सञ्चालनमा नआउँदै रेसुंगा विमानस्थलमा क्ष,ती सुरु, घुम्ने र टिकटक बनाउने थलो बन्दै
गुल्मीको रेसुंगा विमानस्थलमा सम्झौताअनुसारका काम सबै सकिए पनि उडान अझै निश्चित भएको छैन ।
कालोपत्रे र रङरोगनले धावनमार्ग चिटिक्क बनेको छ । निर्वाचन आसपास नियमित उडान सुरु हुने चर्चा भए पनि सम्भावना अनिश्चित बन्दै गएको छ। करोडौँ खर्च गरेर निर्माण गरिएका संरचनामा क्षति सुरु भएको छ। केही दिनअघि मात्रै कन्ट्रोल टावरको सीसा फुटेको छ।
विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर बी–कोई श्रेष्ठ जेभीले ४ चैत ०७६ मा चार करोड पाँच लाख २९ हजार ६ सय १० रुपैयाँमा सम्झौता गरेर काम गरेको हो।
निर्माण व्यावसायी हरिकुमार श्रेष्ठले आफूहरूले सम्झौताअनुसार काम गरेर बुझाएको बताए। विमानस्थल आयोजनाले विमानस्थलमा नियमित उडान नहुने वेलासम्म संरक्षणका लागि वडा कार्यालय, रेसुंगा नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।
गत असारबाट आयोजना फिर्ता भएको छ। रेसुंगा नगरपालिकाबाट एक नगर प्रहरी विमानस्थलमा खटाइएको १० दिनपछि आफूहरू फर्किएको आयोजनाका इन्जिनियर दिनेश परियारले बताए।
पहिले पनि विमानस्थल निर्माणकै क्रममा निर्माण व्यवसायीका गाडी र संरचनाहरू तोडफोड हुने गरेका थिए। ‘कन्ट्रोल टावरको सिसा नै फुट्नु दुःखद विषय हो।
पहिले पनि गाडीको सिसा र ड्रमलगायतका सामग्री तोडफोड हुन्थे’ उनले भने, ‘जिम्मेवार व्यक्तिबाहेक अरूलाई प्रवेश नगराउन भने पनि त्यसो भएन।’ सार्वजनिक महत्वपूर्ण संरचनाको संरक्षणको दायित्व सबैको भएकोतर्फ उनले सचेत गराएका छन्। विमानस्थल निर्माणको लागि अहिलेसम्म ३२ करोडभन्दा बढी खर्च भएको छ।
विमानस्थलमा जिल्ला तथा बाहिरबाट समेत दैनिक सयौँ व्यक्ति पुग्छन्। केही समय पहिले स्कुटर, मोटरसाइकल र गाडी नै लिएर ठूला नेतादेखि सर्वसाधारण विमानस्थलमा पुग्थे।
विमानस्थलबाट गुल्मी, पाल्पा तथा अर्घाखाँचीका दृश्यावलोकन गर्न सकिने भएकाले अहिले टिकटक बनाउनेहरू यहाँ पुग्ने गरेका छन्। जसका कारण धावनमार्ग कुरूप बन्न थालेको छ।
विमानस्थल
लजस्तो संवेदनशील ठाउँमा निर्माणदेखि नै सुरक्षा हुनुपर्ने भए पनि बनेका संरचना तोडफोड हुने वेलासम्म राज्यको ध्यान नपुग्नु विडम्बना भएको स्थानीयहरू बताउँछन्।
गाउँकै केही व्यक्तिको पूर्वाग्रह र राजनीतिक प्रतिशोधका कारण विमानस्थलमा क्षति भएको आरोप छ। विमानस्थलमा क्षति भएको विषयमा अनुसन्धान सुरु गरी नियमित उडानको पहल सुरु गरिएको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए।
तत्काल नियमित उडान सम्भव छैन : प्रवक्ता निरौला
नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले दुर्गममा उड्ने जहाजहरूको संख्या नै कम भएको कारण नियमित उडान गर्न नसकिएको बताए। प्राइभेट एयरलाइन्सहरूले नाफा नभएसम्म उडान नगर्ने भएकाले समस्या भइरहेको उनको भनाइ छ।
यो वर्ष रेसुंगा विमानस्थलमा कन्ट्रोल टावरका उपकरण जडानको काम हुने जानकारी दिँदै उनले प्राइभेट कम्पनीहरूसँग नियमित उडानको विषयमा छलफल भइरहेको जानकारी दिए।
विमानस्थल निर्माणसँगै संरक्षणको दायित्व पनि आफूहरूको भएकाले प्रहरी, प्रशासन र स्थानीय तहलाई पत्राचार गरिएको उनले प्रस्ट पारे।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





