सबैको मन मुटुमा बसेका हर्क साम्पाङको परिवार समान्न स्वरुप १/१ सेयर गर्नुहोस्

२०७९ श्रावण २१ गते, शनिबार

हामिले आज हर्क साम्पाङको परिवारलाई हाम्रो मिडिया मा लिएर आएका छौ । सबैले उहाको लागि समान्न सोरुप एक एक सेयर गर्नुहोला । थप हर्क साम्पाङ कै अर्को समाचार पढनुहोस ।

काठमाडौं- नेकपा एमालेले धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै बिरोध गरेको छ। नेकपा एमालेको धरान उपमहानगर कमिटीले मंगलबार एक विज्ञप्ति जारी गर्दै साउन १५ गते बराह बचत तथा ऋण सहकारी पीडितहरुले

तोडफोडमा उत्रिनु गलत कार्य भए पनि धरान नगर प्रमुख हर्क सामपाङले उनीहरुले उठाएका विषयमा दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण तोडफोडको घटना भएकोले त्यसको जिम्मेवारी स्वयं स्थानीय सरकार प्रमुखले लिनुपर्ने बताएको हो।

घटनापश्चात् पनि सामाजिक सञ्जालमार्फत् पीडित जनतालाई धम्कीको भाषा प्रयोग गरिएपछि अवस्था झनै विथोलिएको एमाले नगर अध्यक्ष हर्क जंग एभेङले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। विगत केही

महिनादेखि बराह बचत तथा ऋण सहकारीको सन्दर्भलाई लिएर विभिन्न सामाजिक सञ्जाल, मिडियाहरु मार्फत् एमाले र एमालेको नेतृत्वमाथि अनर्गल प्रचारबाजी र नियतबस बदनाम गर्न खोजिएको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ।

बराह संघर्ष समितिका संयोजक खगेन्द्र नेपाललाई जोडेर पूर्व उपमेयर मञ्जु भण्डारी र सिंगो एमालेको बद्नाम गर्न खोजेको एमालेको आरोप छ। प्रमुख साम्पाङको अभिव्यक्तिले गर्दा भएको उक्त दिनको घटनामा संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई विभिन्न जातिगत आक्षेप लगाउँदै जातीय सद्भाव विथोल्न खोजेको आरोप एमालेको छ।

एमालेले बराह सहकारीका सञ्चालक, सेयर सदस्यहरु कुनै न कुनै राजनीतिक दलका कार्यकर्ता, समर्थक हुनुले सिर्जना भएको आर्थिक समस्या र समाधानका लागि गरिएको संघर्षसँग कुनै पनि राजनीतिक सम्बन्ध नभएको विज्ञप्तिमा उल्लेख गरेको छ।

नेपालको संविधान बमोजिम सहकारी संस्था सम्बन्धी कार्यक्षेत्र स्थानीय सरकारको भएको स्मरण गराउँदै न्याका लागि पुगेकाको समस्या पहिचान र निदानको साटो आफ्नो असक्षमता लुकाउन एमालेलाई मुछ्ने कार्य भएको भन्दै सचेत गराएको जनाएको छ।

राजनीतिक दलले विभिन्न कालखण्डका गरेको राजनीतिक आन्दोलन पश्चात् प्राप्त उपलब्धिको आधारमा स्वतन्त्रताका नाराले सामपाङ सत्तामा पुगेको र बहुदलीय प्रतिस्पर्धामा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र राजनीतिक दल र दलका नेता कार्यकर्तालाई धावा बोल्ने,

प्रतिशोध साध्ने र व्यवस्थानै कमजोर बनाउने दुस्साहस गर्न खोजे राजनीतिक दल प्रतिरक्षामा उत्रिन बाध्य हुने चेतावनी एमालेले दिएको छ। राजनीतिक गुण र दोषको आधारमा समर्थन र बिरोध रहने भए पनि धरानका लागि विकास र परिवर्तनको पक्षमा एमाले रहेको विज्ञप्तिमा जनाइएको छ।

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal