आशिका स्कुल बस चढ्न नआएपछि खुलेको थियो एकै परिवारका चार जनाको मृ’त घ’टना
तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालमा एकै परिवारका चार जना मृ,त भेटिएका छन् ।
गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै मृ,त भेटिएका हुन् ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुका अनुसार दिनेशले श्रीमती र छोराछोरीको ह,त्या गरेर आ,त्म ह,त्या गरेको आशंका गरिएको छ । घ,टनास्थलमा ‘सुसाइड नोट’ पनि भेटिएको छ, जुन दिनेशको भएको मानिएको छ ।
स्थानीयका अनुसार आशिक काभ्रेस्थलीको युनाइटेड स्कुलमा पढ्थे भने छोरी आशिका आर्मी स्कुलमा । अरु दिन झै सोमबार पनि आर्मी स्कुलको गाडी आशिकालाई लिन घर अगाडि पुगेको थियो । तर उनी बाहिर आइनन् ।
नजिकै घर भएका साथीले बोलाउँदा पनि परिवारका सदस्यहरु समेत नबोलेपछि स्थानीय भेला भएका थिए । बाक्लो बस्ती भएका कारण क्षणभरै मानिस जम्मा भए । प्रहरीलाई खबर गरे । प्रहरीले ढोका खोलेर हेर्दा परिवारका सदस्यको श,व वि,भत्स अवस्थामा भेटिएको छ ।
स्थानीय दुर्गा कार्कीका अनुसार दिनेश र सुनिताबीच पछिल्लो समय वि,वाद हुने गरेको थियो । प्रहरीको बलाजु वृत्तसम्म घ,टना पुगेको थियो । स्थानीयले पनि मिलाउने प्रयास गरेका थिए । तर वि,वाद नमिलेपछि दिनेशले स,म्बन्धवि,च्छेद मागेका थिए ।
सुनिताले भने छोराछोरीका लागि भएपनि स,म्बन्धवि,च्छेद नगर्ने बताएकी उनीहरुलाई नजिकबाट चिन्नेहरु बताउँछन् । बरु आफैं वैदेशिक रोजगारीमा जाने भनेर बेलायतको सिजनल भिसाका लागि नि,वेदन दिएकी थिइन् ।
उनको भिषा समेत लागेको थियो । बेलायत जाने तयारीकै क्रममा उनले फेन्सी पसल बेचेकी थिइन् भने सहकारीमा राखेको रकम झिकेर खाता बन्द गरेकी थिइन् ।