के तपाईलाई थाहा छ, नयाँ बसपार्क बाहिर ‘अर्को बसपार्क’
अच्युत रेग्मी
काठमाडौँ । तपाईंलाई सुन्दा अचम्म लाग्ला, नयाँ बसपार्क बाहिर अर्को बसपार्क छ भनेर ? तर मुलुककै राष्ट्रिय बसपार्क गोङ्गबुस्थित नयाँ बसपार्क बाहिर अर्को बसपार्क सञ्चालनमा रहेको छ ।
काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय बस अहिले पनि बसपार्क बाहिर सडकछेउबाट सञ्चालनमा आएका छन् ।
विशेषगरी अहिले काठमाडौँबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माइक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्कबीचको मुख्य सडकछेउबाट चल्ने गरेका छन् । यस्तै, धादिङ, रसुवा नुवाकोट जाने सवारीसाधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजुक्षेत्रबाट चल्ने गरेका छन् ।
गोङ्गबुचोकदेखि बालाजुचोकसम्मको दुई किलोमिटरको दूरीमा नयाँ बसपार्क सञ्चालनमा रहे पनि अधिकांश सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन नभई बाहिर सडक छेउबाट सञ्चालन हुँदै आएका छन् । चितवन र हेटौँडा चल्ने माइक्रोबस भने कलङ्कीको सडकछेउबाट सञ्चालन हुँदै आएका छन् ।
यस्तै जनकपुर, वीरगञ्जलगायतका क्षेत्रमा चल्ने सवारीसाधन गौशाला र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन भने पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन् ।
काठमाडौँ महानगरपालिका वडा नं २६ गोङ्गबुस्थित विष्णुमति खोला किनारामा १६१ रोपनी क्षेत्रफलमा विसं २०५६ मा स्थापना भएको नयाँ बसपार्कमा ८०० सार्वजनिक सवारीसाधन अट्न मिल्ने पार्किङ भए पनि हाल दैनिक ३०० सवारी साधनमात्र आवतजावत र पार्किङ हुँदै आएको छ ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनिका अध्यक्ष योगेन्द्र केसी नयाँ बसपार्क बाहिरबाट बस सञ्चालन गर्दा यात्रुलाई बस चढ्न तथा ओर्लन सहज भएको बताउनुहुन्छ । “राज्यले नीतिगतरुपमा सबै सवारी साधनलाई नयाँ बसपार्कभित्र जान अनिवार्य गरे आफ्ना कम्पनीका सवारी साधनलाई नयाँ बसपार्कभित्र जान कुनै समस्या छैन”, उहाँ भन्नुहुन्छ ।
बसपार्क बाहिरबाट बस सञ्चालन गर्दा कतिपय यात्रु ठगिने गरेको गुनासो आफ्नो कम्पनीमा आउने गरेको उहाँको भनाइ छ । काठमाडौँबाट हाल पृथ्वीराजमार्ग भएर ६०० सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।
नुवाकोट, रसुवालगायतका जिल्लामा सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएको नमस्ते पासाङल्हामु यातायात प्रालीका अध्यक्ष कुलबहादुर खड्गी माइक्रोबस र ठूला बस एकै ठाउँबाट सञ्चालन नगर्दा आफूहरू सडकबाट ठूला सवारीसाधन चलाउन बाध्य भएको गुनासो गर्नुहुन्छ ।
“माइक्रोबस माछापोखरीबाट सञ्चालन हुँदै आएको छ, बसमा यात्रा गर्ने यात्रुलाई समेत माइक्रो बसले ओसार्न थालेपछि हामी पनि माछापोखरीमा बस ल्याएर चलाउन बाध्य भएका हौँ”, उहाँ भन्नुहुन्छ । बस र माइक्रो बसलाई छुट्ने स्टेसन एउटै बनाउनुपर्ने उहाँको भनाइ छ ।
हाल माछापोखरी क्षेत्रबाट रसुवा र नुवाकोटमा दैनिक ३० भन्दाबढी सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् ।
काठमाडौँको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारीसाधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको हो ।
कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी लामो दुरीका सवारीसाधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउनुहुन्छ । “लामो तथा छोटो दूरीका सवारीसाधन गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्कबाट सञ्चालन हुनुपर्छ, साँघुरो सडकमा जथाभावी सवारी पार्किङ गर्दा लामो समयसम्म सवारी जाम हुने गरेको छ”, उहाँ भन्नुहुन्छ ।
कार्यालय प्रमुख जोशी चक्रपथ वरपरका ठाउँमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले उच्च निगरानी राखी कारबाही गर्दै आएको बताउनुहुन्छ । ट्राफिक कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा १८ लाख २० हजारको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने एक हजार ५०० हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला यात्रुको सुविधाका लागि बस सञ्चालन हुँदा जथाभावी बस पार्किङ र काउन्टर भएको बताउनुहुन्छ ।
“यसरी धेरै ठाउँमा टिकट काउन्टर र बसपार्क बनाउँदा काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनलाई समेत असर परेको छ”, उहाँ भन्नुहुन्छ । यातायात व्यवसायीसँग यातायात व्यवस्था विभाग र काठमाडौँ महानगरपालिकाले गरेको निर्णय कार्यान्वयन भए उक्त समस्या नआउने उहाँको भनाइ छ ।
काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारी महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन पार्किङका लागि नयाँ बसपार्कमा १६१ रोपनी जग्गा उपलब्ध गराएकाले सबै सवारीसाधन नयाँ बसपार्कबाटै सञ्चालन हुनुपर्ने बताउनुहुन्छ । “राजधानी काठमाडौँभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधन व्यवस्थित ढङ्गले सञ्चालन हुनुपर्छ, प्रक्रिया बाहिर गएका जो कोहीलाई कारबाही हुन्छ”, उहाँ भन्नुहुन्छ । सबै बस र यात्रु बसपार्कभित्रबाट आवतजावत गर्नुपर्ने उहाँको भनाइ छ । पछिल्लो समय राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारीसाधनको सङ्ख्या वृद्धि हुँदा र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





