आफु भन्दा कान्छा प्रेमीसँग बिहे गरेकी नायिका स्वेता खड्का बच्चाको आमा बन्दै

२०७९ श्रावण ३० गते, सोमबार

आफु भन्दा कान्छा प्रेमीसँग बिहे गरेकी नायिका स्वेता खड्का पहिलो सन्तानलाई जन्म दिंदैछिन् । स्रोतका अनुसार उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको छ ।

श्वेताले धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते विवाह गरेकी थिइन् । श्वेताको कात्तिक अन्त्य वा मंसिरको पहिलो सातालाई चिकित्सकले डेलिभरीको समय तोकेको बुझिएको छ ।

हिजोआज उनी घरमै आराम गरिरहेकी छिन् र सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते श्वेताको विवाह भएको थियो ।

त्यसअघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रीकृष्णको निधनको केही वर्षपछि श्वेता र विजयन्द्रले विवाह गरेका हुन् ।

श्वेताले सन्तान र करिअरलाई सन्तुलन मिलाउने योजना बनाइरहेको पनि बताइन् । ‘अहिलेलाई सन्तानमै फोकस छु, सन्तानलाई जन्म दिएपछि होमप्रोडक्सनको फिल्मलाई अगाडि बढाउनेछु,’ उनले भनिन् ।

यो पनि -श्वेताले आफू गर्भवती भएको अहिलेसम्म सार्वजनिक गरेकी छैनन् ।वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य फेरि हजुरबा बनेका छन् । उनका कान्छा छोरा मोहित र बुहारी विन्दूलाई पुत्री लाभ भएको छ ।

सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै हरिवंशले आफू हजुरबा बनेको जानकारी दिएका हुन् । हरिवंशले घरमा लक्ष्मीको आगमन भएको भन्दै खुशी व्यक्त गरेका छन् । उनका अनुसार बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो छ ।

मोहित र विन्दूलाई पहिलो सन्तान लाभ भएको हो । जेठा छोरा त्रिलोकका तर्फबाट हरिवंश पहिलोपटक हजुरबुवा बनेका थिए । त्रिलोक परिवारसहित अमेरिका बस्छन् ।

लामो समयदेखि अमेरिका बस्दै आएका त्रिलोकले अमेरिकी प्रेमिका जोए लेवस्कीसँग २०७३ को असारमा नेपाली परम्पराअनुसार विवाह गरेका थिए ।

163 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal