पेट्रोलको भाउ बढाउन पाइँदैन भन्दै माधव नेपालले दिए कडा प्रतिक्रिया !

२०७९ असार ७ गते, मंगलवार

सत्ता गठन्धनका नेता माधवकुमार नेपालले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको वि,रोध गरेका छन् ।

युक्रेनको युद्ध वा अन्तर्राष्ट्रिय कारण देखाएर मूल्यवृद्धि गर्न नपाइने नेता नेपालको भनाइ छ ।

आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा पनि मूल्यवृद्धिबारे कुराकानी भएको नेता नेपालले जानकारी दिए ।

नयाँ बानेश्वरमा पत्रकारसँग कुराकानी गर्दै नेता नेपालले भने, हामीले प्रधानमन्त्रीलाई यसबारे कुरा गर्यौं । आजै पनि तेलको मूल्य फेरि बढाउनुपर्छ भन्ने कुरा आइसकेपछि हामीले भन्यौं कि यो पेट्रोल डिजेलको भाउ बढाउँदाखेरि जनतालाई पर्ने मार राज्यले कतिसम्म व्यहोर्न सक्छ ?’

पूर्वप्रधानमन्त्री नेपालले सरकारी निर्णयको आलोचना गर्दै भने, जनता मूल्यवृद्धिको चपेटामा परेका छन् । अन्तराष्ट्रिय स,मस्या होला, युक्रेनको यु,द्धले गर्दा स,मस्या खडा भएको होला, तर, गैरजिम्मेवार ढंगले भाऊ बढाउँदै जाने कुरा किमार्थ मिल्दैन ।’

तेलको भाउ बढाउनुभन्दा परिस्थितिको मूल्यांकन गरेर जनताको पीरमर्कलाई सम्वोधन गर्नुपर्ने नेपालको सुझाव छ । उनी भन्छन्, ‘छिमेकी देशहरुमा तेलको भाऊ के छ ?

हाम्रो देशमा तेलको भाऊ के छ ? सामानको भाऊ के छ ? यी सबै कुराहरुको अध्ययन गरेर मारमा परेका जनतालाई राहत दिनका लागि के कदम चाल्न सकिन्छ ? राज्यले जनताको पीर मर्कालाई सम्वोधन गर्नुपर्ने आवश्यकता छ ।’

त्यस्तै सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो।

नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १९९ रूपैयाँ, डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ।

एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। हवाइ इन्धन (आन्तरिक र बाह्य) को मूल्य पनि सरकारले बढाएको छ। हवाइ इन्धन आन्तरिकमा लिटरको १९ रूपैयाँ र बाह्यमा प्रतिकिलो लिटर १०० अमेरिकी डलर बढाइएको निगमले जनाएको छ।

यसअघि जेठ २६ गते मात्र निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको थियो। निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) पछिल्लोपटक पठाएको मूल्य सूचीअनुसार समायोजन गरेर भाउ बढाइएको बताएको छ।

74 Views

ताजा

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal