कांग्रेसको घोषणापत्र “गालीपुराण”मात्र– ओली

२०७९ बैशाख १३ गते, मंगलवार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रको आलोचना गरेका छन् ।

मंगलबार राजधानीमा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कांग्रेसको घोषणापत्रलाई ‘गालीपुराण’को संज्ञा दिए ।

“घोषणापत्र भन्ने शीर्षक छ, भित्र गालीपुराण छ । एमालेलाई तथानाम गाली । धारेहात सरापेको सराप्यै,” ओलीले भने ।

उनले कांग्रेसको घोषणापत्र हेर्दा ‘माया लागेको’ भन्दै कटाक्ष पनि गरे । “कांग्रेसको घोषणापत्र पढ्नुस्, मजा आउँछ । कहाँ रसातलमा झर्‍यो भने ! कठैबरी, माया लाग्छ । कहाँ पुग्यो विचरा कांग्रेस ! लोकतन्त्रका लागि मात्रै दया देखाइरहेको हो । नत्र दया देखाइरहनु पर्दैन ।”

ओलीले घोषणापत्र एक व्यक्तिले लेखेको भाषणजस्तो भएको पनि बताए । घोषणापत्रमा एमालेमाथि तथानाम गाली, संविधानको राम्रा कुरा उतारिएको र एमालेको घोषणपत्रको कपी गरेको आरोप पनि लगाए ।

कांग्रेस समर्थित बुद्धिजीवीले समेत कांग्रेसको घोषणापत्रको पक्षमा लेख्न नसक्ने जिकिर समेत उनले गरे । “हाम्रा साथीहरूले घोषणापत्र पढेर कांग्रेसको हविगतको इन्जोय गर्नुस् । नेपालमा कांग्रेस समर्थित कोही बुद्धिजीवी छ भने कांग्रेसको घोषणापत्रको पक्षमा लेख्ने हिम्मत देखाउनुस्,” उनले भने, “हामीलाई त राम्रो छ । नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री उहाँले यस्तै घोषणापत्र निकाल्नुहुन्छ, यस्तै काम गर्नुहुन्छ र अलि सजिलो भएको छ । शेरबहादुरजीलाई धन्यवाद दिए हुन्छ ।”

84 Views

ताजा

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

गायिका एलिनाले कसिन सापकोटासँग लगनगाँठो

२०८१ बैशाख ५ गते, बुधबार

छ छक्का प्रहार गरेर विश्व हल्लाएका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

२०८१ बैशाख ५ गते, बुधबार

पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन

२०८१ बैशाख ५ गते, बुधबार

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौं विश्वको दोस्रो प्रदुषित शहर

२०८१ बैशाख ४ गते, मंगलवार

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

२०८१ बैशाख ४ गते, मंगलवार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal