धरानको पकुवा खोलाबाट पानी ल्याउने घोषणा गरेपछि धरानका जनताहरूकाे साथ मेयर हर्कराज साम्पाङलाई…

२०७९ असार १४ गते, मंगलवार

धरानका मेयर हर्कराज राई (साम्पाङ) ले धरान २० मा रहेको विष्णुपादुकास्थित पकुवा खोलाबाट पानी ल्याउने घोषणा गरेपछि धरानका जनताहरूले साथ दिएका छन् ।

केहीदिनदेखि पकुवा खोलाबाट पानी ल्याउन धराने जनताले स्वतस्फुर्तरुपमा श्रमदान गरिरहेका छन् । अझ रोचक त के छ भने धरान–११ र १७ का बासिन्दालाई पानी खुवाउन अन्य वडाका धरानबासीले जनश्रमदान गरिरहेका छन् ।

‘धरान–११ र १७ का बासिन्दालाई पानी खुवाउन सोही वडा र अन्य वडाका बासिन्दाको पनि श्रमदान गरेका थिय । धरान–८ बाट आएकी दुर्गादेवी राईले स्वतस्फुर्त धरानबासीको पानीको समस्या समाधान गर्नका लागि राहत पुगोस् भनेर श्रमदान गर्न आइपुगेको बताइन् ।

हिजो शनिबार ट्याङ्की निर्माणका लागि मेयर साम्पाङसहित जनताले गिटी कुटे, वालुवा, सिमेन्ट, पाइप मात्रै बोकेनन् मसला बनाउन, मसला बोक्न पनि सघाए । केही धरानबासीले खाजा (चना, चिउरा, पेय पदार्थ, चिया, बिस्कुट, चाउचाउ) बोकेर समेत पुगेका थिए ।

यति काम गर्न करिब ५० लाख रुपैयाँ खर्च हुने र अहिले जनता लागेर सो रकम बचाएको बताए । मेयर साम्पाङले भन्छन्, ‘यहाँ बाटो थिएन, सवारी साधन आउन सम्भव थिएन तर पनि सयौं धराने जनताले जनश्रमदान गरेर सेवाभाव देखाए, यसको पनि गीत लेख्न सक्छु ।’

उनले धराने जनता यति विवेकी भएकोमा धन्यवाद समेत दिए । ‘मलाई मत खसाल्न होस्, विकासे कामका लागि धराने जनताको साथ पाएर अत्यन्तै हर्षित छु, अब धरान अघि बढ्छ ।’ त्यहाँ ट्याङ्की निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उनले केहीदिनभित्रै त्यहाँको पानी धरान ल्याइने बताए ।

92 Views

ताजा

भीरकोटमा कृषि र पशु विकासमा परियोजना

२०८२ जेष्ठ २३ गते, शुक्रबार

भीरकोटमा कृषि र पशु विकासमा परियोजना

२०८२ जेष्ठ २३ गते, शुक्रबार

मंगोलियाका प्रधानमन्त्रीको राजीनामाले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्यायोः कांग्रेस नेता डा.शर्मा

२०८२ जेष्ठ २३ गते, शुक्रबार

वरिष्ठ अधिवक्ता शम्भु थापाको सर्वत्र आलोचना

२०८२ जेष्ठ २३ गते, शुक्रबार

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै , हट्ला त अवरोध ?

२०८२ जेष्ठ २३ गते, शुक्रबार

जापानमा नेपाल फेसन एण्ड इन्टरमेन्ट इनटरनेशनल अवार्ड सम्पन्न

२०८२ जेष्ठ २३ गते, शुक्रबार

मालपोत कार्यालय भक्तपुर बनाए कार्कीले आकर्षक

२०८२ जेष्ठ २२ गते, बिहीबार

नेपालको इतिहासमै पहिलो पटक पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

२०८२ जेष्ठ २२ गते, बिहीबार

माधव नेपालको सांसद पद निलम्बन

२०८२ जेष्ठ २२ गते, बिहीबार

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारमा मुद्दा दर्ता

२०८२ जेष्ठ २२ गते, बिहीबार

कमल थापा पक्राउ प्रकरणः खास लडाइँ भोलिबाट सुरु हुन्छः लिङ्देन

२०८२ जेष्ठ १८ गते, आईतवार

लोकप्रिय

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal