कर्मचारीका पूर्व अध्यक्ष भोला पोखरेल सहितको जम्बो समूह एमालेमा फर्कियो

२०७९ श्रावण २२ गते, आईतवार

नेकपा (एमाले) को कर्मचारीहरुको भातृ संगठन नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष भोला पोखरेल सहितको जम्बो टोली एमालेमा नै फर्किएको छ ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन (सिबिए) को कार्यबाहक अध्यक्ष समेत बन्नुभएका भोला पोखरेल सहितको टोलीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउँनुभएको हो ।

उहाँ पहिलेदेखि नै नेकपा एमालेमा हुँदा माधवकुमार नेपाल निकट हुनुहुन्थ्यो । पार्टी विभाजनसँगै माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीमा ढल्किनुभएका पोखरेल आजबाट आफ्नै घरमा फर्किनुभएको छ ।

पोखरेल खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ । खोटाङमा उहाँको आम नागरिकबिच राम्रो छवि छ ।

कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको कार्यबाहक अध्यक्ष बन्नुभएका पोखरेल पार्टी विभाजन भएपछि माधव नेपालको पक्षमा उभिएपछि एमालेले उहाँलाई फिर्ता बोलाएर अर्का व्यक्ति पठाएको थियो ।

२०७३ जेठमा आधिकारिक ट्रेड युनियनको चुनाव हुँदा सबैभन्दा बढी भोट ल्याएको एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनले अध्यक्ष पद पाएको थियो। दोस्रो भोट ल्याएको नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले महासचिव पद पाएको थियो।

आफूले पाएको अध्यक्ष पदमा नेपाल निजामती कर्मचारी संगठनले पुण्य ढकाललाई पठाएको थियो। ढकाल उपसचिव पदमा बढुवा भएपछि रिक्त ठाउँमा आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेल कार्यबाहक अध्यक्ष नियुक्त हुनुभएको थियो ।

पोखरेल माधव नेपालनिकट देखिएपछि केपी ओलीनिकट कर्मचारीहरूले भोला पोखरेललाई फिर्ता बोलाई पोखरेलको ठाउँमा ओलीनिकट अध्यक्ष केदार देवकोटाले आफैंलाई सिफारिश गर्नुभएको थियो ।

जुन विवादको रुपमा रह्यो । तर अब पोखरेल एमालेमा नै फर्किनुभएको छ । एमालेको पार्टी मुख्यालयमा कयौँ नेता कार्यकर्ताहरुको अगाडि अध्यक्ष ओलीले खादा लगाएर पार्टी प्रवेश गराउँनुभएको छ ।

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा

२०८३ आश्विन १६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal