कर्मचारीका पूर्व अध्यक्ष भोला पोखरेल सहितको जम्बो समूह एमालेमा फर्कियो

२०७९ श्रावण २२ गते, आईतवार

नेकपा (एमाले) को कर्मचारीहरुको भातृ संगठन नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष भोला पोखरेल सहितको जम्बो टोली एमालेमा नै फर्किएको छ ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन (सिबिए) को कार्यबाहक अध्यक्ष समेत बन्नुभएका भोला पोखरेल सहितको टोलीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउँनुभएको हो ।

उहाँ पहिलेदेखि नै नेकपा एमालेमा हुँदा माधवकुमार नेपाल निकट हुनुहुन्थ्यो । पार्टी विभाजनसँगै माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीमा ढल्किनुभएका पोखरेल आजबाट आफ्नै घरमा फर्किनुभएको छ ।

पोखरेल खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ । खोटाङमा उहाँको आम नागरिकबिच राम्रो छवि छ ।

कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको कार्यबाहक अध्यक्ष बन्नुभएका पोखरेल पार्टी विभाजन भएपछि माधव नेपालको पक्षमा उभिएपछि एमालेले उहाँलाई फिर्ता बोलाएर अर्का व्यक्ति पठाएको थियो ।

२०७३ जेठमा आधिकारिक ट्रेड युनियनको चुनाव हुँदा सबैभन्दा बढी भोट ल्याएको एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनले अध्यक्ष पद पाएको थियो। दोस्रो भोट ल्याएको नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले महासचिव पद पाएको थियो।

आफूले पाएको अध्यक्ष पदमा नेपाल निजामती कर्मचारी संगठनले पुण्य ढकाललाई पठाएको थियो। ढकाल उपसचिव पदमा बढुवा भएपछि रिक्त ठाउँमा आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेल कार्यबाहक अध्यक्ष नियुक्त हुनुभएको थियो ।

पोखरेल माधव नेपालनिकट देखिएपछि केपी ओलीनिकट कर्मचारीहरूले भोला पोखरेललाई फिर्ता बोलाई पोखरेलको ठाउँमा ओलीनिकट अध्यक्ष केदार देवकोटाले आफैंलाई सिफारिश गर्नुभएको थियो ।

जुन विवादको रुपमा रह्यो । तर अब पोखरेल एमालेमा नै फर्किनुभएको छ । एमालेको पार्टी मुख्यालयमा कयौँ नेता कार्यकर्ताहरुको अगाडि अध्यक्ष ओलीले खादा लगाएर पार्टी प्रवेश गराउँनुभएको छ ।

173 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal