ट्रक पल्टिँदा चालकको मृ,त्यु
बुटवल । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा प,ल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्या,न ग,एको छ ।
आज विहान ट्रक दु,र्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो । ट्रक बाटोबाट करिब दुई सय मिटर तल ख,सेको थियो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा एक सय ५३ योजना कार्यान्वयन गरेको छ । पूर्वाधारसँग सम्बन्धित एक सय ५९ योजना छनोट भएकामा एक सय ४३ उपभोक्ता समिति र १० ठेक्का प्रक्रियाबाट कार्यान्वयन भएको गाउँपालिकाका प्राबिधिक शाखाले जनाएको छ ।
शाखाका प्रमुख इन्जिनियर सुदीप गौतमले पूर्वाधार योजनाहरुका लागि विनियोजन भएको रु ११ करोड ७७ लाख ४७ हजार बजेटमध्ये ७२.९२ प्रतिशत अथवा रु आठ करोड ५८ लाख ७२ हजार पाँच सय ४७ खर्च भएको जानकारी दिनुभयो ।
यो विवरण प्रधानमन्त्री रोजगार कार्यक्रमका ३० योजना बाहेकका हुन् । २५ भवन, ३५ सडक, ३२ स्वास्थ्य, शैक्षिक संस्था र खेलकुद पूर्वाधार, ११ खानेपानी तथा ढल, १७ गोरेटोबाटो, एक सिँचाइ, एक विद्युत्, आठ सम्पदा र बस्ती संरक्षण, चार मन्दिर, तीन जग्गा व्यवस्थापन र आठवटा अन्य शीर्षकका योजना कार्यान्वयन भएका हुन् ।
सो अवधिमा ७.५८ किलोमिटर सडक निर्माण, ५२ किलोमिटर सडक स्तरोन्नति, ४०५ मिटर पक्की नाली निर्माण, ८.८६ किलोमिटर गोरेटो बाटो निर्माण, ६ वटा पोखरी र तालतलैया, एकवटा चिस्यान गृह, १४ वटा सामुदायिक भवन निर्माण र मर्मत, दुई सय मिटर घेराबार, चार विद्यालय भवन निर्माण र १४ वटा मर्मत, दुई सय सात घरधुरीमा खानेपानी सुविधा विस्तार, १० वटा खेलमैदान निर्माण, सात सय मिटर ढल निकास गर्ने नाली बनाइएको छ ।
टोड्केमा उद्यान र मौवाफाँटमा गाउँपालिका भवन निर्माण गरेको रघुगङ्गाको भगवतीमा वडा नं २ को वडा कार्यालय र चिमखोलामा स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छ ।
सुरक्षित नागरिक आवास कार्यक्रममार्फत ६५ वटा घर निर्माणाधीन रहेका र मनसुनजन्य विपद्बाट प्रभावित १३ वटा पुनः निर्माण र प्रबलीकरण भएका छन् ।
लेखा अधिकृत खगराज सुवेदीले गत आर्थिक वर्षमा कुल रु ४८ करोड ९४ लाख ५७ हजार दुई सय पाँच विनियोजन भएकामा रु ४४ करोड २८ लाख १६ हजार आठ सय ९५ खर्च भएको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाको रु ३६ लाख मात्र बेरुजु रहेको बताउनुभयो ।
आन्तरिक लेखा परीक्षक कुशल ढुङ्गानाले रु एक करोड तीन हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य रहेकामा रु ७७ लाख मात्र आम्दानी भएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्नाका साथै सूचना प्रविधिको प्रयोग गरेर गाउँपालिका, वडा र शाखा कार्यालयको सेवालाई नागरिकमैत्री बनाउने प्रयास गरेको, राजश्व सङ्कलनमा सफ्टवेयरको प्रयोग गरिएको जानकारी दिनुभयो । रासस
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





