यको ध्यान नपुग्नु विडम्बना भएको स्थानीयहरू बताउँछन्।
गाउँकै केही व्यक्तिको पूर्वाग्रह र राजनीतिक प्रतिशोधका कारण विमानस्थलमा क्षति भएको आरोप छ। विमानस्थलमा क्षति भएको विषयमा अनुसन्धान सुरु गरी नियमित उडानको पहल सुरु गरिएको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए।
तत्काल नियमित उडान सम्भव छैन : प्रवक्ता निरौला
नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले दुर्गममा उड्ने जहाजहरूको संख्या नै कम भएको कारण नियमित उडान गर्न नसकिएको बताए। प्राइभेट एयरलाइन्सहरूले नाफा नभएसम्म उडान नगर्ने भएकाले समस्या भइरहेको उनको भनाइ छ।
यो वर्ष रेसुंगा विमानस्थलमा कन्ट्रोल टावरका उपकरण जडानको काम हुने जानकारी दिँदै उनले प्राइभेट कम्पनीहरूसँग नियमित उडानको विषयमा छलफल भइरहेको जानकारी दिए।
विमानस्थल निर्माणसँगै संरक्षणको दायित्व पनि आफूहरूको भएकाले प्रहरी, प्रशासन र स्थानीय तहलाई पत्राचार गरिएको उनले प्रस्ट पारे।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





