पाल्पाको जल्पामैदानमा भएको एक भाइको पनि मृ’त्यु भएपछि बुबाको काजक्रिया ६ छोरीहरुले सेतो वस्त्रमा छोराको जिम्मेवारी निभाउँदै ।

२०७९ असार २६ गते, आईतवार

पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पामैदानका छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन् । स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा नि,धन भएपछि उहाँका छ छोरीले छोरासरह नै हिन्दु संस्कारअनुसार काजक्रिया गरिरहेका छन् ।

दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेमकुमारी र सिर्जना हिस्की सेतो वस्त्रमा छोराको जिम्मेवारी निभाउँदै काजक्रिया गरिरहनु भएको छ । एकातिर शिक्षा र चेतनाको कमीले बुबाआमाको मृ,त्यु पश्चात् काजक्रियामा छोरा नै चाहिन्छ भन्ने पुरानो चलन छ भने विस्तारै मानिस पनि शिक्षित बन्दै गएपछि छोरासरह नै छोरीले जिम्मेवारी पूरा गर्न काजक्रिया बसेको साहिली छोरी प्रेमकुमारी बताउँछिन् ।

साईली छोरी प्रेमकुमारीले बाबाको अचानक मृ,त्यु हुँदा अन्यौलताका बीच दिदीबहिनीहरुको सल्लाहमै काजक्रिया कर्ममा लागि परेको बताइन्। उनी भन्छिन्, ‘हामीसँग दाजुभाई नभएता पनि दिदीबहिनी जुटे जे पनि गर्न सक्छौं भन्ने लागेर पुण्यकर्ममा लागिपर्यौं। ६ दिदी बहिनीका एक भाईको १० वर्षको उमेरमा लडेर मृ,त्यु भयो।

राती सुतेको अवस्थामा ६७ वर्षीय बाबु रेवत हिस्कीको अचानक मृ,त्यु भएसँगै सबै दिदीबहिनी सल्लाह गरेर नै मगर समुदायमा चलन रहेको सात दिनसम्म काजक्रिया गर्न लागिपरेका हुन्। ६ दिदीबहिनीकी आमा टुनासरा र मृ,तकका माईलो भाई दमबहादुर हिस्की पनि उनीहरुसँगै क्रियामा सामेल छन्।

239 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal