‘मल आजै चाहियो, अहिल्यै चाहियो’

२०७९ जेष्ठ ३० गते, सोमबार


काठमाण्डौ । देशमा मलको अभावले किसानको पीडा छचल्किरहेको अवस्थामा आज सोमवार प्रतिनिधि सभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसदहरूले आवाज उठाएका छन् ।

प्रमुख प्रतिपक्षल दलका सांसदहरूले मलको आपूर्ति गर्न नसकेको भनी सरकारको आलोचना गरेका छन् भने सत्ता गठबन्धन दलले मल आपूर्ति गर्नुपर्ने सवाल महत्त्वपूर्ण भएको तर विनियोजन विधेयकमाथि छलफल भइरहेका बेला त्यसलाई रोकेर त्यस प्रस्ताव ल्याउनु सान्दर्भिक नरहेको बताएका छन् ।

मल जस्तो अत्यावश्यक वस्तु आपूर्तिमा ख्याल ठट्टा गर्न नहुनेमा सांसदहरूको जोड छ । प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको विषयको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद खगराज अधिकारीले देशलाई चाहिले चार लाख मेट्रिक टन मल कहिले ल्याउने हो भनी सरकारसँग प्रश्न गर्नुभयो ।

मलको हाहाकार भएकाले सार्वजनिक महत्त्वको प्रस्ताव ल्याउनुपरेको उल्लेख गर्दै सांसद अधिकारीले भन्नुभयो, ‘हामीलाई मल आजै चाहियो, किसानलाई खेतमा हाल्न अहिल्यै चाहियो ।’

उहाँले देशमा १० लाख मेट्रिक टन धान अभाव रहेको, विश्वका कतिपय देशले निर्यातमा रोक लगाइसकेका बेला अब नेपालले किन्नसमेत पाउने अवस्था नरहेपछि धान, चामल किन्न कहाँ जाने भन्दै प्रश्न गर्नुभयो । उहाँले समयमै मलखाद दिन सकेनौँ भने उत्पादकत्व घट्ने र देश ठूलो खाद्यान्न अभावमा पर्ने देखिएको बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य मीन विश्वकर्माले मल समयमै किसानले पाउनुपर्नेमा जोड दिँदै विगतमा अनियमितताको आशङ्कामा अख्तियारले पत्र काटेकाले कृषि सामग्री संस्थानले टेन्डर रद्द गरेको बताउनुभयो ।

अर्का सदस्य पार्वती डिसी चौधरीले किसानले समयमा मल पाएनन् भने उनका परिवार समस्यामा पर्ने हुँदा उनीहरूलाई मल दिनुपर्नेमा जोड दिनुभयो ।

अर्का सदस्य डिला सङ्ग्रौलाले सरकारले भारत सरकारसँग सम्झौता ९जीटुजी० गरी मल ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले आत्मनिर्भर अर्थतन्त्र बनाउन कृषि क्षेत्रको महत्त्व रहेको र नागरिकले मल पाउनुपर्ने कुरा महत्त्वपूर्ण रहेको बताउनुभयो ।

अर्का सदस्य गोपालबहादुर बमले किसानले मल नपाउने समस्या सबै दलको साझा समस्या भएकाले एकजुट हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सांसद लक्ष्मी परियारले प्रत्येक वर्ष मलको अभाव हुने गरेको सन्दर्भ जोड्दै समस्या समाधान गर्न संवेदनशील हुनुपर्ने बताउनुभयो ।

सांसद गणेशकुमार पहाडीले किसानले रोपेको धान नफल्ने र रोप्न नपाइने भन्दै चिन्ता गरेकाले दीर्घकाल समाधानका लागि मल उद्योगको विकल्प नै नभएको बताउनुभयो ।

सांसद नरबहादुर धामीले ६० प्रतिशत किसान भएको देशमा कुल गार्हस्थ्य उत्पादन २५ प्रतिशत रहेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले गएको वर्ष धानखेती नष्ट भएका किसानले क्षतिपूर्ति नपाएको जानकारी दिँदै मलको अभाव हुनु दुःखदायी भएको बताउनुभयो ।

सांसद सूर्यप्रसाद पाठकले सरकारले मल खरिद गर्ने प्रक्रिया पूरा गर्न दुई सय २६ दिन लाग्ने हुँदा दीर्घकालीन समाधान भनेको जैविक तथा प्राङ्गरिक मलको विकास गर्नुपर्नेमा जोड दिनुभयो । (रासस)

102 Views

ताजा

‘ट्रेडिङ बिजनेस’ बाट उद्योगमा ‘सिफ्ट’ हुँदै मल्होत्रा

२०८० मंसिर १७ गते, आईतवार

‘ट्रेडिङ बिजनेस’ बाट उद्योगमा ‘सिफ्ट’ हुँदै मल्होत्रा

२०८० मंसिर १७ गते, आईतवार

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प

२०८० मंसिर १७ गते, आईतवार

अब काँग्रेस बलियो बन्छः देउवा

२०८० मंसिर १६ गते, शनिबार

कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधनः नेपालमाथिको अन्याय रोकिनुपर्छ

२०८० मंसिर १६ गते, शनिबार

अबको चुनाव कांग्रेस एक्लै लड्छः गगन थापा

२०८० मंसिर १६ गते, शनिबार

प्रचण्ड नेतृत्वको सरकार आफैं ढल्छः ओली

२०८० मंसिर १५ गते, शुक्रबार

नक्कली शरणार्थी प्रकरणः खाँण र रायमाझी जेलमै बस्नुपर्ने, रिजाललाई पन्ध्र लाख धरौटी

२०८० मंसिर १५ गते, शुक्रबार

मंसिर २३ र २८ गते पाठक र खतिवडाको विहे

२०८० मंसिर १५ गते, शुक्रबार

राजावादी दुर्गा मच्चिए–मच्चिए अनि थच्चिए

२०८० मंसिर १५ गते, शुक्रबार

अर्थमन्त्रीलाई ४० करोडको आरोप

२०८० मंसिर १५ गते, शुक्रबार

लोकप्रिय

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal