धरानको पकुवा खोलाबाट पानी ल्याउने घोषणा गरेपछि धरानका जनताहरूकाे साथ मेयर हर्कराज साम्पाङलाई…

२०७९ असार १४ गते, मंगलवार

धरानका मेयर हर्कराज राई (साम्पाङ) ले धरान २० मा रहेको विष्णुपादुकास्थित पकुवा खोलाबाट पानी ल्याउने घोषणा गरेपछि धरानका जनताहरूले साथ दिएका छन् ।

केहीदिनदेखि पकुवा खोलाबाट पानी ल्याउन धराने जनताले स्वतस्फुर्तरुपमा श्रमदान गरिरहेका छन् । अझ रोचक त के छ भने धरान–११ र १७ का बासिन्दालाई पानी खुवाउन अन्य वडाका धरानबासीले जनश्रमदान गरिरहेका छन् ।

‘धरान–११ र १७ का बासिन्दालाई पानी खुवाउन सोही वडा र अन्य वडाका बासिन्दाको पनि श्रमदान गरेका थिय । धरान–८ बाट आएकी दुर्गादेवी राईले स्वतस्फुर्त धरानबासीको पानीको समस्या समाधान गर्नका लागि राहत पुगोस् भनेर श्रमदान गर्न आइपुगेको बताइन् ।

हिजो शनिबार ट्याङ्की निर्माणका लागि मेयर साम्पाङसहित जनताले गिटी कुटे, वालुवा, सिमेन्ट, पाइप मात्रै बोकेनन् मसला बनाउन, मसला बोक्न पनि सघाए । केही धरानबासीले खाजा (चना, चिउरा, पेय पदार्थ, चिया, बिस्कुट, चाउचाउ) बोकेर समेत पुगेका थिए ।

यति काम गर्न करिब ५० लाख रुपैयाँ खर्च हुने र अहिले जनता लागेर सो रकम बचाएको बताए । मेयर साम्पाङले भन्छन्, ‘यहाँ बाटो थिएन, सवारी साधन आउन सम्भव थिएन तर पनि सयौं धराने जनताले जनश्रमदान गरेर सेवाभाव देखाए, यसको पनि गीत लेख्न सक्छु ।’

उनले धराने जनता यति विवेकी भएकोमा धन्यवाद समेत दिए । ‘मलाई मत खसाल्न होस्, विकासे कामका लागि धराने जनताको साथ पाएर अत्यन्तै हर्षित छु, अब धरान अघि बढ्छ ।’ त्यहाँ ट्याङ्की निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उनले केहीदिनभित्रै त्यहाँको पानी धरान ल्याइने बताए ।

173 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal