जमिन बाँझाे नछाेडी खेती गर्नुपर्छ, कृषिमा आत्मनिर्भर हुनुपर्छ : मन्त्री भुसाल

२०७९ श्रावण २१ गते, शनिबार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । 

शुक्रवार काठमाण्डाैमा गुरु ट्राभल्स लिमिटेडको उद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।

उहाँले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निजी क्षेत्रले पनि कृषिलाई उद्योगको रूपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकीकरण गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री भुसालले कृषिमा आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि जमिन बाँझो नछोडी खेती गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, आर्थिक विकास र सामाजिक विकासमार्फत सामाजिक न्यायमा आधारित समाजवादउन्मुख समाज निर्माण गर्ने प्रतिबद्धता हामीले संविधानमै गर्‍याैँ ।

अब त्यसको कार्यान्वयन तहमा हामी अगाडि बढेका छाैँ । त्यो विकास धेरै तरिकाले हुन्छ । तर आधारभूत कुरा चाहिँ तीन वटा हुन् भन्ने मलाई लाग्छ, एक नम्बर कृषि नै रहेछ ।

कृषिप्रधान देश, उर्बरा भूमि छ । जलस्रोतले सम्पन्न छौँ । सिँचाइको मात्रै उचित ढङ्गले व्यवस्थापन गर्दा र आधुनिक मल, बिउ र यान्त्रिकीकरण गर्दा हामी कृषिमा आत्मनिर्भर हुन सक्छौँ । हिजो निर्यात गर्ने राष्ट्र अहिले हामी आयात गरेर खाने राष्ट्र बनेका छौँ ।’

मन्त्री भुसालले विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्ने बताउनुभयो । त्यस्तै देशमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन जोड गर्नुपर्ने पनि उहाँको भनाइ छ । 

152 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal