नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विभिन्न विभाग र समिति गठन

२०७९ श्रावण २९ गते, आईतवार

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले यही साउन २६ गते बिहिवार विभिन्न विभाग र केही समिति गठन गरेको छ । निर्वाचित भएको १६ महिनापछि शाखाले विभिन्न विभाग र समिति गठन गरेको हो । शाखाका पदाधिकारी तथा सदस्यहरु प्रमुख रहने ती विभागमा रहने सदस्यहरुको संख्या थप गर्न सकिने कार्य समिति सदस्य रमेश कुमार बोहोराले बताएका छन् । संगठन विभाग संयोजकमा सचिव महेश्वर गौतम रहेका छन् भने संगठन सदस्यहरुमा रमेश कुमार बोहोरा, रमेश लामिछाने र रिना श्रेष्ठ रहेका छन्, त्यसैगरी अनुशासन विभागमा संयोजक शाखा उपाध्यक्ष रामचन्द्र दुलाल रहेका छन् । सदस्यहरुमा मिना यादव, दिपक काफ्ले, शोभा नेपाली र बुद्ध योञ्जन रहेका छन् । अर्थ समितिमा शाखाका कोषाध्यक्ष अजित अधिकारी संयोजक रहेका छन् भने सदस्यहरुमा कृष्ण प्रसाद ढुंगेल, सुबास मुखिया सुनुवार, बुद्ध योञ्जन र शैलेश डंगोल रहेका छन् । महिला विभाग अन्तर्गत संयोजकमा शाखाकी उपाध्यक्ष अप्सरा गौतम रहेकी छिन् । सदस्यहरुमा रिना श्रेष्ठ, मिना यादव, शोभा अर्याल, शोभा नेपाली, सिता पौडेल, अर्चना रेग्मी रहेका छन् । जेष्ठ पत्रकार लगत तथा विरामी पत्रकार, अपाङ्ग पत्रकार, लगत तथा अवस्था पहिचान समितिको संयोजकमा शाखाका सहसचिव हेमबहादुर राना ९कमल० रहेका छन् भने सदस्यहरुमा गोविन्द गिरी र योगेन्द्र चौलागाई रहेका छन् ।
यसैगरी प्रकाशन समितिमा संयोजकमा शाखाका कार्य समिति सदस्य कृष्णराज गौतम रहेका छन् भने सदस्यहरुमा रमेश कुमार बोहोरा, सुबास मुखिया सुनुवार, रमेश लामिछाने, कृष्ण प्रसाद ढुंगेल, अमिर लामा, गंगा बराल, यादव देवकोटा रहेका छन् ।


साना लगानी तथा स्वरोजगार मूलक (व्यवसायिक) मिडिया समन्वय विभाग, श्रमजिवी समस्या पहिचान समितिको संयोजकमा शाखाका कार्यसमिति सदस्य रमेश कुमार बोहोरा रहेका छन् भने सदस्यहरुमा गणेश पौडेल, कालिका महत रहेका छन् । अतिरिक्त क्रियाकलाप विभागमा संयोजक लक्ष्मणदेव पाण्डे रहेका छन् भने सदस्यहरुमा शैलेस डंगोल, अंकध्वज मोते, अशोक शिवाकोटी, कृष्ण कार्की छन् । सञ्चारमाध्यमको अवस्था पहिचान र लगत समितिको संयोजकमा शाखाका कार्यसमिति सदस्य रमेश लामिछाने रहेका छन् ।

182 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal