रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो
काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित २८ जना प्रहरी सम्पर्कविहीन भएका छन् । टिमुरे बजारमा बिहान करिब ९ बजे आएको आकस्मिक बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना सम्पर्कविहीन भएको यसअघि प्राप्त विवरण थियो। टिमुरे क्षेत्रमा खटिएको नेपाल प्रहरीको टोलीसमेत सम्पर्कमा नरहेको बताइएको छ । नेपाल प्रहरीतर्फ कति जना सम्पर्कविहीन छन् भन्ने यकिन विवरण भने आउन बाँकी छ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत ३० जनामध्ये ६ जना बिदामा रहेको र १५ जना सुरक्षित अवस्थामा रहेको स्रोतले जनाएको छ। ड्युटीमा खटिएका ९ जना भने बाढीपछि सम्पर्कविहीन भएका हुन्। बीओपीमा भने बाढीले क्षति नपुर्याएको बताइएको छ।
चीनतर्फबाट आएको ठूलो बाढीसँगै लेदो र माटो बजार क्षेत्रमा पसेपछि टिमुरेका घर, पसल, होटल तथा सवारीसाधनमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण छ। बजार रहेको क्षेत्रमा समेत अहिले नदी बगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
यसैबीच नुवाकोट कारागारमा समेत आकस्मिक बाढी पसेको छ। बाढी कारागारको एक तला माथिसम्म पुगेको कारागार प्रशासनले जनाएको छ। कारागार प्रशासनका अनुसार बाढीपछि सबै कैदीबन्दीलाई सुरक्षित स्थानमा राखिएको छ। अहिले पानीको सतह घट्ने क्रममा रहेको जनाइएको छ।
रसुवामा आएको बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा अघि बढिरहेको छ। बाढी पूर्वानुमान महाशाखाले धादिङको गल्छी आसपास पुगेको बाढी केही घण्टामा मुग्लिन पार गर्ने अनुमान गर्दै त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। बाढीको जोखिमलाई मध्यनजर गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





