दलित र बाँहुनको दर्दनाक प्रेम कथामा भक्तले ल्याए गीत ‘रुदा रुदै’

२०७९ असार ५ गते, आईतवार

काठमाडौंँ । ‘पीर’ गीत जस्तै सामाजको यर्थाथ माथि प्रहार गरिएको अर्काे ससक्त गीत ‘रुदा रुदै’ सार्वजनिक भएको छ । गायक भक्त प्रधानको स्वरमा सार्वजनिक गीतले एकल महिलाको आवाज बेजोड रुपमा उठाएको छ ।
गीतको आकर्षक भिडियो पनि बनेको छ । सुरविर पण्डित, रस्मि भट्ट, शिशिर भण्डारी, जुना कार्की, नरेश संग्रौला लगायतको अभिनय छ । भिडियोले दलित र बाँहुन समुदायको प्रेम र एकल महिलाको पिडा देखाएको छ ।
महिला तथा एकल महिलाको आवाज उठाउने एन्जियोर आइएन्जियो शहर केन्द्रित भएको कारण गाउँघरमा एकल महिला अझै दर्दनाक पिडा भोग्न बाध्य भएको कथा भिडियोले देखाएको छ । भिडियोका निर्देशक मुनाल शिशिर कोइराला हुन् ।
एकल महिलाले पनि आफ्नो इच्छा अनुसार आफ्नो दोस्रो जिन्दगी सुरु गर्न पाउनुपर्छ भन्ने सन्देश भिडियो मार्फत आफुले दिन खोजेको निर्देशक कोइरालाले बताए ।
‘महिलाको बिषयमा काम गर्ने बिभिन संघसंस्था छन् । ति सबै शहर केन्द्रीत बढी देखिन्छ’ निर्देशक कोइरालाले भने ‘एकल महिलाको बिषयमा कामगर्ने संस्था पनि दुर्गम पुग्न सकेको छैन ।’ भिडियोले महिलाको बिषयमा काम गर्ने संस्थालाई झकझक्याउने र गाउँमा पुर्याउन मद्दत गर्ने कोइरालाको धारणा रहेको छ ।
भिडियोले एकल महिलाले जिन्दगी जोसँग काट्न मन छ । त्योसँग काट्न समाज किन बाधक ? भन्ने पश्न समेत उठाएको छ । नितेश राईको शब्द तथा संगीत रहेको गीतको एरेन्जर राजु कार्कीले गरेका हुन् । दीपक गिरीको छायांकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal