सनिस र केशु बने ‘मिस्टर र मिस सुप्रा नेसनल नेपाल २०२२’ घोषित

२०७९ जेष्ठ २२ गते, आईतवार

काठमाडौँ । सनिस श्रेष्ठ र केशु खड्काले ‘मिस्टर एण्ड मिस सुपरनेशनल २०२२’ को उपाधि जितेका छन् । आइतबार अबेर साँझ सोल्टी होटलमा आयोजित फाइनल स्पर्धामा श्रेष्ठले मिस्टर र खड्काले मिस तर्फको शिर्ष उपाधि हात परेका हुन् । विजेता दुबैले ७ लाख बराबरको पुरस्कार राशी र बिभिन्न गिफ्ट हात पारेका हुन् ।
एक भब्य समारोहका बीच आयोजित प्रतियोगीतामा मानस कुमार राई र अदीति अधिकारी फष्टरनर अप घोषित हुँदा अनिश कार्की र एरि तुलाधर सेकेन्डरनर अफ हुन सफल भए ।
सनुर्वी इन्टरनेशनल प्रा.लिको प्रस्तुति सनुर्वी फाइनरी मिस्टर एण्ड मिस सुपरनेशनल प्रतियोगीता ग्लोबल स्कुल अफ साइन्स र रिजभोल कस्मेटिकको प्रायोजन रहेको प्रतियोगीताको विजेता श्रेष्ठ र खड्काले जुलाईमा पोल्याण्डमा आयोजना हुने मिस्टर र मिस सुप्रानेसनलमा नेपालको प्रतिनिधत्व गर्नेछन् । प्रतियोगीताको निर्णायकमा भरो भार्गोस (मिस्टर सुपरनेसनल २०२१), एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेसनल २०१९) र आन्द्रे स्ले (मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर) डा. सन्तोष उपाध्याय राष्ट्रिय निर्देशक मिस्टर एण्ड मिस सुप्रानेसनल नेपाल, सोनना अमात्य ,किशोर महर्जन रहेका थिए ।
१०० बढी आवेदकको अडिसनबाट अन्तिस्पर्धाका लागि २० प्रतिस्पर्धी छानिएका थिए । छानिएका प्रतियोगीले फाइनल अगाडि फिटनेस राउण्ड, ट्यालेन्ट राउण्ड, स्विम वेयर राउण्ड र टप मोडल राउण्ड जस्ता विभिन्न राउण्डमा आफुलाई निखार्ने काम गरेका थिए ।
इमेज टेलिभिजनबाट प्रसारण भएको विवेक सिंह ठकुरी र रुविष्का श्रेष्ठको संचालन रहेको प्रतियोगीताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गरेका थिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय क्षेत्रबाट निर्णायकको पमा सहभागीले नेपालमा स्तरिय प्रतियोगिता आयोजना भएकोमा खुसी ब्यक्त गरे । उनीहरुले आफुलाई राम्रो कार्यक्रमको आयोजना गर्ने अवसर दिएकोमा खुसी ब्यक्त गर्दै सत्कार र हार्दिकताको पनि खुलेर प्रसंसा गरे । आउँदो दिनमा नेपालमा यस्तै प्रतियोगिता, प्रशिक्षण भएमा ग्राण्ड स्लाम् उपाधि नेपाल भित्रिने कुरामा दुईमत नभएको उनीहरुको भनाई रहेको थियो ।

196 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal